Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

बिजय नजिक आइसकेको छ : चिनीयाँ कम्युनिष्ट पार्टी


२०७७ मंसीर ३ गते , बुधवार प्रकाशित

चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ केन्द्रीय समितिको हालै सम्पन्न पाँचौँ पूर्ण विस्तारित बैठक (प्लेनम) ले आगामी १५ वर्षका लागि महत्वपूर्ण कार्यदिशा लिएको छ। सन् २०३५ सम्ममा जनवादी गणतन्त्र चीनलाई नवप्रवर्तनमा आधारित आधुनिक समाजमा विकास गर्न उक्त बैठकले खाका निर्धारण गरेको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले समाचार सम्प्रेषण गरेका छन्।
सम्प्रेसित अनुसार चीन आगामी १५ वर्षका लागि नवप्रवर्तन, वास्तविक अर्थतन्त्र, दरिलो आन्तरिक बजार, ग्रामीण पुनरुत्थान, सूचना प्रविधि विकास, नवीनतम औद्योगीकरण, आधुनिक कृषि, व्यवस्थित सहरीकरण र हरित विकासमा व्यापक रूपले केन्द्रित रहने भएको हो। चीनले अब वातावरण मैत्री विकासलाई थप मजबुत पार्ने र कार्बन उत्सर्जनमा पनि अझ कमी ल्याउने प्रण गर्दै देशको सांस्कृतिक सफ्ट पावर अझ व्यापक बनाउने अवधारणा अघि सारेको छ।
महत्वपूर्ण यस बैठकले चिनियाँ कम्युनिस्ट पार्टीको मूल नेतृत्वले १४औँ पञ्चवर्षीय योजनाका लागि तय गरेको ‘राष्ट्रिय आर्थिक र सामाजिक विकास’ र चीनको ‘दीर्घकालीन योजना’ पनि पारित गरेको छ। बैठकले नेताहरूले चीनलाई सबै दृष्ट्रिकोणबाट मध्यम स्तरको समृद्ध समाज निर्माणका लागि ‘विजय नजिकै आइसकेको’ निष्कर्ष निकाल्दै चीनलाई अब आधुनिक समाजवादी देशमा विकासमा अगाडि बढाउने प्रण लिएको भन्दै समाचार एजेन्सी सिन्ह्वाले एक टिप्पणी लेखेको छ।
त्यस पूर्ण बैठकमा विगत पाँच वर्षमा हासिल भएका उपलब्धिहरूको बारेमा लेखा जोखा पनि गरिएको थियो। स्मरण रहोस्, सन् २०२० मा चीनको कुल ग्राहस्थ उत्पादन १ सय ट्रिलियन युआन पुगेको छ भने ५ करोड ५७ लाख भन्दा धेरै ग्रामीण जनतालाई गरिबीको रेखाबाट माथि ल्याइएको छ। त्यसैगरि चीन अहिले विश्वकै सबैभन्दा वृहत् सामाजिक सुरक्षा प्रणाली विकास गर्ने देश बनेको छ। यससँगै चीनले अब समाजवादी बजार अर्थतन्त्रका लागि थप सुधार र खुलापनको नीति अवलम्बन गर्नेछ र आफ्नो प्रतिस्पर्धात्मक क्षमतामा ध्यान दिने भएको छ ।
चीनलार्य आधुनिक समाजवादी मुलुक बनाउन भन्दै चीनले आउँदो ५ वर्षका लागि ‘डुअल सर्कुलेशन’ अर्थात् विकासमा दोहोरो वितरणको आयाम अवलम्बन गर्नेछ। जानकारहरूका अनुसार चीनले लिएको पछिल्लो कदमले सो मुलुकको राष्ट्रिय सामथ्र्य ह्वात्तै माथि जाने र चौतर्फी विकासमा नयाँ फड्को मार्दै विश्वव्यापी रूपमै चीन बिश्व नेतृत्वको रूपमा स्थापित हुनेछ। चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति शी चिनफिङले उक्त सत्रमा बोल्दै चीनमा उच्च गुणस्तरको विकासका लागि आव्हान गरेका थिए।
सन् २०२१ बाट सुरु हुने १४औ पञ्चवर्षीय योजनामा अन्तर्राष्ट्रिय सहयोग, बराबरी लाभमा आधारित सहकार्य, बेल्ट एण्ड रोड इनिसियटिभमार्फत सहकार्य र विश्वव्यापी आर्थिक शासन पद्धतिमा सुधार ल्याउने गरी कार्य गरिने पूर्ण बैठकमा प्रस्तुत दस्ताबेजमा उल्लेख गरिएको छ। यसका साथै, चीनले हङकङ र मकाउ विशेष प्रशासनिक क्षेत्रहरूको शान्तिपूर्ण विकास र राष्ट्रिय पुनःएकिकरणमा आफ्नो प्रतिबद्धता पनि दर्शाएको छ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif