Wednesday, 25 November, 2020    |    २०७७ मंसीर १० गते , बुधवार

चीनलाई हिन्द–प्रशान्त चौगुट(क्वाड)को चूनौति : एक चर्चा


२०७७ कार्तीक ७ गते , शुक्रवार प्रकाशित


लोकनाराण सुबेदी


हुन त अमेरिकाको नेतृत्वमा जापान, अष्ट्रेलिया र भारतको चौ–गूट अर्थात ‘क्वाड’ले चीनको खतरा देखाएर बिश्वमा आफ्नो पक्षलाई सबल बनाउने अनेक दाउपेच चलिरहेको देखिन्छ । त्यसले गर्दा यो ‘इण्डो–प्याशिफिक’ अर्थात् ‘हिन्द–प्रशान्त’ क्षेत्रमा चीन र चीन बिरोधी ध्रूबका राष्ट्रका बीच चूनौति दिनानु दिन बढ्दै गएको छ । परस्पर बिरोधी शक्ति राष्ट्रहरु एक अर्कालाई दोष लगाएर यो क्षेत्र अशान्तमय बन्दै गएको संकेत दिइरहेका छन् । अमेरिकी नेतृत्वका देशहरु चीनलाई आरोप के लगाइरहेका छन् भने चीन यो इण्डो–प्याशिफिक शब्दको अर्थ नै गुमोस् भन्ने चाहन्छ तर यसका चीन सफल हुन सक्ने छैन र सफल देखिदैन भन्ने उनीहरुको दाबी छ ।    यतिबेला अष्ट्रेलिया, जापान र भारतदेखि लिएर यूरोपेली यूनियन तथा आशियानका सदस्य देशहरुसम्म यो इण्डो–प्याशिफिकलाई पर्याप्त महत्व दिन थालिएको र यो शब्दाबली अब उनीहरुको बिदेश नीतिको एउटा हिस्सा नै बनिसकेको या बन्न थालेको क्वाडमा संगलग्न देशहरु बताउने गर्दै आएका छन् । त्यसैले उनीहरु भन्दछन् कि चीनका लागि अब एउटा मात्र उपाय बचेको छ । त्यो के भने  यो चौ–गुट(क्वाड) बिरुद्ध एउटा भयको माहोल सिर्जना गर्ने र यो क्षेत्रका देशहरुलाई आफ्नो पक्षमा तान्ने । यस सम्वन्धमा उनीहरु के पनि औंल्याउँदछन् भने चीनका शीर्षस्थ राजनीतिज्ञ वांग यीले हालै कम्बोडिया, मलेशिया, लाओस्, थाइल्याण्ड तथा सिंगापुरकाृ महत्वपूर्ण भ्रमण गरेर त्यस्तै किसिमको कोशिश गरेको छ । भ्रमणको क्रममा वांग यीले त्यो क्षेत्रमा अमेरिकी योजनाहरुलाई लिएर सम्पूर्ण देशहरुलाई सावधान रहन आग्रह मात्र गरेनन्, अझ थप र महत्वपूर्ण कुरा के औंल्याए भने वाशिङ्गटनको ‘इण्डो–प्याशिफिक’ रणनीति पूर्ब एशियाका निमित्त ठूलो खतरा रहेको पनि प्रष्ट औंल्याए । दक्षिण एशियाली देशहरुका लागि चीनका शीर्ष नेताको सन्देश एकदमै स्पष्ट थियो कि बेइजिङ्ग र एशियानका देशहरु मिलेर दक्षिण चीन सागरलाई ‘बाहिरी हस्तक्षेप’ बाट दूर राख्नका  निम्ति मिलेर काम गर्नुको बिकल्प छैन ।  
यस क्षेत्रमा चीन–अमेरिकी सम्वन्धको बिग्रँदो स्थितिलाई ध्यानमा राखेर वाशिङ्गटनले त्यस क्षेत्रमा आफुलाई एक बिश्वसनीय साझेदारका रुपमा प्रस्तुत गर्न लागिरहेको कुरालाई मध्यनजर राखेर वाङ्ग यीले निर्धारित आफ्ना ती सबै बिकल्पहरु चर्चा आफ्नो भ्रमणका बेला गरेका छन्  जुन चर्चामाथि यस क्षेत्रका देशहरुले बिशेष ध्यान दिएर मनन गर्नु पर्ने देखिन्छ । यद्यपि वाङ्ग यीभन्दा पहिला अमेरिकी बिदेशमन्त्री माइक पोम्पिओले टोकियोको यात्रा गरेर यस क्षेत्रको भू–राजनीतिक तनाबलाई हावा दिइसकेका थिए । उनी ‘क्वाड’ बैठकमा भाग लिन त्यहाँ पुगेका थिए । यो ‘क्वाड’ बास्तवमा अमेरिका,जापान, अष्ट्रेलिया र भारतको एउटा रणनीतिक समूह हो । चीनका बिरुद्ध सन्देह प्रकट गर्दै २०१७ मा नै यस क्वाडलाई पुनर्जीबित गरिएको थियो ।   के भनिन्छ भने यी क्वाडका देशहरु यस क्षेत्रमा एउटा नयाँ तथा अत्याधिक सन्तुलनको खोजीमा रहेका छन् । त्यसैले यस सम्वन्धमा उनीहरु यसरी अर्काकासाथ काममा तल्लिन देखिन्छन्, त्यस किसिमको लगाव केही बर्ष अघिसम्म कल्पना पनि गरिएको थिएन । यी गठबन्धनका देशहरुमा जतिबेला घनिष्ठ सहयोगको स्थिति उत्पन्न हुन्छ त्यसबेला यी देशका बीच रहेको दुइ पक्षीय, त्रि–पक्षीय सम्वन्धका तानाबानाहरु सबलताकासाथ सक्रिय हुने बताइएको छ । संलग्न सबै देशहरुका बीच यो सहमति बन्दै गएको छ कि कथित क्षेत्रीय शान्ति तथा स्थिरताका लागि एउटा स्वतन्त्र हिन्द–प्रशान्त क्षेत्र ब्यवहारिक आधार बन्दछ ।    अमेरिकाका लागि इण्डो–प्याशिफिक चीनसँगको उसको भू–राजनतिक तानातानीको लागि कस्तो किसिमको केन्द्र बिन्दू बन्न पुगेको छ भन्ने कुरा यसबाटै पुष्टी हुन्छ कि बिदेश मन्त्री माइक पोम्पिओको यात्रा अमेरिकी राष्ट्रपति निर्बाचनका बीचमै सम्पन्न गरियो । यसकारण वाशिङ्गटनले यसको बिश्वसनीयता कायम राखिराख्नका लागि हरसम्भवन उपाय गर्ने देखिन्छ । उता जापानको जोड भनेका आधारभूत ढाँचा र साइबर सुरक्षा जसता मुद्दाहरुलाई अघि बढाउने रहेको देखिन्छ भने अष्ट्रेलिया चाँही मानबाधिकारका मुद्दाहरुको वकालत गर्दै आएको छ । अनि भारत भने क्षेत्रीय सम्प्रभूताको सम्मान गर्ने आवश्यकतामाथि जोड दिदै रहेको छ । भनिन्छ भारत–जापान, अष्ट्रेलिया–जापान र भारत–अष्ट्रेलियाका परस्पर सम्वन्धले पनि यस सन्दर्भमा गति पक्रिदै गएको छ र बिभिन्न बिषयहरुमा परस्पर आपसी सहयोग बढाउने कुरामा जोड दिइदै आएको देखिन्छ । हुन त अहिले नै ‘क्वाड प्लस’ का बारेमा सोचिनु अलि बढी हतारो होला तर प्रमुख शक्तिहरु ब्यक्तिगत स्तरमा र अरुसँग मिलेर पनि समान सोच भएका देशहरुसँग परस्पर सम्वन्ध बढानउने कुरालाई अतिरिक्त किमिसले पनि गम्भीर देखिदैछन् । जापानले यसै साता आफ्ना प्रधानमन्त्रीको भियतनाम यात्राको क्रममा भियतनामसँग रक्षा उपकरण ताथ प्रौद्योगिकी निर्यातलाई लिएर सम्झौता गर्दैछ भने अर्कोतिर इण्डोनेशियासँग आफ्नो सुरक्षा सम्वन्ध सबल बनाउन पनि गम्भीर रहेको देखिन्छ ।      अनि भारत पनि हिन्द–प्रशान्त अबधारणालाई मूर्तरुप दिन अग्रसर देखिन्छ । निश्चय नै जापानले यस बिचारमाथि बल प्रदान गरेको छ र अष्ट्रेलियाले बौद्धिक खुराक प्रदान गरेको छ र अमेरिकाले रणनीतिकरुपले यसलाई अगाडि बढाएको छ । यो नयाँ दिल्ली नै हो जसले आफ्नो सक्रिय बिदेश नीतिबाट यस संकल्पनालाई स्वीकार गर्ने र आफ्नो सुरक्षामा सामेल गर्ने कुरामा बाध्य तुल्यायो । यसरी भारतले नै क्षेत्रीय देशहरुलाई भरोसा दिलायो कि चीनको नेतृत्वको एशियाली ब्यवस्थाको यतिबेला काट भारत नै हो ? यद्यपि चीनको यो ‘क्वाड’प्रतिको बढ्दो दबाबलाई मध्यनजर राख्दै भारतले इण्डो–प्यासिफिक संकल्पनाको सबलताका निमित्त अझ बढी गति प्रदान गर्ने कोशिश गर्नुपर्ने ठानेको देखिन्छ । यसरी ‘क्वाड’ चीनलाई चारैतिरबाट घेर्ने दिशामा मिहीन तरीकाले लागेको देखिन्छ । तर त्यसलाई असफल तुल्याउन र आफ्नो क्षेत्रमा बाह्य हस्तक्षेप निम्तिन नदिन चीन पनि चौतर्फीरुपमा चौकस रहेको छ । चीने क्वाडलाई ‘मिनी नाटो’ को संज्ञा दिदै त्यसका बिरुद्ध पहल गरिरहेको छ ।
    बिश्व रणनीतिको यो बृहत परिप्रेक्षमा नेपाल सरकारको अमेरिकी कम्पनीसँगको एमसीसी सम्झौतालाई हेर्दा र केलाउँदा यो सम्झौता नेपालको हितमा नरहेको र यसको माध्यमबाट नेपाल बिदेशी शक्तिहरुको अखडामा आफ्नै हित बिरुद्ध खडा हुनपुग्ने देखिन्छ । आत्मघाती बाटोबाट जोगिने तिर अग्रसरता मात्र नेपालको भबिष्यको हितमा हुन्छ भन्ने कुरा पनि यो स्थितिले दर्शाउँदछ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif