Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

अर्थशास्त्रको नोबल पुरस्कार दुइ अमेरिकी अर्थशास्त्रीलाई


२०७७ आश्विन २६ गते , सोमवार प्रकाशित

 
 
काठमाडौं । अर्थशास्त्र तर्फको यस वर्षको  नोबेल पुरस्कार दुई अमेरिकी नागरिकलाई प्रदान गरिएको छ ।  आज सोमबार द स्विडिस एकेडेमी अफ साइन्सले घोषणा गरेअनुसार यस वर्षको नोबेल पुरस्कार पाउल आर मिल्ग्रोम र रोबर्ट बिल बी विल्सनलाई प्रदान गरिने भएको हो ।      

उनीहरुलाई लिलामी सिद्धान्तमा सुधार तथा नयाँ लिलामी प्रारुपको आविष्कार गरेकाले सम्मानस्वरुप यो पुरस्कार प्रदान गरिएको बताइएको छ  ।

अहिलेसम्म केवल दुई महिलाले मात्र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् ।  सोमबार अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा भएसँगै यस वर्षको लागि सबै विधाको नोबेल पुरस्कार घोषणा भएको छ ।
 यस वर्षको नोबेल पुरस्कार पाउनेमा सात पुरुष, चार महिला र एउटा संस्था छन् ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif