Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

जनता नै नरहे भने सडक, बत्ती, पुल, भ्युटावर कसका लागि – शाहिदा बानों


२०७७ कार्तीक १७ गते , सोमवार प्रकाशित



        म सुरुआत देखि नै भन्दै आइरहेकीछु कि सरकारले तत्काल भौतिक विकास कार्यलाई रोकेर बरु भौतिक विकासका लागि छुट्टियाइएको बजेट कोभिड–१९ कोरोना भाईरस नियंत्रणमा खर्च गर्नुपर्छ । किनभने विकास जनताका लागि हो र जनता नै नरहे भने विकासको औचित्य नै रहदैन । तर यही महामारी कोरोना धेरै जसोका लागि सुअवसर भइदियो । यही कोरोना कालमा कोरोनाका नाममा भ्रष्टाचार र लूट मच्चियो । कही राहत वितरणका नाममा भ्रष्टाचार भने कही सशुल्क स्वाब संकलन त कही उपचारका नाममा लूट कही संक्रमित मृतकको लासका लागि परिवार जनलाई जटिलता भनिसाध्य छैन ।
 

        त्यस कारण हाल सरकारले सडक, नाला र भिरपाखा खन्ने बजेटलाई कोरोना नियन्त्रणमा लगाउनु आवश्यक छ । कोरोना संक्रमितहरुको निशुल्क उपचार गर्ने जिम्मा सरकारले नै लिनुपर्छ । नत्र सविंधानमा शिक्षा र स्वास्थ्यको जिम्मा सरकारको रहने भनी जनताको स्वास्थ्य सम्बन्धि संबैधानिक हक कोरिएको जनताले  प्रत्याभुति कहिले गर्ने हुन् ?जबकि संविधानमा प्रष्ट उल्लेख छ । 

संबिधानको भाग–३ मौलिक हक र कर्तव्य

३५. स्वास्थ्य सम्बन्धी हकः  (१) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन । (२) प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ । (३) प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ । (४) प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ ।


तसर्थ यदि सरकारसंग कोरोना नियंत्रण कोषमा बजेट छैन भने भौतिक निर्माणका लागि छुट्ट्याइएको बजेट तत्काल कोरोना संक्रमितहरुको जांच र उपचारमा लगाउनु पर्छ ।  किनकि जब जनता नै रहदैनन् भने यी भौतिक विकासकाहरुको के काम ?


बिडम्बना कोरोना रोकथामका लागि परीक्षण र उपचार निशुल्क हुनुपर्छ भनी सरकारलाई सुझाव दिन जनताका प्रतिनिधि भनेर जनताले तिर्ने करबाट तलब भत्ता सेवा सुविधा भोग गर्ने जनप्रतिनिधिहरुको कुनै भूमिका देखिएन । 


जनता नै नरहे विकासको नमूना भ्यूटावरलाई सरकारले नियालेर बस्छ ? सडकमा हिड्ने जनता नै नरहे भने के सरकारले बनेका सडक यी सडक नापेर बस्छ ? पुल तर्न जनता नरहे सरकारले पुलको लम्बाई चौडाई नापेर बस्छ ?


बत्तीको उज्यालोमा बस्न जनता नै नरहे सरकारले बत्तीको आरती गरेर बस्छ ?


यसर्थ अब सरकारले जनताको हितलाई ध्यानमा राखी जनतालाई संविधानले दिएको स्वास्थ्य सम्बन्धित संवैधानिक अधिकारको प्रत्याभूति गराउन कोरोना संक्रमितहरुको उपचार निशुल्क गर्नुपर्छ । यसमा कुनै आलेटाले गरेर जनतालाई उपचारबाट बञ्चित गर्न पाइदैन । कोरोना र कोरोना इतरका सबै रोगहरुको जिम्मेवारी राज्यको हो ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif