Wednesday, 25 November, 2020    |    २०७७ मंसीर १० गते , बुधवार

शुक्रपथ बहुउद्देश्यीयको अध्यक्षमा बिष्ट चयन, कारोबार ५०० करोड पुर्‍याउने लक्ष्य


२०७७ कार्तीक २ गते , आईतवार प्रकाशित

शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको दशौं साधारणसभाले नरेन्द्र बिष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । साधारण सभाले नौ सदस्यीय कार्यसमिति तथा तीन सदस्यीय लेखा समिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा आनन्दकुमार राउत, सचिवमा जिवनराज ओझा, कोषाध्यक्षमा दिपेन्द्रकुमार श्रेष्ठ तथा सदस्यहरुमा महेश खड्का केसी, निरहरीप्रसाद उपाध्याय र अर्जुन विश्वकर्मा चयन भएका हुन् । त्यसैगरी लेखा समिति संयोजकमा लक्ष्मण शर्मा तथा सदस्यहरुमा पम्फा कार्की र देवप्रसाद घिमिरे चयन भएका छन् । 

नवनिर्वाचित अध्यक्ष बिष्टले एक दशकको अवधिमा संस्था राष्ट्रिय स्तरमा समेत पहिचान बनाउन सफल भएको जनाए । संस्थाले निवर्तमान अध्यक्ष निरहरीप्रसाद उपाध्यायको नेतृत्वमा ठूलो छलाङ्ग मारेको बताउँदै आफू संस्थाको कार्यकारी प्रमुख रहेर काम गर्दा दुईचार करोडको कारोबार रहेको संस्थालाई दुईचार अर्बको बनाउन सकेको बताए ।  

संस्थाका सदस्यले दिएको जिम्मेवारीलाई उचित न्याय दिने संस्थाको प्रगतिमा थप क्रियाशील भएर लागिपर्ने प्रण समेत उनले गरे । अध्यक्ष निर्वाचित भएसँगै बिष्टले आफ्नो ४ वर्षे कार्यकालमा गरिने ११ बुँदे कार्ययोजना समेत सोही अवसरमा सार्वजनिक गरेका थिए ।  



उक्त कार्ययोजना अनुसार संस्थाको आफ्नै भवन निर्माण गरी सदस्यहरुलाई गुणस्तरीय सेवा दिने, ग्रामीण भेग र अन्तरप्रदेशमा समेत कार्यक्षेत्र विस्तार गर्ने, सेवा केन्द्र थप गर्ने, पूँजी, प्रविधि र सीपमा अन्तर्राष्ट्रिय अभ्यासकहरु संस्थामा भित्र्याई सबल र दीगो संस्था बनाउने, संस्थाको नीति, विधि र कार्यविधि बनाई सुशासनयुक्त संस्था निर्माण गर्ने र संस्थाको कूल कारोबार ५०० करोड तथा शेयरपूँजी र कोषहरु १५ करोड माथि पु¥याउने रहेको छ ।  

त्यसैगरी संस्थाको एक व्यवसाय विभाग बनाई २०० करोड बराबर ऋण व्यवसाय प्रवद्र्धनमा लगानी गर्ने, संस्थामा कार्यरत कर्मचारीहरुलाई आर्थिक रुपमा स्थापित गर्न सहुलियत ऋण कर्जा उपलब्ध गराउने, संस्थाको छुट्टै सेलिङ पोर्टल बनाई अनलाई बिजनेस शुरु गर्ने, संस्थाका पदाधिकारी र कर्मचारीहरुको क्षमता र रुचिअनुसारको कामको बाँडफाँड गरी सोही अनुरुपको नेतृत्व दिने, सदस्य सहभागिता बढाई संस्थाप्रति सदस्यहरुको अपनत्व हुने गरी काम गर्ने विषय कार्ययोजनामा उलने समेटेका छन् ।  

राष्ट्रिय स्तरमा संस्थाको छुट्टै छवि बनाई विभिन्न सम्मान तथा पूरस्कार प्राप्त गर्ने र समुदायप्रति उत्तरदायी भई विभिन्न सामाजिक क्रियाकलाप गरी सदस्य र समुदायलाई थप लाभान्वित बनाउने योजना समेत उनको छ । व्यक्तिगत स्वार्थबाट माथि उठेर सबैको भावनालाई समेटी शुक्रपथलाई नमूनायोग्य संस्था बनाउन आफू प्रतिवद्ध रहेको अध्यक्ष विष्टले जनाएका छन् । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif