Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

कोरोना बीमामा २ अर्बमाथिको दावी, भुक्तानी न्यून


२०७७ कार्तीक २१ गते , शुक्रवार प्रकाशित

कोरोना भाइरस संक्रमणको सम्भावना नेपालमा देखिना साथ शुरु गरिएको कोरोना बीमाको व्यवस्था अहिले अप्ठ्यारोमा परेको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीमार्फत् गत बैशाखदेखि शुरु गरेको कोरोना बीमालेख जारी गरेको थियो । जसमा हालसम्म १५ लाख बढीले बीमा गरेसकेका छन् । 

कोरोना भाइरको संक्रमण वृद्धिदर बढ्दै गएपछि बीमा कम्पनीहरुमा दावी भुक्तानीको चाङ लागेको छ । हालसम्म २ अर्ब रुपैयाँ माथि दावी परिसकेको नेपाल बिमक संघले जानकारी दिएको छ । तर कम्पनीहरुले भने १६ करोड रुपैयाँ जतिको मात्रै दावी रकम भुक्तानी गरेका छन् । 

बीमा समितिले कोरोना बीमा निर्देशिका जारी गर्दा स्वास्थ्य मन्त्रालय अन्तर्गतका ल्यावमा परीक्षण गराइएको रिपोर्टका आधारमा भुक्तानी गर्नुपर्ने उल्लेख गरेको थियो । सरकारी ल्यावमा परीक्षण गराएका रिपोर्टलाई मात्र मान्यता दिएर दावी भुक्तानी गर्दा बीमितले भुक्तानी पाउन ढिलाइ भएको हो । 

स्वास्थ्य मन्त्रालयबाट संचालनको अनुमति लिएका निजी ल्यावबाट आएको रिपोर्टलाई बीमा समितिले मान्यता नदिएको भन्दै सोको चौतर्फी बिरोध भएको थियो । त्यसपछि समितिले निजी ल्यावका रिपोर्टका दावी पनि भुक्तानी गर्न निर्देशन दिए पनि हालसम्म कम्पनीहरुले सरकारी ल्यावका रिपोर्टका दावीलाई मात्र भुक्तानी गरिरहेको नेपाल बिमक संकका प्रवक्ता चंकी क्षेत्रीको भनाई छ । 

पछिल्लो पटक गरिएको सहमति अनुसार कम्पनीहरुमा परेको दावी बीमा पुलमा पठाउने र त्यहाँबाट बीमा समितिले पठाइन्छ भने समितिले स्वास्थ्य मन्त्रालयमा रिपोर्ट प्रमाणिकरणका पठाउँछ । 

पछिल्लो पटक कोरोना दावी भुक्तानी बक्यौता बढ्नुमा समितिद्वारा जारी निर्देशिकमा उल्लेखित बुँदाले अन्योलता बढाएर भएको बीमा कम्पनीहरुको भनाइ छ । 

सरकारी ल्यावको रिपोर्ट भएमा निर्देशिकामा उल्लेख गरेअनुसार नै दावी परेको ७ दिनभित्रै भुक्तानी भइरहेको बीमक संघका प्रवक्ता चंकी क्षेत्री बताउँछन् । 

त्यसैगरी कोरोना बीमा दावी गर्ने बीमितले सम्पूर्ण कागतपत्र सहित दावी भुक्तानी नगर्दा समेत अपुरो काजतपत्र भएका बीमितको भुक्तानी रोकिएको उनले जानकारी दिए । 

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल भने कोरोना बीमा दावी भुक्तानी ढिलाई हुनुमा स्वयम् बीमित नै जिम्मेवार भएकोले बताउँछन् । आवश्यक सम्पूर्ण कागतपत्र बुझाउन नै बीमितले समय लगाउने गरेकाले ढिलाई भइरहेको उनको भनाई छ । बीमितले मापदण्ड अनुसारको कागतपत्रसहित दावी गरेमा अब भने स्वास्थ्यबाट प्रमाणिकरण चाँडै भइ भुक्तानी दावी पेश गरेको ७ दिनभित्रै हुने उनको भनाइ छ । 

हालसम्म करिब २० हजार बीमितले दावी गरे पनि त्यसमा ४ हजार जनाले मात्र पूर्ण कागतपत्र पेश गरेका बीमक संघका प्रवक्ता क्षेत्रीले बताए । कम्पनीहरुले पूर्ण कागतपत्रसहित परेका दावीलाई पुलमार्फत् समिति पठाउने र त्यहाँबाट प्रमाणिकरण भएर आएको दावी अब तुरुन्तै भुक्तानी गर्ने उनको भनाइ छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif