Tuesday, 19 January, 2021    |    २०७७ माघ ६ गते , मंगलवार

मण्डलामा मनोज मुकुन्द नराबणेको बिरुद्ध संयुक्त प्रदर्शन


२०७७ कार्तीक १९ गते , बुधवार प्रकाशित



काठमाडौँ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमणको विरोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ । बुधबार नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, जनसमाजवदी,नेकपा माक्र्सबादी पुष्पलाल, पार्टीसहितका २१ राजनीतिक दल तथा सङ्घसंस्थाहरूले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा नरवाणेको नेपाल भ्रमण रद्द हुनुपर्ने माग राख्दै आएका २१ दलका प्रदर्शनकारीहरूले माइतीघर मण्डलामा नाराबाजी गरेका थिए । गो ब्याक नरवाणे, नेपाली सार्वभौमिकता विरुद्ध नरवाणेले आफ्नो अभिव्यक्तिप्रति क्षमायाचना गर, नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथीको पद्वी नदे, कालापानीबाट भारतीय सैनिक तुरन्त हट्लगायतका नाराबाजी गरिएपछि कार्यक्रममा २१ राजनीतिक दल तथा सङ्घसंस्थाको तर्फबाट नेकपाका नेता लोकनारायण सुवेदीले संक्षिप्त मन्त्यब्य राखेका थिए  ।


मन्तब्यको क्रममा सबेदीले नेपाली जनताको यति चर्को विरोधको बाबजुद पनि भारतीय थलसेना अध्यक्ष नरवाणेको नेपाल भ्रमण हुनु विडम्बनाको विषय भएको बताउदै  नेपाली सार्वभौमिकताको विरुद्ध आपत्तिजक अभिव्यक्ति दिने तिनै व्यक्तित्वलाई नेपाली सेनाको मानार्थ महारथीजस्तो पद्वी दिने नेपाल सरकारको निर्णय घोर आपत्तिजनक भएको औंल्याएका थिए । नेता सुवेदीले उक्त पद्वी नदिन सरकारलाई चेतावनी दिएका थिए ।  उनले हँसिया–हथौँडाङ्कित झण्डा बोकेको नेकपा सरकारले यस्तो काम गरे कम्युनिस्टप्रति नै दाग लाग्ने पनि उल्लेख गरेका थिए ।
बुधबार मध्यान्ह भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे काठमाडौँ आइपुगेका थिए । भारतीय सेनाको विशेष विमानमार्फत चार सदस्यीय टोलीको नेतृत्व गर्दै नरवणे नेपाल सपत्नी नेपाल भ्रमणमा आएका हुन् ।

बिमान स्थलमा  उनको स्वागतका लागि नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरू  पुगेका थिए ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा सेनाप्रमुख नरवणे नेपाल आएका नरवणेको आज कुनै औपचारिक कार्यक्रम नरहेको सैनिक श्रोतले बताएको छ । उनी आज धार्मिक स्थलहरुको अबलोकन भ्रमणमा रहेका थिए ।



भारतीय स्थल सेनाध्यक्षा नराबणेको भ्रमण कार्यतालिका यस प्रकार रहेको छ  :
बुधबार सेनाध्यक्ष नरवाणेको एयरपोर्टबाट सिधै होटल सोल्टीमा जाने र त्यसपछि साँझ पशुपति दर्शनमा जाने र त्यस क्रममा बसन्तपुरको अबलोकन गर्ने कार्यक्रम रहेको पनि बताइएको छ ।  भोली बिहीबार बिहान उनले टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुका साथै जङ्गी अड्डाको निरीक्षण गर्ने, निरीक्षणपछि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
प्रधान सेनापतिसँगको छलफल लगत्तै नेपाली सेनाका उच्च अधिकारीहरूसँग छोटो भेटघाटको कार्यक्रम रहेको छ । भेटघाट सम्पन्न भएपछि भारतीय सेनाको तर्फबाट नरावाणेले नेपाली सेनालाई सहयोगस्वरूप चार वटा एम्बुलेन्स र स्वास्थ्य सामग्री प्रदान गर्नेछन् । एउटा फिल्ड अस्पताल बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेसँगै बिहीबार बिहानको कार्यक्रम सम्पन्न हुनछ ।
त्यसपछि नेपालस्थित भारतीय दूतावासमा रहेर उनले केही भेटघाट कार्यक्रम गर्नेछन् । बिहीबार दिउँसो ४ बजेतिर राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारतीय सेना प्रमुख मनोज मुकुन्द नरावणेले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
त्यसलगतै शीतल निवासमै राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटघाटको कार्यक्रम पनि  रहेको छ ।
शीतल निवासको कार्यक्रम सकिएपछि भारतीय सेना प्रमुख नरवणेको सम्मानमा प्रधान सेनापति थापाले जङ्गी अड्डामा रात्रिभोजको आयोजना गर्नेछन् । रात्रिभोजसँगै बिहीबारको कार्यक्रम सम्पन्न हुने छ ।
शुक्रबार बिहान उनले आर्मी कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा रहेका प्रशिक्षार्थीहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधनपछि दूतावासमा फर्किएर केही भेटघाट गर्नेछन् ।
शुक्रबार दिउँसो रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर सोही दिन भारततर्फ प्रस्थान गर्ने नरवाणेको कार्यतालिका रहेको छ ।
यसबाहेक मौसम अनुकूल भएमा माउन्टेन फ्लाइट गर्नेसमेत तयारी नेपाली सेनाले गरेको छ ।
नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र मिचेर भारतले सडक निर्माण गरेपछि नेपाल र भारतबिचको सम्बन्ध चिसिएको छ।
नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि नरावाणेले दिएको अभिव्यक्तिको नेपालमा विरोध भइरहेको छ।
यसअघि नै तय भएको उनको नेपाल भ्रमणसमेत सोही कारण रोकिएको थियो । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif