Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

द्वन्द्व समाधान पछि जैमिनिमा विस्थापित राष्ट्रिय बाणिज्य बैंकको शाखा पुनर्स्थापना


२०७७ कार्तीक ५ गते , बुधवार प्रकाशित


   —सीताराम थापा



बागलुङको दक्षीणी क्षेत्र जैमिनि नगरपालिका, कुश्मिशेरामा सरकारी राष्ट्रिय बाणिज्य बैङ्कको शाखा पुनर्स्थापना  र आरम्भ भएको छ ।  माओबादी द्वन्दको समयमा बिस्थापित भएक बाणिज्य बैंकको शाखा कुश्मिसेरामा सञ्चालनमा आएर कारोबार चल्न थालेको हो ।

    बैंकको पहिलो खाता संचालनमा ल्याएर जैमिनि नगरपालिकाको प्रमुख ईन्द्रराज पौडेलले यसको शुभारम्भ गरेका छन् । प्रमुख अतिथि एवं नगरप्रमुख इन्द्रराज पौडेलले रिवन काटेर र खाता खोलेर सेवाको सुरुवात र शुभारम्भ गरेका थिए ।  

    उनले नगरपालिका भित्र सञ्चालन हुने हरेक कार्यलयले बैकमा खाता खोली सहयोग गर्नु पर्ने बित्तिय संस्थाहरुले नगरबासिको माग र हित अनुसार लगानी बढाउनु पर्ने बताए।



  सरकारी स्वामित्वमा रहेको बैंक बिस्थापन हुदा जनतालाई असर गरेकोले बैकले प्रभाबकारी सेवा दिनु पर्ने औल्याए। कुश्मिसेरा शाखाका शाखा प्रवन्धक लोक प्रकाश पौडेलले सरकारले दिने सेवा सुविधा नीति अनुसार र नगरको अवस्था अनुसार दिन आफू संधै तयार रहने तत्परता दर्शाए ।

जैमिनीवासीहरुका लागि थप सेवा सुविधाहरु प्रदान गर्न बैंकको प्रदेश तथा केन्द्रिय कार्यलयमा समन्वय गर्ने पनि उनले बताएका थिए । यस्ले जैमिनिको बिकासमा योगदान हुने वार्ड अध्यक्ष भुपेन्द्र थापाले पनि बताए । 

    केहि बर्ष पहिलेसम्म  राष्ट्रिय बाणिज्य बैङ्क लिमिटेडले अहिलेको जैमिनी नगरपालिकाको केन्द्र रहेको कुश्मिसेरा बजारमा सेवा दिदै आइरहेका थियो । सशस्त्र तर द्वन्दको समयमा शाखा विस्तापित भएपछि अहिले पुनः सेवा सुचारु भएपछि नगरबासी खुसि भएका छन् । जैमिनि नगरमा अहिले तीनवटा बैंक र अन्य बितिय संस्थाहरु रहेको छन् ।

     जैमिनिमा लामो समय पछि सरकारी बाणिज्य बैंक स्थापना  भएकाले आर्थिक समृद्विमा सहयोग हुने जैमिनि नगरपालिका मगर समाजका अध्यक्ष तिलक थापा मगरले पनि बताएका छन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif