Wednesday, 25 November, 2020    |    २०७७ मंसीर १० गते , बुधवार

दशै र देशको दशा


२०७७ कार्तीक ८ गते , शनिवार प्रकाशित



दशै नेपाली जन समुदायको एउटा पुरानो साँस्कृतिक चाड हो । यसका बिबिधि पक्ष र मतहरु छन् । दशैंलाई बिजया दशमी पनि भन्ने गरिन्छ । यो बिजय आसुरी प्रबृत्तिमाथि दैबी प्रबृत्तिको अर्थात् खराब प्रबृत्तिमाथि असल प्रबृत्तिको बिजयोत्सवको रुपमा पनि यसलाई लिइएको छ । यस अर्थमा यो पर्वले सामाजिक कुरीति, अन्धबिश्वास, असमानता, बिभेद, शोषण र अन्याय जस्ता अमानबीय,  आसुरी प्रबृत्तिमाथि प्रहार गर्नु पर्ने, तिनलाई हटाउनु पर्ने र समाजलाई बैज्ञानिक, मानबीय र भेदभावरहीत बनाउनु पर्ने कुराको उद्बोधन गराउँदछ र हरेक समुदायका सचेत, शिक्षित अग्रगामी भावना भएका मानिसहरुले यसै दिशामा दशैलाई प्रबृत्त  गराउनु पर्दछ भन्ने बुझ्न सकिन्छ ।
बद्लिदो परिवेशमा दशैंलाई सही दिशा र गति दिने हो भने यो भन्दा उपयुक्त उपाय अरु केही छँदा पनि छैन । 


दशैको अर्को पक्ष आफन्त जनहरु, मान्यजनहरु आदिसँगको भेटघाट र मिलन हुने, सामाजिक सद्भावलाई अभिबृद्धि गर्ने तथा तिनको आपसी सम्वन्धलाई नबिकृत  गर्ने र सुदृढ तुल्याउने अवसर पनि हो । यस बेलालाई परिवार तथा समाजका मान्यजनहरुबाट शुभशिर्बादसहीतको टीका जमरा आदि लगाउने र मान्य जनहरुलाई सम्मान गर्ने अवसर पनि मानिन्छ । खाशगरी स्वदेश तथा बिदेशमा रहेका आफ्ना सन्तान तथा आफन्तहरु घर परिवारमा रहेका बृद्ध आमा बाबुसँग भेटघाट गर्न आउने एउटा परम्परागत अवसरको रुपमा पनि यसलाई लिइन्छ । यसले पारिबारिक सदस्यहरुका बीचको दूरीलाई कम गर्न र अपनत्वलाई अझ बलियो बनाउन पनि मद्दत गर्दछ र छोरा छोरीहरु आ–आफ्ना गाउँघरबाट अध्ययन, जीवन यापन आदिका लागि टाढा रहने बद्लिएको स्थितिमा यस पर्वको बहानामा घर परिवारमा पुनर्मिलनको अवसर पनि यसले प्रदान गर्दछ । अरु बिभिन्न जन समुदायका चाड पर्वहरु जस्तै दशैले पनि यस अर्थमा समेत घर परिवार र समाजमा मानसिक शान्ति र  सन्तुष्टी प्रदान गर्ने हुनाले यसको ठूलो महत्व रहेको छ । त्यसैकारणले घर परिवरको मानिस दशैमा घर नजाँदा  ‘दशैमा समेत आएन’ भन्ने  घर घरको गुनासे सुन्न पाइन्छ । 

यो सबैलाई बर्षौदेखि थाहा हुुँदै आएको यथार्थ कुरा हो कि दशै नेपाली जनताका लागि धार्मिक साँस्कृतिक  चाडभन्दा पनि बर्षको एक पटक भए पनि ‘राम्रो लाउने मिठो मसिनु खाने’ तथा नातेदार, आफन्त र इष्टमित्रहरुसँग भेटघाट गर्ने एउटा अतिरिक्त उल्लासको दिन जस्तो हुने गरेको छ । त्यसमा  पनि हाम्रा धेरैजसो चाड पर्वहरु खेतीपाती लाउने उठाउनेदेखि लिएर मानिसका लाउने खाने कुरासँग बढी सम्बन्धित नै धेरै छन् । यसलाई बडा दशैं, बिजया दशमी, शुभ बिजया आदि जे नाम दिए पनि यसको भौतिक अन्तर्यमा जीवनका अत्यावश्यक र आधारभूत  खाने लाउने कुरा नै सबैभन्दा अगाडि आउँदछने । त्यसैले हुन खानेहरुको भन्दा पनि हुँदा खानेहरुका लागि दशै निकै बढी बोझिलो र चिन्ताको बिषय हुने गरेको छ । दशैले पनि यसरी दुइ सामाजिक बर्ग बिशेषको झल्को दिने गरेको छ । निश्चय नै सामान्य गरीब परिवारको मानिसले कुनै दिन अलिक गहकिलो र सधै खानेभन्दा स्तरीय खाना खायो र सामान्य दिनमा लाउने भन्दा राम्रो नाना लायो भने ‘दशैं पल्टिहाले छ नि’ भनिदै आएको हाम्रो स्थिति छ ।

आज त दशैको अर्थ–राजनीतिले के पनि प्रष्ट पार्दछ भने यो एउटा ब्यापारिक जमघटको पर्व पनि हो । यसले बजारसँग आफ्नो साँइनो गहिरो गरी गाँसेको छ । दशैको बेला नेपालका बजारहरु निक्कै चम्किन्छन् । चामल, चिउरा, माछा, मासु, लत्ता कपडा फलपूmल आदिको अर्बौंको ब्यापार हुने बेला नै यही हो । ब्यापारीहरुले दशैंको बेला ब्यापारको तयारी गरिरहेका हुन्छन् भने क्रेताहरुले पनि दशैका लागि किनमेल गर्न पैसा जोहो गर्ने गर्दछन् । दशैका बेला देश परदेशबाट घर फर्किने र पुनः काममा फिर्ता जाने यात्रुको घुँइचो लाग्ने गर्दछ र यातायातका साधनहरुमा पनि यतिबेला ठूला पैसा खर्च हुन्छ । यसरी हाम्रो देशमा दशैका बेला ठूलो आर्थिक कारोबार  हुने गरेको  हामी देख्दछौं । तर यस पालिको दशै धेरै नै खल्लो छ । एकातिर कोरोना महामारीको आतंक, अर्कोतिर रोग, रोजगारीहीनता, राहतको अभावले आम श्रमजीबी जनता आच्छु आच्छुको अबस्थामा छन् । महँगीले आकाश छोएको छ । तर सरकारलाई न श्रमजीबी जनताका समस्याप्रति चासो र चिन्ता छ न बढ्दो मूल्य बृद्धिले
पिरोलिएका आम उपभोक्ताप्रति । भ्रष्टचार जस्तो आसुरी प्रबृत्तिले सर्बत्र गाँजेको छ र सरकारी संरक्षणले यो आसुरी प्रबृत्ति समाजमा सर्बत्र ब्याप्त छ ।    

अर्कोतिर दशैको बेला ठूलो मात्रामा पशुपंक्षीबली दिने प्रचलन  । रागाँ, बोका, हास, कुखुरा, परेवा, खसी आदिलाई देवीका शक्ति पीठहरु र घरमै बली दिदा देबी खुशी हुने र शक्ति प्राप्त हुने एउटा बिबादित र अन्ध मान्यता पनि छ । त्यसैले यतिबेला यी पशुपंक्षीहरुको ब्यापार र काटमार पनि अत्याधिक धेरै हुँने गर्दछ । यसरी दशै ब्यापक आर्थिक गतिबिधि हुने चाड पर्व पनि हो । यी नै शब्दकासाथ सम्पूर्ण नेपालीमा दशैं २०७७ को मंगलमय शुभ कामना !

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif