Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

अर्थमन्त्री पौडेलले गरे पदभार ग्रहण,कोरोनाले थलिएको अर्थतन्त्र सक्लान उठाउन


२०७७ आश्विन २९ गते , विहीवार प्रकाशित



 अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन्। आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएसँगै मन्त्री पौडेलले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका हुन्।मन्त्री पौडेलको स्वागतमा अर्थसचिव शिशिरकुमार ढुंगाना र राजस्व सचिव रामशरण पुडासैनी लगायत उपस्थित थिए। कोरोना भाइरस संक्रमणको सतर्कताका कारण मन्त्रीको स्वागतार्थ थोरै कर्मचारीको मात्रै उपस्थिति थियो।

मन्त्रालयका सचिव ढुंगाना र राजस्व सचिव पुडासैनीले पुष्प गुच्छाले स्वागत गरेका छन ।पदभार ग्रहणपछि मन्त्री पौडेलले कर्मचारीहरुसँग छलफल गरिरहेका छन्।  पौडेलले कर्मचारीसँग अर्थतन्त्रका बारेमा ब्रिफिङ लिएका छन्। उनले विश्व बैंकसँग ऋण लिने निर्णयमा पहिलो हस्ताक्षर गरेका छन्। पौडेलको सामु कोरनाले थलिएको अर्थतन्त्रलाई पुर्नरुत्थान गरि पहिलेको अबस्थामा ल्याउनु थप चुनौतीपुर्ण छ ।


 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif