Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

बागलुङमा कारोनाले यूवा सहित ३ को मृत्यु : एक टिप्पणी


२०७७ कार्तीक २२ गते , शनिवार प्रकाशित

 सीताराम थापा
बागलुङ,जिल्लामा बागलुङका २९ बर्षिय युवा सहित कोरनाले तीन जनाको मृत्षू भएको छ। २९ बर्षिय युवाको कोरोना संक्रमित पुरुषको उपचारको क्रममा शुक्रवार र अर्का बानपा २ का ८१ बर्षिय आर्मि मृत्यु भएको हो । यो संगै बागलुङमा कोरोना बाट मृत्यू हुने संख्या बढेर ८ जना पुगिसकेको छ । 
         जिल्लाको जैमिनी नगरपालिका–९ पैयूथन्थापका ती युवा पुरुषको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा गएको बिहिबार राती  ८ः ५० बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी उपचार गराईरहेका थिए । निमोनिया लगायतका समस्या रहेका उनलाई भेण्टिलेटरमा राखेर उपचार गरिएको थियो । गत बुधबार बागलुङमा मृत्यु भएका बागलुङ नगरपालिका–२ का ८१ बर्षिय पुरुषको पनि कोरोना भाईसर जाँचको रिपोट शुक्रबार मात्र पोजिटिभ भएको पुष्टि भएको छ।  यसरी मृत्यु पछि पुष्टि हुने वा मृत्यू हुनुमा धौलागिरी अंञ्चल अस्पताल बागलुङमा कोरोना परिक्षण ब्यवस्था  नहुनु र समयमा यसको परीक्षण र अन्य रोगी सहितको उपचार नपाउनु पनि कारक रहेको मृतकको घटनाक्रमले विश्लेषण गर्न सकिने छ।
                                             
त्यस्तै स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्ती अनुसार पोखरा महानगरपालिका वडा नं. १० का ७७ बर्षिय पुरुषको बिहिबार राति उपचारकै क्रममा मृत्यु भएको छ । उनमा कात्तिक २ गते संक्रमण पुष्टि भएको थियो ।    शुक्रबार कोरना संक्रमितले पुष्टि भएर मृत्यू भएका पुर्व प्रहरी नायव निरीक्षक रहेका उनलाई प्रहरीले अन्तिम सलामि दियको प्रहरी निरीक्षक लोकेन्द्र श्रेष्ठले बताए।  धौलागिरी अस्पतालको प्राङ्गानमा प्रहरऊको सलामि पछि बृद्वको सव नेपाली सेनाले ब्यवस्थापन गरेको थियो। बागलुङको निरयाघाटमा उनको सबमा सेनाको अन्तिम सलामि सहित ब्यवस्थापन गरेको थियो। स्वासप्रश्वास र रक्तचापको समस्या भएपछि अस्पतालको सघन कक्षमा उपचार गरिएको र कारनाको लक्षण मिलेपछि स्वाव पोखरा पठाईएको धौलागिरी अस्पतालले जनाएको छ।    

  यस अघि मात्र  धौलागिरी अस्पताल बागलुङमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।बागलुङ नगरपालिका—३ का ६६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको हो।  
कात्तिक १२ गते गम्भीर बिरामी भएपछि अस्पताल आउनुभएको थियो, कोभिड टेष्ट गर्दा पोजेटिभ देखियो,’ उनले भने,‘अवस्था गम्भीर भएपछि उही दिनदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ।मंगलबार बिहान १० बजेर २० मिनेटको समयमा उहाँका मृत्यु भएको छ । पहिले देखि नै सुगर र थाईराइडको समस्या रहेका ती व्यक्तिमा कोरोना संक्रमणपछि मृर्गौलामा समेत काम गर्न छाडेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र बि पोख्रेल बताउछन् ।

  उनलाई  नेपाली सेनाले दाह संस्कार गरेको थियो। बागलुङमा लगतार कोरना संक्रमण बड्न नदिन पिसिआपरिक्षणको प्रभाबकारी ब्यवस्थापन, समयमा अरु रोगि र कोरना रोगीको प्रभाबकारी उपचारमा सरोकारवाला निकायको ध्यान जानुपर्ने र चाडबाडमा निषेधज्ञा वा कडाई गरिनु पर्ने सुझाब नागरिकहरुले लगतार अनुरोध गरिरहेका छन। साथमा कोरोना नियन्त्रणको लागि स्थानीय प्रशासन,स्थानीय निकाय , उधोग बाणिज्य संघ र नागरिक समाजको समन्वयात्मक भूमिका हुनु पर्ने अति आवश्यकता देखिएको विश्लेषण गरिएको छ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif