Wednesday, 25 November, 2020    |    २०७७ मंसीर १० गते , बुधवार

जनप्रतिनिधिहरुले दशैँ भत्ता नलिने निर्णय


२०७७ कार्तीक ६ गते , विहीवार प्रकाशित



रेडियो विजयनगररकपिलवस्तु


  कपिलवस्तुको विजयनगर गाउँपालिकाका जनप्रतिनिधिहरुले दशैँ भत्ता नलिने निर्णय गरेका छन् । विहिवार गाउँपालिकाको कार्यपालिकाको बैठकबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले दशैँ भत्ता नलिने निर्णय गरेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिए । 
     जनप्रतिनिधिहरुले दशैँ भत्ताको रकम गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गरिने उनले बताए ।  अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा न्युनिकरणमा खर्च गर्ने गाउँपालिकाले जनाएको छ ।     

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif