Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो तिहारको गीत


२०७७ कार्तीक २७ गते , विहीवार प्रकाशित

‘झिलीमिली बत्ती बाली, रंगाइदिउँ है सारा नेपाल,
सगरमाथा झैं उच्च छौं हामी, मन छ राम्रो, हृदय विशाल’ 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार सार्वजनिक गरेको तिहारको शुभकामना गीतबाट लिइएका शब्दहरु हुन् । यतिखेर तिहार नजिकिँदै गएको छ । नेपालीहरुको घर आँगन झिलीमिली  बत्ती र फूलैफूलले रंगिदै छन् । यस्तै कथा वस्तुलाई समेटेर कम्पनीले तिहार शुभकामना गीत तयार गरेको छ । 

हिन्दुहरुको महान् चाड तिहारमा घरभित्रै बसेर भए पनि मनोरञ्जन लिन सकून् भनेर नेपाल लाइफको ‘इनहाउस टिम’ले मार्मिक र हृदयस्पर्शी शब्दहरुलाई संगीत संयोजन गरी यो शुभकामना गीत तयार गरेको हो । म्यूजिक भिडियोमार्फत उत्कृष्ट प्रस्तुति पस्कने प्रयास गरेको कम्पनीले जनाएको छ । 

उक्त शुभकामना गीतमा मेघेन्द्रप्रकाश गिरीको हृदयस्पर्शी शब्दरचना रहेको छ भने मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र सुशीला लमगडले देउसी–भैलो भाकामा कर्णप्रिय स्वर दिएका छन् । 

गीतबाटै ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ भन्ने जनचेतनासमेत फैलाउने प्रयास गरिएको छ । आफू शिक्षित र समृद्ध हुन तथा सन्ततिको उज्ज्वल भविष्यका लागि नेपाल लाइफमै जीवन बीमा गरी सन्ततिको भविष्य पनि उज्ज्वल बनाउन उक्त गीतमार्फत सुझाइएको छ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif