Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

चमेली कल्याणकारीले तोक्यो साधारणसभा मिति, पायक पर्ने स्थानमा उपस्थित हुन सदस्यलाई आव्हान


२०७७ मंसीर ३ गते , बुधवार प्रकाशित

सूर्यविनायक नगरपालिका विरुवा स्थित चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले १८औं वार्षिक साधारणसभा यहि मंसीर ६ देखि १३ गतेसम्म गर्ने भएको छ । 

संस्थाको सञ्चालक समितिको २०७७ कार्तिक ५ गते बसेको बैठकले उक्त मितिमा साधारणसभा गर्ने निर्णय गरेको हो । 

संस्थाले साधारणसभा सम्बन्धी सूचना सार्वजनिक गर्दै सदस्यहरुलाई तोकिएको स्थानमा उपस्थित भएर वार्षिक प्रतिवेदन उपर राय, सल्लाह सुझाव तथा गुनासा राख्न सक्ने जनाएको छ । 

कोरोना महामारीका कारण भौतिक रुपमा एकै पटक उपस्थित भएर साधारणसभा गर्न सम्भव नभएकाले संस्थाले एक साताको समयावधि तोकेर साधारणसभा सम्पन्न गर्न लागेको हो । 

साधारणसभामा आ.व. २०७६।७७ को प्रगति प्रतिवेदन र आ. व. २०७७।७८ को नीति तथा कार्यक्रम, कोषाध्यक्षले आ.व. २०७६।७७ को प्रगति प्रतिवेदन र आ. व. २०७७।७८ को प्रस्तावित बजेट  गत आवको लेखा परीक्षण प्रतिवेदन, विनियम संशोधन, संस्था एकिकरण तथा सेवा केन्द्र विस्तार लगायतका विषयमा छलफल तथा पारित गरिने संस्थाका सचिव मिठाराम न्यौपानेद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । 

संस्थाको क्षेत्रगत रुपमा सम्पन्न गर्न लागेको साधारणसभामा सदस्यहरुले पायक पर्ने स्थानमा उपस्थिति जनाउन सक्ने जनाइएको छ । भैरबी आधारभूत विद्यालय, सूनपा ७ नं प्राथमिक स्वास्थ्य केन्द्र, तर्खगाल दुधमेल, अरनिको मावि, क्यान्डिड इन्टरनेशनल एकेडेमी, चैतन्य हार्डवयर, कुलमाया माविमा सदस्यहरुले तोकिएको दिन र समयमा उपस्थिति जनाउन सक्नेछन् । 

अन्तिम दिन मंसीर १३ गते सदस्यहरुबाट प्राप्त सल्लाहसुझावलाई समेटेर संस्थाको सभा हलबाट साधारणसभा समापन गरिने संस्थाले जनाएको छ ।    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif