Wednesday, 25 November, 2020    |    २०७७ मंसीर १० गते , बुधवार

पोखरेल रक्षा मन्त्रालयबाट हटाइए, अर्थमा विष्णु पौडेल


२०७७ आश्विन २८ गते , बुधवार प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् ।

उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएर रक्षा मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेका हुन् ।

त्यस्तै अर्थ मन्त्रालय विष्णु पौडेल, शहरी विकास मन्त्रालय कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लीलानाथ श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । यसअघि महिला बालबालिका मन्त्रालय सम्हालिरहेको मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif