Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

सुआहाराले स्वास्थ्य स्वयंसेबीलाई मास्क र सेनिटाइजर दियो


२०७७ मंसीर ४ गते , विहीवार प्रकाशित

शहबाज खान 
कपिलबस्तु । राष्ट्रिय भिटामिन ए कार्यक्रम मङ्सिर महिनाको ११ र १२गते सञ्चालन हुने भएको छ । अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रास समेत रहिरहेको छ । कोरोनाविरुद्धको अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरू दिनहुँ शंकास्पद, संक्रमितको सम्पर्कमा आउनुपर्ने भएकाले जोखिममा परेका छन् ।  ति सबै कुरा लाई ध्यानमा राख्दै र कार्यक्रमलाई सफल बनाउनको लागि कालिका स्वावलम्बन सामाजिक केन्द्रर सुआहारा दोस्रो कार्यक्रम ले कृष्णनगर नगरपालिका को स्वास्थ्य शाखालाई भिटामिन “ए“ कार्यक्रमलाई लक्षित गरी महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि माक्स, सानिटाइजर हस्तान्तरण गरेको छ । 
 २०७७ साल मंसिर ११ र १२ गते राष्ट्रीय भिटामिन “ए“  जुकाको औषधि र बाल भिट्टा वितरण कार्यक्रमलाई  सफल पार्नको लागि कृष्णनगर नगरपालिका भित्र रहेको ११४ महिला स्वास्थ्य स्वयंसेविकाहरुको लागि माक्स, सानिटाइजर कालिका स्वावलम्बन सामाजिक केन्द्रर सुआहारा दोस्रो कार्यक्रमले स्वास्थ्य शाखा लाई हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रम मा नगरपालिका स्वास्थ्य शाखा का नवीन डाँगी , ःल्ऋ पृथीपाल तेली, ऋल्ँ तथा  संचारकर्मीहरुको उपस्थिति रहेका थिए । 
यह अघि कात्तिक महिनामा नै भिटामिन ए र जुकाको औषधि खुवाउने गरिए पनि यस पटक कोरोना भाइरसको जोखिमका कारण पछाडि धकेलिएको हो।
सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने अभियान चलाउँदै आएको छ । तर यस पटक कोरोनाको जोखिमका कारण वैशाख महिनामा कार्यक्रम हुन सकेन ।६ महिनाको अन्तरमा जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउनुपर्ने डाक्टरहरु ले बताउदै छन ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif