Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाँउपालिकाबीच सहकार्य


२०७७ कार्तीक २७ गते , विहीवार प्रकाशित

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र बाँकेको खजुरा गाँउपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदी र खजुरा गाँउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि गाँउपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

समारोहमा बैंंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदीले यस्तो कर्जाले निर्वामुखी कृषि उत्पादनलाई व्यवसायीकरण गरी देशलाई समृद्धसँग जोड्न सघाउ पुर्‍याउने जनाए । गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले यस्तो कर्जाको उपभोगबाट व्यक्तिको आफ्नो आर्थिक स्तर उकास्न सघाउ पुग्ने र कर्जामा गाँउपालिकाको संस्थागत ग्यारेण्टी हुने जनाए ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif