Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

आजदेखि उचित सुबिधाको माग गर्दै स्वास्थ्यकमीृ आन्दोलित


२०७७ मंसीर ४ गते , विहीवार प्रकाशित



काठमाडौं । भत्ता लगायत अन्य सेवा सुविधाको माग राख्दै वीर अस्पताल (चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान) मा कार्यरत स्वास्थ्यकर्मीहरुले आजबाट आन्दोलन सुरु गरेका छन् ।
आज आन्दोलनको पहिलो दिन स्वास्थ्यकर्मीहरुले न्याम्सका निर्देशक केदार प्रसाद सेन्चुरी, रेक्टर डा सुबोध अधिकारी, उपकुलपति डा डि एन शाह, डिन डा. पियुष दाहाल तथा रजिष्टार प्रमिला देवान लगायतका पदाधिकारीहरुलाई अस्पताल प्रबेशमा रोक लगाए । साथै उनीहरुले अस्पतालमा दुई घन्टासम्म पदाधिकारी र स्वास्थ्य मन्त्रालय बिरुद्ध नारा पनि लगाएका थिए ।
स्वास्थ्यकर्मी आन्दोलित भएको ३१औ दिन हुँदा पनि अझै उनीहरूको मागको सुनुवाई नभएको भन्दै उनीहरुले आजदेखि एक साता लामो थप आन्दोलनको कार्यक्रम थालेका हुन् ।
आन्दोलनरत स्वास्थ्यकर्मीहरुले कोरोना महामारीको समयमा निरन्तर काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई समयमै भत्ता दिनुपर्ने र यसअघि पाउँदै आएको सेवा सुविधा कटौती गर्न नहुने उचित माग राखेका छन् ।
सरकारबाट कोरोना भाइरस संक्रमित बिरामीहरुको उपचारमा अहोरात्र खटिएर काम गरिरहेका चिकित्सकहरुको मनोवल गिराउने काम भइरहेको उनीहरुको आरोप छ ।
नेपाल स्वास्थकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यका अनुसार आन्दोलनरत स्वास्थ्यकर्मी चिकित्सकहरुका लागि सरकारले तोकेको सेवा सुविधासमेत पदाधिकारीहरुले दिन गरेका छैनन् । यो बास्तवमा यो कुरा अनुचित र अन्यायपूर्ण हो भन्ने टिका टिप्पणीहरु भइरहेको सुनिन्छ ।
उहाँका अनुसार आगामी मंसिर १२ गते शुक्रवारसम्म हरेक दिन विहान १० देखि १२ बजेसम्म अस्पताल प्राङ्गणमा नियमित धर्ना तथा नारा जुलुश गरिने जानकारी दिनुभयो । साथै पदाधिकारीविरुद्ध पम्प्लेट टाँस गर्ने  कार्यक्रम गरिने छ ।
आफ्नो आन्दोलनबाट बिरामीलाई कुनै अप्ठ्यारो नपर्ने दावी गर्दै आचार्यले बरु आन्दोलन बिरामीसमेतको पक्षमा भएको बताउनुभयो । “आन्दोलनमा अस्पतालको सेवा पुर्वव्त सुरु गर्नसमेत माग गरिएको छ । किनकी अहिले वीर अस्पताललाई कोभिड अस्पतालमा मात्र सिमित गरेर दुर दराजका विरामीलाई दुःख दिइँदैछ”, उहाँको भनाई थियो ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif