Wednesday, 25 November, 2020    |    २०७७ मंसीर १० गते , बुधवार

पुनर्निर्मित रानीपोखरी राष्ट्रपति बिद्याभण्डारीबाट आज उद्घाटित


२०७७ कार्तीक ५ गते , बुधवार प्रकाशित

   
       काठमाडौं । २०७२ साल बैशाख १२ गते आएको बिनाशकारी भूकम्पले भत्काएको रानीपोखरी पुनर्निर्माण भए पछि आज  राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।  र भण्डारीले आज दिउँसो १२ बजेतिर त्यो पुनःनिर्माण गरिएको रानीपोखरीको उद्घाटन गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।      उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य, सरकारका उच्च पदस्थ कर्मचारीलगायत विशिष्ट व्यक्तिहरुको  उपस्थित थियो।     मल्लकालीन शैलीमा रानीपोखरीको पुनः निर्माण नेपाल सरकारले गरेको हो भने दरबार हाइस्कुलको पुनः निर्माण छिमेकी मित्र राष्ट्र चीनको सहयोगमा भएको हो । २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनः निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।  
यसअघि असोज १५ गते रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन गरिएको थियो। २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुननिर्माणको काम अन्तिम चरणमा पुगेपछि सुनको लेपन भएको गजुर राखिएको हो ।             

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif