Wednesday, 25 November, 2020    |    २०७७ मंसीर १० गते , बुधवार

नेपालमा २४ घण्टामा थप ४,४९९ जनामा कोरोनाभाइरस, आधा उपत्यकामै थप १७ जनाको मृत्यु


२०७७ कार्तीक ७ गते , शुक्रवार प्रकाशित



नेपालमा २४ घण्टायता४, ४९९ कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार अपराह्ण दिएको छ।

यस अवधिमा देशभरि कुल १६,८६३ वटा नमुनाको परीक्षण गरिएको बताइएको छ ।

अहिले फेला परेका सङ्क्रमितमध्ये १,६९० जना महिला र २,८०९ पुरुष छन्।

योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ५३ हजार नाघेको छ।

चौबीस घण्टाको अवधिमा थप १७ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

यो सहित नेपालमा अहिलेसम्म ८२९ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif