Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

छहारी साकोसको दसौं वार्षिक साधारण सभा सम्पन्न


२०७७ कार्तीक २४ गते , सोमवार प्रकाशित

गाम्चास्थित छहारी बचत तथा ऋण सहकारी संस्थाले साधारणसभा सम्पन्न गरेको छ । 

कोभिड–१९ का कारण सृजित विषम परिस्थिति लाई मध्यनजर गर्दै सहकारी बिभागबाट साधारणसभा सन्चालन सम्बन्धी सूचना बमोजिम प्रतिनिधिमूलक रुपमा   दसौं बार्षिक साधारणसभा आज कार्तिक २२ सम्पन्न गरेको हो । 

संस्थाका अध्यक्ष कृष्णहरि खड्काको सभापतित्वमा सम्पन्न साधारणसभाको प्रमुख अतिथिमा  सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेब थापा प्रमुख आतिथि रहेका थिए भने अतिथिहरुमा सूर्य विनायक नपा–४ का वडा अध्यक्ष उत्तम थापा, अरनिको उच्चमाबिका पूर्व प्रधानाध्यापक प्रेम बहादुर खड्का अतिथिको रुपमा रहेका थिए ।  

सभामा संस्थाका सचिव रामशरण प्रजापतिले वार्षिक प्रगति प्रतिवेदन पेस गरेका थिए भने कोषाध्यक्ष प्रविन शंखदेव आर्थिक वर्ष २०७६।७७ को आयब्यय तथा आ.व. २०७७।७८ को अनुमानित आयब्यय प्रस्तुत गरेका थिए । सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक सम्राट खड्काले लेखा सुपरिवेक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए । 


लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif