Wednesday, 25 November, 2020    |    २०७७ मंसीर १० गते , बुधवार

‘रअ’सँग के के कुराकानी भयो खुलस्त गर !


२०७७ कार्तीक ७ गते , शुक्रवार प्रकाशित



 यही कार्तिक ५ र ६ गते चर्चित र बिबादास्पद भारतीय जासुसी संस्था ‘रअ(RAW) प्रमुख सामन्त गोयल समेत ९ जनाको जम्बो भारतीय गुप्तचरहरुको समूहले बालुवाटारमा प्रधानमन्त्री केपी  शर्मा ओलीसँग ३ घण्टासम्म गोप्य कुराकानी गरेको कुराले अनेक सन्देह र आशंका जन्माएको छ । नेपालले अनुमति दिएको बिशेष कूटनीतिक सैनिक बिमान चढेर यतिबेला त्यो भारतीय 'रअ'को समूह नेपाल आउनै पर्ने आवश्यकता के थियो भन्ने प्रश्न खडा हुन स्वभाबिक छ ।

त्यसमा पनि नेपाल र भारतका बीच नक्शा प्रकरणपछि चुलिएको अन्तरबिरोधका बीच रअको  अधिकारीहरुको रहस्यमय भ्रमण हुनु र त्यस बखत नेपाल र भारत बीचका सम्वन्ध खल्बल्याउन नदिने बारे कुराकानी भएको प्रमका प्रेस सल्लाहाकार सूर्य थापाले बताउनुले भारतले नेपालसँगको कस्तो सम्वन्ध खल्बलिन नदिने भनेको हो अप्रष्ट छ । अरु छिमेकी देशसँग बिभिन्न स्तरमा कुराकानी गर्दै रहेको भए पनि नेपालसँग कोरोनाको कारण देखाएर कूटनीतिक बार्ता टाल्दै आएको भारतको यो गुप्चतरी कूटनीति आफैमा अमिल्दो र अस्वाभिक छ ।


  भारतीय रअ र त्यसका नेपाली एजेण्टहरुका बीचमा बिगतमा पनि अनेक लेनदेन र सौदाबाजीका कुराकानी हुने गरेका हुन् र तर यस पटक सिधै प्रधानमन्त्रीसँग गुप्तचर संस्थाका प्रमुखहरुको कुराकानी भएकोले यसलाई गम्भीर रहस्यको बिषय बनेको छ । यो रहस्यमय गतिबिधिले आगामी दिनमा के कस्तो खिचडी पकाउने हो प्रतिक्षाकै बिषय छ । तर सरकारले सार्बभौम नेपाली जनताक समक्ष वास्वबिकता के हो खुलस्त गर्नु पर्दछ र नेपाली जनता र राष्ट्रका हित बिपरीत भारतीय अभिजात बर्गीय सत्ताका हितमा नेपाललाई घिसार्न पाइदै भन्ने कुरा जोडदाररुपमा उठिरहेको  छ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif