Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

आज देशभरीमा १९४५ जना संक्रमित २२ जना मृतक थपिए


२०७७ मंसीर ५ गते , शुक्रवार प्रकाशित

बितेको २४ घण्टामा १ हजार ९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा १० हजार ३४० नमूना परीक्षण गरिदा  ७४० महिला र १२०५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
आजको समेत थप गर्दा नेपालमा कूल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ। उनीहरुमध्ये एक हजार २९८ जनाको मृत्यु भएको छ भने एक लाख ९१ हजार २ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मात्र ५३६४ जना संक्रमणमुक्त भएका छन् भने २२ कोरोना संक्रमितको मृत्यु भएको छ।
हाल देशभर २४ हजार ६६५ संक्रिय संक्रमित छन्। उनीहरुमध्ये १९ हजार १४ जना होम आइसोलेसनमा छन् भने ४०३ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
जिल्ला जिल्लामा कति संक्रमित ?   मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलामका २, उदयपुरका ७, ओखलढुंगाका ६, झापाका ३३, तेह्रथुमका ४, धनकुटाका २, पाँचथरका १, भोजपुरका १, मोरङका २०, संखुवासभाका ३४, सुनसरीका ५५, सोलुखुम्बुका ३, धनुषाका २४, पर्साका १, बाराका ७, महोत्तरीका ४, रौतहटका १, सप्तरीका २, सर्लाहीका ३, सिराहाका १७, काठमाडौँका ८६२ संक्रमित थपिएका हुन्।
त्यस्तै, काभ्रेका ५४, चितवनका ८७, दोलखाका १७, धादिङका १४, नुवाकोटका ११, भक्तपुरका ७१, मकवानपुरका ८, रामेछापका ६, ललितपुरका १७४, सिन्धपाल्चोकका ११, सिन्धुलीका २, कास्कीका ८८, गोरखाका ११, तनहुँका ७, नवलपरासीपुर्वका १४, पर्वतका १, म्याग्दीका १, लमजुङका ११, वागलुङका ५, स्याङजाका ७ संक्रमित थपिएका छन्।
त्यस्तै, अर्घाखाँचीका २, कपिलवस्तुका ७, गुल्मीका ४, दाङका ५१, नवलपरासीका १९, पाल्पाका १५, प्युठानका ६, बर्दियाका ९, बाँकेका ८, रुपन्देहीका ६०, कालिकोटका १, दैलेखका २, रुकुमपश्चिमका १, सल्यानका ६, सुर्खेतका २, अछामका १, कञ्चनपुरका ७, कैलालीका २४, डढेलधुराका ५, डोटीका १, दार्चुलाका १९, बझाङका २, बाजुराका १, तथा बैतडीका ३ जना संक्रमित थपिएका हुन्।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif