Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

सहकारी क्षेत्रले आफ्नै रेमिट सेवा शुरु गर्नु उत्तम: पौडेल


२०७७ मंसीर ५ गते , शुक्रवार प्रकाशित

राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारीले अन्य कम्पनीको रेमिट सेवा चलाउनु भन्दा रेमिट सम्बन्धी आफ्नै निकाय बनाएर अघि बढ्न सुझाएका छन् । संख्यात्मक रुपमा सहकारीको विकास अत्यन्तै राम्रो भइसकेको र अबको विकास गुणात्मकता र व्यवसायिकता तर्फ अघि बढ्नु पर्ने उनले जनाए । 

नेपाल बचत तथा ऋण सहकारी संघ लि. (नेफ्स्कुन) को आज आयोजित २९ औं वार्षिक साधारणसभामा मन्तब्य राख्दै नीति तथा कार्यक्रममा धेरै लक्ष्य लिने, बुँदामाथि बुँदा थप्ने भन्दा पनि थोरै लक्ष्य तय गरी तिनलाई सफल पार्ने तर्फ लाग्नु पर्ने सुझाए । 

विकास बोर्ड ब्रिजको रुपमा रहेको हुँँदा अभियानलाई सहकारी मैत्री वातावरण निर्माणमा आफ्नो पहल रहेको बताए । उनले अभियानलाई सहकारी क्षेत्रमा काम गर्न व्यापक परिधि उपलब्ध रहेको उल्लेख गर्दै समस्या तेस्र्याएर होइन आँटका साथ सहकारी अभियानलाई अघि बढाउन सुझाव दिए । 

कोभिड–१९ पछिका दिनमा साकोस अभियानलाई कसरी बढाउनेतर्फ भन्ने केहि कार्यदिशा नेफ्स्कुनले ल्याएको र अबका दिनमा डिजिटल सेभिङ र क्रेडिटको प्रणाली स्थापना गरेर साकोस अभियानलाई सशक्त र सुदृढ बनाउन उनको सुझाव थियो ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif