Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

यो कस्तो नियम बनायौ सरकार ? शलिना मियां


२०७७ कार्तीक १६ गते , आईतवार प्रकाशित



यो कस्तो नियम बनायौ सरकार कागजमा उतारिन्छ  तर व्यबहार मा उतारिदैन किन ? भन्नत सबैले भन्छन् मेरो देश सब जातजातिको  सुन्दर फुलबारी  तर त्यही देशमा धर्म विच किन बिभेद सरकार  भन्नत सबै धार्मिक स्थललाई संरक्षण गरौं भन्छौ  तर पुस्तौ देखि देखिएको धर्मस्थानलाई क्षतिग्रस्त गरेर हटाउन खोजिन्छ किन ? यो कस्तो नियम बनायौ सरकार  कागजमा उतारिन्छ तर व्यबहार मा उतारिदैन किन धर्म निरपेक्षता भएको देश भन्छौ सरकार तर  धर्मको धार्मिक स्थलनै बिनाश गर्ने कोशिश गरियो किन  ? मुस्लिम समुदायको सदाशयतालाई  किन कमजोरी ठान्छौ सरकार  आ(आफ्नो धर्म स्थल सबैलाई प्यारो लाग्छ भनेर  बिर्सिन्छौ किन ? यो कस्तो नियम बनायौ सरकार  कागजमा उतारिन्छ तर व्यबहार मा उतारिदैन किन  सबैको चाडपर्व एउटै हो भनेर किन बुझ्दैनौ सरकार  कसैको पर्वमा कोरोनानै नहुदा पनि बन्द गरेर राखेउ  कसैको पर्वमा यति महामारी फैलिदा पनि  अँखा खोल्दैनौ किन  राम्रो काम गर्नेलाई गलत ठानी सजाय दिन्छौ सरकार तर  अपराधीको चाहिँ सोध खोज पनि गरिदैन किन ? यो कस्तो नियम बनायौ सरकार कागजमा उतारिन्छ तर व्यबहार उतारिदैन किन  बहुमतको कुर्सीमा बसेर धार्मिक स्थलको संरक्षण गरेको  खोइ त ? आफै धामी आफै झक्री बन्ने यस्तो लाई पनि नियम भन्छ र सरकार  यस्तो समसामुहिक धरना लाई पनि गम्भीरतामा लिदैनौ किन ? अपराधीको खोजी गर्दैनौं भने हामी आन्दोलनमा उत्रिन तयार छौ सरकार  यो कस्तो नियम बनयौ सरकार  कागजमा उतारिन्छ तर व्यबहार मा उतारिदैन  धर्म निरपेक्षता देश भनी घोषणा गर्छौ नै किन यदि नियमलाइ व्यबहारमा उतार्दैनौ भने कागज मा मात्र लेखेर के गर्छौ सरकार नेताहरूलाई हल्का चोट लाग्दा चाहिँ आन्दोलन गर्नुपर्ने  धार्मिक स्थललाइ नै हटाउन खोज्दा चाहिँ  बहिरो बन्छौ किन ? धर्मको नाममा कसैलाई पनि हस्तक्षेप गर्न पाइदैन सरकार  आ(आफ्नो धर्मको सबैलाइ उत्तिकै महत्त्व हुन्छ सरकार  यो कस्तो नियम बनायौ सरकार  कागजमा उतारिन्छ तर व्यबहार मा उतारिदैन किन..?

गोर्खा
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif