Wednesday, 25 November, 2020    |    २०७७ मंसीर १० गते , बुधवार

“सहकारी अभियानलाई शुद्धिकरण गर्दै सदस्यको समृद्धिसँग जोडनु पर्छ”


२०७७ कार्तीक २ गते , आईतवार प्रकाशित


युवा सहकारीकर्मी रञ्जित अर्याल बज्रबाराही बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापकको रुपमा कार्यरत छन् । सहकारीमार्फत सदस्य र समुदायको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सकिनेमा उनको दृढ विश्वास छ । सहकारी व्यापार मात्र नभएको र समाज रुपान्तरणको एउटा साझेदार निकाय समेत भएकाले सोही अनुरुप सहकारीलाई अगाडि बढाउनुपर्ने उनको धारणा छ । सहकारीको माध्यमबाट  विपन्न र न्यून आय भएका सदस्यहरुको जीवनस्तर उठाउन सक्ने उदाहरण उनीसँग छ । द्वन्द्वकालमा बैंकहरु विस्थापित भएर शहर केन्द्रित हुँदा समेत दूरदराजमा सहकारीले स्थानीय स्तरमा वित्तीय सेवा प्रदान गरी महत्वपूर्ण भूमिका खेलेको उनले स्मरण गरे । मकवानपुर जिल्लामा नै पहिलोपटक संस्थाले मोबाइल बैंकिङ शुरुवात गरेको र सदस्यहरुको सहजताका लागि बज्रबाराही बजार क्षेत्रका पसलहरुमा क्यूआर पेमेण्ट गर्न सकिने व्यवस्था समेत मिलाइएको उनले जानकारी दिए । संस्थाको समग्र अवस्था, सदस्यलाई दिने सेवा सुविधा र सहकारी अभियानका विभिन्न आयाममा केन्द्रित रहेर व्यवस्थापक अर्यालसँग नेपालपत्रन्यूजले गरेको कुराकानीः  




श्री बज्रबाराही बचत तथा ऋण सहकारी संस्थाको स्थापनाकालदेखि हालसम्म आइपुग्दाको समग्र अवस्थाका बारेमा प्रष्ट पारिदिनुस् न !

२०६६ साल साउन ६ गते तत्कालिन डिभिजन सहकारी कार्यालय मकवानपुरमा यो संस्था दर्ता गरेका हौं । समुदायमा सहकारीको आवश्यकता देखेर हामीले त्यो समयमा संस्था दर्ता ग¥यौं । त्यो बेला स्थानीयबासीले मिटरब्याजमा ऋण लिनुपर्ने र साहुमहाजनकहाँ आफ्नो घरखेत बन्धक राख्नु पर्ने अवस्था थियो । त्यस्तो परिप्रेक्ष्यमा समुदायमा छरिएर रहेको पूँजीलाई एकिकृत गरी सदस्यहरुमार्फत समयसापेक्ष ब्याजदरमा बचत परिचालन गर्न सक्छौं भन्ने उद्देश्यकासाथ संस्था स्थापना गरेका हौं । आजको दिनमा करिब १० करोडको कुल सम्पत्ति बनाउन सफल भएका छौं । संस्थाले आर्थिक मात्रै नभई गैरवित्तीय र सदस्य सुरक्षा कार्यक्रमदेखि अन्य गतिविधि पनि अगाडि बढाएको छ । हामीले दिएको सेवाबाट सदस्यहरु सन्तुष्ट हुनुहुन्छ । 



सदस्य सुरक्षण कार्यक्रम अन्तर्गत केके सुविधा छन् ? 

हामीले सदस्य सुरक्षण कार्यक्रम अन्तर्गत वार्षिक शुल्कमा आधारित कार्यक्रम अगाडि बढाएका छौं । वार्षिक शुल्क वापत सदस्यहरुले ५०० रुपैया संस्थामा बुझाउनुपर्छ । त्यस वापत संस्थाले एक लाख बराबरको दुर्घटना बीमा गरिदिन्छ । प्राकृतिक मृत्यु भएको खण्डमा सदस्यका आफन्तलाई १५ हजार रुपैया उपलब्ध गराउँछ । सुत्केरी हुँदा ३५०० रुपैया र पोषण सामग्रीसहित हामी घरमै पुगेर उपलब्ध गराउँछौं । सदस्यहरुको बाढि पहिरो र भूकम्पजस्ता प्राकृतिक प्रकोपले घरमा क्षति पुग्यो भने १० हजार रुपैया घरटहरा निर्माण गर्न सहयोग गर्छौं । दुर्घटनाको कारण सदस्यको अंगभंग भएको खण्डमा २० हजार रुपैया जीविकोपार्जनका लागि दिन्छौं । १० वर्ष निरन्तर योगदान गर्ने सदस्यको हकमा ७० वर्षमाथिका सदस्यलाई २ हजार उपलब्ध गराउने योजना अगाडि बढाएका छौं । 

संस्थामा कति सदस्य छन् ? 

संस्थामा भाद्र मसान्तसम्म १ हजार ४३२ जना सदस्य आवद्ध हुनुहुन्छ । ५७४ जना सदस्य सुरक्षण कार्यक्रममा सहभागि हुनुभएको छ र ४०–४५ जना सदस्यले लाभ समेत लिई सक्नुभएको छ । सदस्यका लागि जे जति गर्नुपर्ने हो, त्यो अझै गर्न सकेको अवस्था छैन । हामी अझै गर्ने क्रममा नै छौं । विभिन्न बाधा व्यवधान र चुनौतिको सामना गर्दै हामी आएका छौं । संस्था स्थापनाको शुरुवातमै चोरी भयो । यसले सदस्यहरुमा नकारात्मक असर पार्दो रहेछ । ०७६ साल २० गते दोश्रो पटक संस्था चोरी हुन पुग्यो । संस्थामा चोरी गर्नेहरु पक्राउ परिसकेका छन् । र विभिन्न उल्झनले चोरी भएको रकम भने संस्थामा फिर्ता आएको छैन । यी कुराहरुले हामीलाई चुनौति दिइराखेको छ । तर धेरै सदस्यहरुलाई सन्तुष्ट बनाउन सकेका छौं । ८३ हजार रुपैयाबाट शुरु भएको संस्थाले शुरुवाती दिनमा ५÷७ हजारभन्दा बढि ऋण दिन सक्दैन थियो । अहिले सरकारले तोकेको सन्दर्भ ब्याजदर भित्र रहेर २० लाखसम्म सदस्यलाई ऋण प्रवाह गरिरहेका छौं । 

संस्थाको लगानीबाट सदस्यहरुको आर्थिक स्तरमा सुधार आएका उदाहरण पनि प्रशस्तै होलान् नि ? 

हामीले व्यापार व्यवसायमा धेरै लगानी गरेका छौं । कृषिमा थोरै लगानी गर्दा पनि राम्रो आम्दानी गर्न सक्ने अवस्था छ । धेरै सदस्यहरुले पहिलेदेखि नै कृषिकार्य गर्दै आउनुभएको छ । व्यापार र कृषिलाई प्रवद्र्धन गर्न हामीले लगानी गरेका छौं । लघुकृषि गर्नेहरुलाई हामीले ऋण दिन सकेका छौं । ठूलो कृषि गर्नेहरुलाई राज्यबाट पन िराम्रै सुविधा छ । सहकारीमा अहिलेसम्म अनुदानको कुरा आएको छैन । सहकारीको सञ्चालन खर्च नै बढि छ । सदस्यहरुलाई १०–११ प्रतिशतसम्म ब्याज दिनुपरेको छ, जसले गर्दा सहुलियतमा सदस्यहरुलाई ऋण दिन कठिन छ । 


कृषि, उत्पादन र रोजगारी सृजना गर्ने क्षेत्रमा सहकारीले लगानी गर्नुपर्छ भन्ने कुरा उठिरहेको छ नि ? 

वास्तवमा सहकारी उत्पादन र रोजगारीको क्षेत्रमा जोडिनुपर्छ । सदस्यहरुको व्यवसायसँग कसरी जोडिन सकिन्छ भनेर हामीले पनि सोचिराखेका छौं । यो पर्यटन क्षेत्र पनि हो । कतिपय सदस्यले होमस्टे गरिराख्नु भएको छ, उहाँहरुसँग संस्था कसरी जोडिन सकिन्छ भनेर हामीले योजना बनाइरहेका छौं । 

कोरोना भाइरसले सहकारीमा कस्तो प्रभाव पारेको छ ? 

हामी प्रविधिमा अगाडि देखि नै जोडिएका छौं । मकवानपुर जिल्लामा मोबाइल बैंकिङ शुरु गर्ने हामी पहिलो संस्था हौं । हामीले क्युआर पेमेण्ट सिस्टमबाट सदस्यले पेमेण्ट गर्न सक्ने सुविधा मिलाएका छौं । बज्रबाराही क्षेत्रमा २३ वटा पसलमा क्यूआर पेमण्ट गर्न सक्ने व्यवस्था छ । सदस्यहरुले मोबाइलका माध्यमबाट ती सबै पसलबाट कारोबार गर्न सक्नुहुन्छ । यसलाई विस्तार गर्ने सोचमा छौं । सरकारले चैत्र ११ गते मुलुकभर लकडाउन शुरु भयो । त्यसको एक साता हामी पनि अन्यौलमा प¥यौं । शुरुको एक हप्ता हामीले संस्था बन्द नै ग¥यौ । चैत्र १८ देखि हामीले कार्यालय सञ्चालन ग¥यौ । बीचको एक साता पनि सम्पर्क व्यक्ति तोकेर घरदैलो सेवा सदस्यलाई दियौं । १८ गतेदेखि आंशिक रुपमा र बैशाख ३ देखि पूर्णरुपमा कार्यालय सञ्चालन ग¥यौं । यस क्षेत्रमा कोरोनाको जोखिम पनि कम रह्यो । कार्यालय सञ्चालनमा पनि त्यति समस्या परेन । 

कोभिड १९ ले सहकारीलाई प्रविधिमा जोडिनुपर्छ पर्ने पाठ सिकाएको हो ? 

हो, कोरोनाले प्रविधिमा जोडिन ठूलो पाठ सिकाएको छ । बैंकमा नपुगी पनि ग्राहकहरुले पैसा निकाल्न सक्छन् । सहकारीमा त्यो सम्भव छैन । भोलिका दिन यस्तो विपत्ति आउँदा पनि संस्था दिगो रुपमा सञ्चालन गर्न प्रविधिमा जोडिनुपर्ने हुन्छ । सहकारी पनि प्रविधिमा नजोडिइ सुखै छैन । प्रविधिलाई आत्मसात गरेर जान सके सहकारीको दिगोपनामा समेत टेवा पुग्छ । सदस्यहरुले पनि समयसापेक्ष र सहज सेवा प्राप्त गर्न सक्छन् । 

सहकारी ऐन कार्यान्वयनमा विभागले अग्रसरता देखाएको हो ? ब्याजदर निर्धारण र एक संस्था एक सदस्य जस्ता कुराले सहकारी क्षेत्रलाई कस्तो असर गर्ला ? 

सबैको आआफ्नो मत होला तर मेरो विचारमा यी कुरामा अब कडाई गर्नुपर्छ । अहिले १० जनालाई सहकारीका बारेमा सोध्यो भने १० थरि नै परिभाषा आउँछ । बास्तवमा सहकारी भनेको के हो ? केलाई अधार मान्ने भन्ने अहिलेसम्म छैन । सहकारीको नाममा साहुकारी धेरै छन् । २०–२२ प्रतिशत ब्याज लिने र ४–५ प्रतिशत सेवा शुल्क असुल्ने सहकारीहरु पनि हामीले देखेका छौं । बैंकसँग प्रतिस्पर्धा गरेर सेवा दिने सहकारीहरु पनि छन् । नियमनकारी निकायले अझ कडाई गरेर सहकारी क्षेत्रलाई सुदृढिकरण गरेर लैजानुपर्छ । पछिल्लो समय यो हुँदै पनि गएको छ । अझ प्रभावकारी हुँदै जाओस् भन्ने मेरो आग्रह हो । 

तपाईंको बुझाईमा सहकारी के रहेछ ? 

सहकारीले समाज रुपान्तरण गर्ने हो । समाजलाई आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपमा सशक्त र बलियो बनाउने माध्यम सहकारी हो । सहकारीमा आवद्ध हुने व्यक्ति शेयरसदस्य हो । सहकारीले सामान्य व्यक्तिलाई पनि आर्थिक रुपमा सबल बनाउने काम गर्छ । सोही किसिमले सहकारी अगाडि बढ्नुपर्छ । सहकारीले वास्तवमा गर्नुपर्ने काम पनि त्यहि हो । 

अहिले सहकारीमार्फत गरिबी निवारणको काम भएको छ जस्तो लाग्छ ? 

धेरै सहकारीहरु त्यो बाटोमा छन् । पूर्ण रुपमा त्यो बाटोमा भने लागेका छैनन् । सहकारी अभियानले राज्यले ल्याएको कानुनलाई पालना गर्दै सदस्यको आर्थिक स्तर सुधारमा लाग्नु पर्छ । सहकारीलाई पनि शुद्धिकरण गर्दै जानुपर्छ अनिमात्र समाज रुपान्तरणको एउटा संवाहक बन्न सक्छ । 

सहकारीको उपादेयता समाजमा कत्तिको देख्नुहुन्छ ? 

सहकारी समाजको अभिन्न अंग जस्तै हा । द्वन्दकालमा सहकारी नभएको भए ग्रामीण जनताले वित्तीय सेवा पाउँदैन थिए । बैंकहरु द्वन्दको बहानामा शहरकेन्द्रित भए, गाउँबाट जोखिम मुल्यांकन गरेर सदरमुकामतर्फ गए । सहकारी नभएको भए जनताले सेवा पाउँदैन थिए । अहिले कोभिड–९ को बेलामा पनि बैंकका अधिकांश शाखा बन्द भए । सहकारीले घरमै गएर सेवा दिए । सहकारी सदस्यको भावनासँग जोडिएको छ । यो ब्यापार मात्रै होइन । यसले सहकारी समाजको लागि अपरिहार्य छ भन्ने पुष्टि हुन्छ । 

बज्रबाराहीलाई कस्तो संस्था बनाउने योजना तपाईंको छ ? 

गएको आवमा हामीले ४ वर्षे व्यावसायिक रणनीतिक योजना बनाएका छौं । समृद्ध समाज निर्माणको लागि सुशासित र समृद्ध साकोसको भिजन राखेका छौं । समाजलाई समृद्ध बनाउनुप¥यो । त्यससँगै समाज सुशासित पनि हुुनुप¥यो । संस्थाले नियम कानुन देखि सबै कुरा पालन गरेर देशकै उत्कृष्ट संस्था बनाउछौं र सदस्यको सन्तुष्टिलाई ध्यान दिने र सदस्यले म यो संस्थाको सदस्य बन्न पाएकोमा गर्व गर्न सकौं भन्ने गरी काम गर्ने योजना छ । 

साधारणसभाको लागि संस्थाले कस्तो विधि अपनाएको छ ?  

गएको वर्षहरुमा जस्तै यस वर्ष सदस्यहरुलाई भौतिक रुपमा भेला गरेर साधारणसभा गर्ने अवस्था छैन । सहकारी विभागले जारी गरेको मार्गनिर्देशन अनुसार हामीले पनि हामीले पनि साधारणसभा कार्यविधि बनाएका छौं । संस्थाको वार्षिक प्रतिवेदन गरी प्रत्येक सदस्यको घरघरमै पु¥याउँछौं । एक हप्ता प्रतिवेदन अध्ययन गर्न समय दिन्छौं । अध्ययनपश्चात् प्रतिवेदनमाथि सदस्यको सल्लाह सुझाव र प्रतिक्रिया भए लिखित रुपमा नै संस्थामा लिएर आउने र उपस्थिति पुस्तिकामा हस्ताक्षर गरी साधारणसभा सम्पन्न गर्ने योजना हाम्रो छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif