Wednesday, 25 November, 2020    |    २०७७ मंसीर १० गते , बुधवार

सरकारका संबिधान बिरोधी, अमानबीय र जनबिरोधी गतिबिधिको नेकपाद्वारा बिरोध


२०७७ कार्तीक ३ गते , सोमवार प्रकाशित

  नेपाल कम्युनिष्ट पार्टीले आज एक बक्तब्य निकाल्दै सरकारको जनस्वास्थ्यप्रतिको खेलबाड, सांसदहरुको दशैभत्ता  र शान्तिपूर्ण संयुक्त आन्दोलनमाथि दमन गर्ने खालको सरकारी धम्कीको जोडदार बिरोध जनाएको छ । पार्टीका संहसंयोजक लोकनारायण सुबेदीले दिएको बक्तब्य यस प्रकार छ :

. नेपाल सरकारले जनता कोरोनाका कारण बिमारी परेमा त्यसको जिम्मा नलिने जनताले आफै उपचार गर्नु पर्ने जस्तो जुन घोर अमानबीय जनबिरोधी तथा संबिधानको धारा ३५ बिपरीतको निर्णय सार्बजनिक गरेको त्यसप्रति नेपाल कम्युनिष्ट पार्टीले घोर आपत्ति जनाउँदै त्यसको तीब्र निन्दा भर्त्सना गर्दछ साथै जन स्वास्थ्यमा खेलबाड नगर्न, यस सम्बन्धि सर्बोच्चको परमादेशको सम्मान गर्न तथा जनताको बाच्न पाउने अधिकार स्वास्थ्योपचारको पूर्ण जिम्मेवारी लिन तथा त्यसलाई अझ प्रभावकारी बनाउन नेपाल कम्युनिष्ट पार्टी जोडदार माग गर्दछ

. सरकारले एकातिर जनताको बच्न पाउने अधिकारमाथि नै खेलबाड गर्दै उपचारबाट पञ्छिने, आम जनता भोक रोगले आच्छु आच्छु परेको बेला उनीहरुका समस्यालाई बेवास्ता गर्दै सांसदलाई गैर कानुनी किसिमले दशैंभत्ता बितरण गर्ने जस्तो कार्यको निन्दा गर्दै सांसदलाई बितरण गरेको सम्पूर्ण दशै भत्ता फिर्ता गर त्यसलाई जनताको उपचार कोषमा दाखिला गरी जन स्वास्थ्यमा लगाऊ भन्ने जोडदार माग नेपाल कम्युनिष्ट पार्टी गर्दछ

. नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण आन्दोलनमा कार्यगत एकता गरेर अघि बढ्न थालेका राजनीतिक दलहरुलाई दमन गर्ने द्वन्द्व निम्त्याउने जस्तो कुरा गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी दिवसका दिन जुन ब्यक्त गरेका छन् त्यो घोर आपत्तिजनक षडयन्त्रपूर्ण देशमा ब्याप्त भ्रष्टाचार, चर्को महँगी, बढ्दो बाह्य हस्तक्षेप, एमसीसी जस्तो राष्ट्रघाती सम्झौता, जनतन्त्रमाथिको हमला कष्टकर जनजीबिका सम्वन्धमा संयुक्त बिरोध प्रदर्शन गर्न लागेका दलहरुलाई धरपकड दमन गर्न प्रहरीलाई उक्साउने धम्कीपूर्ण भाषा प्रयोग गरेर  गृहमन्त्री स्वयंले संबिधानको घोर उल्लंघन गरेको जनताले शान्तिपूर्ण तरीकाले भेला, सभा प्रदर्शन, बिरोध आदि गर्न पाउने संबैधानिक अधिकारको धज्जी उडाएको औंल्याउँदै यस्ता दमनकारी कदम चालेर देशलाई द्वन्द्वको भुँवरीमा धकेल्न पनि नेपाल कम्युनिष्ट पार्टी जोडदार चेतावनी दिन चाहन्छ   लोकनारायण सुबेदी सहसंयोजक नेपाल कम्युनिष्ट पार्टी २०७७ कर्तिक ३  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif