Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

न्हूदँया ११४१ भिन्तुना !


२०७७ मंसीर १ गते , सोमवार प्रकाशित


नयाँ बर्षमा हर्ष नै हर्ष आओस् 


नयाँ बर्षमा हर्ष नै हर्ष छाओस् 
नयाँ ज्ञान–बिज्ञानको स्पर्श ल्याओस् 


 कतै दुःखको लेश मात्रै न आओस् 
छटामा खुशी नै खुशी मात्र छाओस्  

न हुन कोही रोगी नहुन् कोही बिरामी
न आओस् कुनै बाढी पहिरो  सुनामी   

धरामा सँधै शान्ति नै  शान्ति छाओस् 
अशान्ति कतैबाट टप्की न आओस्
   

सबै भ्रष्टको अन्त्य होस् काल आओस्
सदाचारीले  राष्ट्रमा स्थान पाओस् 
   
सुरक्षित बनुन् बाल, बृद्धा र नारी
सबैतिर छाओस् सुदिनकै तयारी


 रहोस् उच्च यो देशको स्वाभिमान
उठोस् राष्ट्रको हित औ शानमान
   

नयाँ सभ्यताको बनोस् मार्ग हाम्रो
सुसँस्कृत बनोस् देशको भाग्य राम्रो 



           

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif