Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

टिच फर नेपाललाई ग्लोबल आइएमई बैंकको ८ लाख सहयोग


२०७७ कार्तीक २६ गते , बुधवार प्रकाशित

  काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपालद्वारा संचालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले आयोजित एक कार्यक्रमबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । 

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शिवाकोटीले यस्ता सामाजिक कार्यमा ग्लोबल आइएमई बैंक सदा अग्रसर रहेको जानकारी गराउनुभयो ।  

टिच फर नेपालको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले टिच फर नेपाल फेलोसिपलाई आर्थिक सहयोग प्रदान गरिएकोमा ग्लोबल आइएमई बैंक लिमिटेडलाई धन्यवाद व्यक्त गर्नुभयो । 

बैंकले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif