Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

नवजागरण साकोसले गर्‍यो कार्यक्षेत्र विस्तार


२०७७ आश्विन २९ गते , विहीवार प्रकाशित

नवजागरण बचत तथा ऋण सहकारी संस्थाले कार्यक्षेत्र विस्तार गरेको छ । संस्थाले साबिक सालु गा.बि.स. हाल मन्थली न.पा. वडा नं. ४ मा कार्यक्षेत्र विस्तार गरेको जनाएको छ । 

त्यस क्षेत्रका स्थानीयले सदस्य बन्न माग गरेकाले कार्यक्षेत्र विस्तार गरिएको संस्थाका व्यवस्थापक रमेश उदासले जानकारी दिए । कार्यक्षेत्र विस्तारको स्वीकृति लिइसकेकाले त्यस क्षेत्रका बासिन्दालाई सदस्य बन्नका लागि उनले आव्हान गरे । 

२०५५ सालमा २५ जना महिलाद्वरा साविक मन्थली गाविस ७ र ८ वडालाई कार्यक्षेत्र बनाई स्थापना भएको संस्थाले मन्थली नपा १,२,३,५,६,७र८ रामेछाप न.पा.८ र ९ खाडादेबी गापाको ४ र ५ र लिखुतामाकोसी गा.पा.को ५ र ७ लाई कार्यक्षेत्र बनाई सदस्यहरुलाई सेवा दिँदै आएको छ । 

करिब ६ हजार ३ सय भन्दा बढी शेयर सदस्य र ४५ करोडको वासलात लिएर रामेछाप जिल्लाको अग्रणी संस्थाको रुपमा अगाडी बढिरहेको उनले बताए । शेयर पुँजी ४ करोड ४५ लाख, बचत ३३ करोड, ऋण लगानी ३० करोड रहेको संस्थाको जगेडा कोष ५ करोड माथि रहेको छ । 

संस्थाले २०६५ सालमा डिभिजन सहकारी कार्यालय दोलखा बाट उत्कृष्ट सहकारी पुरस्कार र आव ०७३।७४ मा सबै भन्दा बढी कर तिरे बापत २०७५ सालमा उत्कृष्ट करदाताको रुपमा सम्मानित भइसकेको छ । त्यसैगरी २०७६ सालमा नेफ्स्कुनद्वारा प्रदेश नं. ३ को उत्कृष्ट संस्थाको रुपमा घोषित भएको छ भने नेफ्स्कुनद्वारा विकास गरिएको राष्ट्रिय स्तरको प्रोबेशन कार्यक्रममा गत वर्ष प्रोवेशन ब्राण्ड प्राप्त गर्न सफल भएको छ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif