Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

धर्ती पुत्रलाई सलाम


२०७७ मंसीर ५ गते , शुक्रवार प्रकाशित


–इन्द्रनारायण सुबैदी
 
जसले देशका निम्ति आफूलाई जलाउँछ
तिनका नाममा हामी भित्रै स्नेह पलाउँछ।१।

 
बलिदान स्वयंलाई राष्ट्रका नाउँमा दिने
तिनै हुन् धरती पुत्र युगानुयुग सम्झिने।२।

 
छ आक्रान्त यहाँ देश भिल्ल छन् देशका धनी
धर्तीपुत्र दबेका छन् ती महामूर्खका मनि।३।

 
देखावटी महात्मा छन् चम्किलो छद्मभेषमा
महामानव झैँ लाग्छन् लूटमार छ देशमा४।
   
निष्ठा सद्भावना राख्ने योद्धाको पनि लाम छ
ती सपूतहरूलाई बारम्बार सलाम छ।५।

  =======================
  प्रतिभा निकुञ्ज मङ्सिर ४ गते २०७७

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif