Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

गहुको जीनोम खुलासा भयो भने ........


२०७७ मंसीर ४ गते , विहीवार प्रकाशित


 
गहुँ बिश्वको एउटा अत्यन्तै महत्वपूर्ण खाद्यान्न बाली हो । यसले आज बिश्वका ३० प्रतिशत जनसंख्या(२ अर्बभन्दा बढी)को पेट भरिरहेको छ र मानिसको कूल क्यालोरी खपतमा २० प्रतिशत योगदान दिइरहेको छ । बिश्वको बढ्दो जनसंख्याका लागि आवश्यक खाद्यान्नलाई ध्यानमा राखेर गहुँको उत्पादन अझ बढाउनुपर्ने स्थिति छ । यसका साथै बद्लिदो बिश्व जलवायुको परिप्रेक्षमा गहुँको स्याहार सम्भारमा पनि उत्तिकै ध्यान दिनुपर्ने आवश्यकता छ । गहुँको जीनोम (अर्थात् गहुँमा उपस्थित समस्त जीन्सहरुको समूह)को खुलासा हँुदा यी दुबै उदेश्यका लागि मद्दत पुग्ने बैज्ञानिकहरुले औंल्याइरहेका छन् ।


तर गहुको यो जीनोम पत्तो लगाउनमा बिभिन्न किसिमका कठिनाईहरु छन् । सबैभन्दा कठिन के छ भने बर्तमान गहुँ बाली कयौं पटक कयौं जातको मिसावटबाट बनेको छ । परिणाम के भएको छ भने आजको गहुँको जीनोम तीन स्पष्ट र बेग्ला बेग्लै उप जीनोम मिलेर बनेका छन् । प्रत्येक उप जीनोममा ७–७ जोडा जोडी गुणसुत्र छन् । यसरी गहुको जीनोममा कूल ४२ गुणसुत्रहरु छन् । अनि जब बिश्लेषण गरिन्छ त्यतिबेला बताउन मुस्किल के हुन्छ भने कुन जीन्स कुन उप–जीन्सको अंश हो ? कतिपय बेलामा बेग्ला बेग्लै उप जीनोममा एउटै किसिमका जीन्सहरु हुने गर्दछन् । अर्को कठिनाई के छ भने उल्लिखित ४२ गुणसुत्रहरुमा डीएनएका लामा लामा श्रृंखलाहरुको पुनराबृत्ति हुने गर्दछ । त्यसले गर्दा डीएनएका बेग्ला बेग्लै टुक्राहरुलाई जोडेर डीएनए कर्मको चित्र बनाउन पनि गाह«ो हुन्छ ।

उसो त पहिला पटक यस्तो कुनै बिरुवाको जीनोम सन् २००० मा पत्तो लगाइएको हो । त्यो बिरुवा थियो ‘एरेबिडोप्सिस थेलेनिया’ । तर त्यो बिरुवाको तुलनामा गहुँको जीनोममा धेरै बढी जीन्सहरु हुन्छन् । एउटा अनुमान अनुसार गहुँको जीनोममा १७ अर्ब क्षार जोडीहरु र झण्डै १२,४०० जीन्सहरु हुने गर्दछन् ।


अहिले ‘इण्टरनेशनल ह्वीट जीनोम सीक्वेन्सिङ्ग कन्सोर्सियम’ले गहुँका २१ जोडी गुणसुत्रहरुमध्ये एउटा गुणसुत्र(३ बी)को क्षार क्रम प्रकाशित गरेको छ । अभैm पनि २० जोडीको बिवरण आउन बाँकी छ । तर के कुरामा सबै सहमत छन् भने गहुको जीनम हात लाग्यो भने यसको सम्वद्र्धनमा ठूलो मद्दत पुग्नेछ । यसका आधारमा यस्ता जेनेटिक चिन्हहरु पहिचान हुन सक्तछ जसले बिभिन्न गुणहरुको निर्धारण गर्दछन् । जस्तो कि कुनै रोगका बिरुद्ध प्रतिरोध या दानाको गुणस्तरीयता आदि गुणहरुलाई लिन सकिन्छ । यसका अतिरिक्त त्यस्ता जीन्सहरु पनि पहिचान गर्न सकिन्छ जसले बोट बृद्धिका बिभिन्न पक्षहरुलाई नियमन गर्ने गर्दछन् । एउटा कुरा के पनि देखिएको छ भने एउटै प्रकारका जीन्सहरु बेग्ला बेग्लै गुणसुत्रका छन् भने तिनले बेग्ला बेग्लै किसिमका काम गर्ने गर्दछन् । यो सूचना पनि कम महत्वपूर्ण कम उपयोगी छैन ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif