Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

प्रा.डा. राममान श्रेष्ठको ८२ बर्षको उमेरमा निधन


२०७७ आश्विन ३० गते , शुक्रवार प्रकाशित

    काठमाडौं । गणितका प्रोफेसर डा. राममान श्रेष्ठको ८२ बर्षको उमेरमा उहाँको आफ्नै निबास स्थान भिमसेन गोला बानेश्वरमा निधन भएको छ ।    पञ्चायती कालमा एक जमानामा उनी कमरेड पुष्पलालको निकट रहेर बुद्धिजीबी फाँटमा भित्रीरुपमा क्रियाशील थिए । स्वाभीमानी र देशभक्त प्रोफेसर नेपालमा आमूल परिबर्तन बिना राष्ट्रियताको सुदृढीकरण र  बिकासको सम्भावना छैन भन्ने कुरामा बिश्वस्त थिए ।
  श्रेष्ठ त्रिभुवन विश्वविद्यालय गणित विषयका प्राध्यापक, नेपाल प्राध्यापक सङ्घका पूर्व सभापति, नेपाल बुद्धिजीवी परिषद्का पूर्वअध्यक्ष, त्रिविका पूर्वशिक्षाध्यक्ष पनि हुन् । उनी २०५४ सालमा नेकपा एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य बनेका थिए । तर पार्टीले गलत काम गर्दै गए पछि उनी निष्कृय बनेका थिए ।      
दिबंगत डा. श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली !
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif