Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

पश्चिमा दर्शन जगतको बिवादको अन्त्य गर्ने हेगलले वास्तबिक जगतको भने नितान्त उपेक्षा गरे


२०७७ आश्विन २७ गते , मंगलवार प्रकाशित

 

शिब भटराई 

    बास्तवमा हेगेलको ‘परमसत्य’ जसलाई बस्तुगत प्रत्ययबादको सार रुप उनैको रचना ‘दर्शनशास्त्रको बिश्वकोष’ भन्ने १८१७को रचनाको सार संक्षेप भनेर पनि भनिन्छ र त्यही रचनामा हेगेलले प्रकृति र समाजका सम्पूर्ण परिघटनाहरुलाई ‘परम सत्ता, आत्मिक मूल तत्व, निरपेक्ष प्रत्यय, बिश्व बिवेक, बिश्वात्मा’ जस्ता अभिब्यक्तिहरुद्वारा सम्बोधन गरिएकोले स्पष्ट छ । हेगेल परम सत्यलाई नै अर्थात (Absolute Truth) लाई नै सक्रिय अर्थात् निरन्तर क्रियाशील हुने कुरामा बिश्वस्त थिए र त्यसै परमसत्य वा प्रत्ययले आफ्नै हृदय वा मन भित्रै ‘बिशुद्ध चिन्तन’ (पिउर रिजन)को बिकास भएको हुन्छ र यहीनिर ‘प्रत्यय’ले अर्थात् चेतन तत्व एक अर्कासित सम्वन्धित भएर प्रकट भएको हुन्छ । हेगेलको त्यस्तो प्रत्ययले आफुभन्दा बाहिरको तत्वलाई चेतन तत्वदेखि परको प्रकृतिकोरुपमा हेगेलको त्यस्ता परम प्रत्ययले बिकास गर्छ । हेगेलको बिचारमा प्रकृति आफै बिकसित हुदैन । प्रकृति त परम प्रत्ययको आत्मिक बिकासको बाहिरी अभिब्यक्ति मात्र हो । प्रकृति भनेको त मात्र प्रत्ययको खाली बाह्य रुप हो ।

   चिन्तन सम्वन्धि चित्त वा चेतना प्रत्ययको बिकसित दर्शन हो  त्यस्तो बिकसित ‘चित्त’को अबस्थामा हेगेलको निरपेक्ष प्रत्यय फेरि आफैमा बिलिन हुन्छ र मानबीय चेतनाका बिभिन्न रुप र आकारहरुमा अभिब्यक्त भएको हुन्छ भन्ने अकाट््य बिश्वास हेगेलको थियो । त्यही बिश्वासको भरमा नै हेगेलले आफ्नो द्वन्द्वबादी दर्शन वा सिद्धान्तलाई ‘तर्कको बिज्ञान’ (सन् १८१६)अद्वितीय रचनामा प्रस्तुत गरेका थिए । वास्तवमा यही नै हेगेलको दर्शनमा मात्र नभएर दर्शनशास्त्रकै इतिहासमा सर्बाधिक महत्वपूर्ण योगदान पनि थियो । हेगेलले आफ्नो यही रचनामा द्वन्द्वबाद सम्वन्धि महत्वपूर्ण तर्क र सिद्धान्तहरुको बिषद बिश्लेषण गरेका थिए र काण्टको अज्ञेयबाद (एग्नोष्टीसिज्म) समेतको आलोचना गर्न पुगेका थिए । यही सन्दर्भमा हेगेलले द्वन्द्वबादी   तर्कबादको आधारशीला स्थापना पनि गरे र बिचार जगतमा द्वन्द्वबादको प्रयोग गराएर माक्र्सवादी द्वन्द्वबादको ‘दिशा’लाई नै नयाँ आयाम दिन मद्दत गरेका थिए । 

  हेगेलको बिचार जगतमा द्वन्द्वबादको प्रवेशले माक्र्सवादी द्वन्द्वबादलाई जुन बल र बुद्धि दियो त्यस द्वन्द्वबादले एंगेल्सलाई समेत प्रभावित पारेर प्रगतिशील नब हेगेलपन्थी बाटोमा लाग्न प्रेरणा दियो । यसैले यूरोपेली धेरै बिद्वान बिचारकहरु माक्र्स र एंगेल्सलाई द्वन्द्वबादी दर्शनको सम्पुष्टी गर्न हेगेलले बिचार जगतलाई बिश्लेषण गरेर स्थापित गरेको द्वन्द्वबादको योगदानको मेटिनै नसकिने प्रभाव परेको कुरामा मतैक्यता दर्शाएका हुन् । वास्तवमा हेगेलको ज्ञान मिमांसामा प्रयुक्त द्वन्द्वबाद द्वन्द्वबादी दर्शनकै लागि पनि महत्वपूर्ण योगदान हो र छ पनि ।  हुन त हेगेलले आफ्ना पूर्वबर्ती महान दार्शनिक इम्यानुएल काण्टको द्वैतबादको खण्डन गरेर स्थापित गरेको द्वन्द्वात्मकताकै प्रणालीको प्रतिफल थियो उनको द्वन्द्वबाद, तर पनि दर्शनशास्त्रको इतिहासमा उनका अरु धेरै कृतिहरु जस्तो ‘कानुनको दर्शनशास्त्र’ ‘दर्शनको इतिहास बारेको भाषण’ ‘सौन्दर्यशास्त्रमाथिको प्रवचन’ आदि अत्यन्तै मूल्यवान रचनाहरुको प्रभाव पनि उनका परबर्ती बिचारकहरुका लाग कम प्रभावशाली र महत्वपूर्ण थिएनन् । दर्शनशास्त्रको इतिहासमा पश्चिमेली दार्शनिकहरुको उद्गम स्थल यूनान पछिको शायदै जर्मनी बाहेक अरु देशले काण्ट, शोफेन हाइभर, बायरबाख, हेगेल र माक्र्स जस्ता दार्शनिकहरु जन्माउन सकेको इतिहास नै छैन होला । यस्तो श्रेयको भागी भएको जर्मन भूमिमा हेगेललाई प्रचलित दर्शनको परम्परा बिरुद्धको दर्शन र बिचारको जन्म दिने श्रेय निश्चय पनि दिनै पर्दछ ।    शायद हेगेल नै त्यस बेलामा यस्ता चिन्तक थिए जसले अन्तहीन कल्पना र वास्तबिकताबाट धेरै टाढा पुगिसेकेको काण्ट, शोफेन हाइमरहरु जस्ता दिग्गज दार्शनिक हस्तीहरुको प्रत्ययबाद जसको न यथार्थ धरातलमा उभ्भिने तार्किक धरातल नै निश्चित थियो न त उनीहरुका बिचार अर्थात प्रत्ययको उन्नत आकाशमा उडेर प्रत्ययलाई स्थापित गर्न सक्ने बलियो परिवेश नै थियो । उनीहरुको दार्शनिक बिचारको बिश्रान्ति भनेको अज्ञेयावाद वा सन्देहबादमा बिसर्जित भएर मात्र सम्भव थियो ।

यस्तो शास्त्रीय दर्शन (क्लासिकल फिलोसफी) को बोलवाला चलेको जर्मनीमा टाउकाकै भरमा अर्थात शुद्ध बुद्धिको परम प्रत्यय(एब्सल्यूट आइडिया) लाई सम्पूर्ण दृष्य अदृष्य जगतको श्रष्टा, कर्ता र हर्ता समेत मानेर द्वन्द्वात्मक प्रणालीद्वारा बिचार, बुद्धि, बिबेक मात्र होइन, समाज परिवर्तनका नियमहरु समेतमा लागु गर्ने सत्प्रयाश हेगेलबाटै भएको हो । हेगेलकै प्रस्थापना हो — यो जगत । बिना बिश्व अर्थात् जगतको अभावमा तर्क बुद्धिको अभिब्यक्ति नै हुन सक्तैन । त्यसैले हेगेलको तर्क बुद्धि जो उनकै भनाइमा परम प्रत्यय हो, त्यसको लागि बिश्व वा जगत अपरिहार्य हो र बिश्व या जगत – परम प्रत्यय वा तर्कबुद्धिका लागि अपरिहार्य हो, अर्थात् एक अर्काको अभावमा अस्तित्वबान भएर हिड्न सक्दैनन् ।    हेगेल आफैमा पनि पूर्ण बिश्वस्त थिए, त्यसैले उनले स्थापित गर्न खोजेको ‘परम प्रत्यय’को धारणा शतत बिकासशील छ, त्यसको बिकास निरन्तर द्वन्द्वातमक प्राणाली (डाइलेक्टिकल मेथोड)बाट परिचालित हुन्छ भनेर ठहर गरे ।

   हेगेल नै शायद त्यस्ता ब्यक्ति चिन्तक वा दार्शनिक थिए जसले प्लेटोदेखि भनौ अथवा यूनानी दर्शनको प्रकृतिबादी चिन्तन  धारा बिरुद्ध निरन्तर जस्तै स्थापित गर्न खोजिएको चेतन जगत सम्वन्धि चिन्तन प्रणाली जसलाई कहिले इश्वर तत्व वा देब तत्व सम्म पु¥याएर पनि टुंगो लगाउन नसकेर कार्य कारणको सिद्धान्तसित कहिले लुटपुट््याए भने कसैले सन्देहबाद र अज्ञेयवाद भित्रै अल्मल्यायका थिए । त्यस्तो प्रत्ययलाई परम सत्यको रुपमा द्वन्द्वात्मक प्रणालीद्वारा चिन्तन परिवर्तन र बिकासमान हुने ठम्याई पश्चिमेली दर्शन जगतको लामो बिवादको अन्त्य गर्ने बाटो त पहिल्याए तर माक्र्सले भनेजस्तै बास्तबिक भौतिक जगतको भने नितान्त उपेक्षा गरे ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif