Wednesday, 25 November, 2020    |    २०७७ मंसीर १० गते , बुधवार

धार्मिक सहिष्णुता कायम राख्दै चाड पर्व मनाऊ : राष्ट्रीय मदरसा संघ


२०७७ कार्तीक ८ गते , शनिवार प्रकाशित


  कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आयसा गर्लस कालेजको प्रांगणमा राष्ट्रीय मदरसा संघका अध्यक्ष डा. अब्दुल गनि अल्कुफिको अध्यक्षतामा बडा दशै र मोहम्मद डे को शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।   कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय कपिलवस्तु प्रमुख दिर्घ नारायण पौडेले कार्यक्रममा बोल्दै प्रदेश नं ५ मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले आउन लागेको चाड पर्वको अवसरमा सम्पूर्णमा सुख, समृद्धिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दै हिन्दू, मुस्लिम एक आपसमा मिलेर भाईचाराको सम्बन्ध रहेको र उक्त सम्बन्धलाई अझै सुमधुर बनाउनु पर्नेमा जोड दिए ।

  राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफिले धार्मिक सहिष्णुता कायम राखदै चाड पर्व मनाउन आह्वान गरे ।   राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्कीले शुभकामना संदेश दिदै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड – १९ को मध्यनजर गर्दै सुरक्षित रहि भिडभाड नगरी ,सामाजिक दूरी कायम राखेर माक्सको प्रयोग गरी एवम  जिल्ला प्रशासन कार्यलय कपिलवस्तुको निर्देशन पालन गरी आ(आफ्नो चाड पर्व मनाउन आग्रह गरे ।
  जसपा नेता रवि दत्त मिश्रले शुभकामना संदेश दिदै आ ( आफ्नो पर्व मनाउदा  सधै संयम  हुन जरुरी रहेको बताए ।

  जिल्ला प्रशासन कार्यालय कपिलवस्तु प्रमुख दिर्घ नारायण पौडेलले दशै तथा मोहम्मद डेको शुभकामना सहित आयोजक टीमलाई  धन्यवाद दिदै (कोभिड –१९) को संक्रमण रहेकाले चाड पर्व आ–आफ्नो घरमै पूजा पाठ गरेर मनाउन आग्रह गरे । 
    रविउल अउवलको शुभ अवसरमा अतिथिहरूलाई अन्तिम दूत मोहम्मद सल्लल्लाहु अले हे ओसल्लम को जीवनीको पुस्तक (अनुवाद नेपाली भाषामा ) समेत प्रदान गरियो।   कार्यक्रममा सशस्त्र प्रहरी का एसपी नेपाल प्रहरी का डीएसपी, प्रहरी निरिक्षक सुकदेव पौडेल,नेकपा नगर अध्यक्ष जावेद आल्म खां, राष्ट्रीय मदरसा संघका सह संस्थापक डा. मंजुर अहमद खा, दिनेश चन्द्र गुप्ता, वंटी सरदार, वृजेश कुमार गुप्ता, मौलाना असलम मदनी, मौलाना लुकमान मदनी, हाफिज मोहम्मद तारिक, अब्दुल नुर, मौलाना कमरे आजम, शैख अब्दुल रसिद मदनी, मौलाना असिल अहमद नइमी, मौलाना जहिर अहमद बरेलवी, इन्जीनियर जियाउल हक खां, अनवार अहमद, मौलाना अब्दुल अजिम मदनी, डा. सहिद, नसरुल्ला खां, किफायतुल्ला खां, मिर्जा रासिद बेग, अब्दुल अजिम, समद खां नेपाली लगायत अन्यको उपस्थित रहेको थियो ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif