Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

को हुन यी पानी पिउन सल्लाह दिने क्वाक डाक्टरहरु ?


२०७७ आश्विन २६ गते , सोमवार प्रकाशित

कोही भन्छन् बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिला दुइ गिलास पानी पिउनु । केही अरु, जो बिश्वको जल संकटसँग शायद बिल्कुलै बेखबर छन्, तिनले झन् के सल्लाह दिन्छन् भने बिहान सबेरै एकदेखि दुइ लिटरसम्म पानी पिउनु । आज भोली त सामाजिक सञ्जालहरुमा यस्ता धेरै धेरै सल्लाहहरु सित्तैमा पाइने गरेका छन् । जसले के भन्दछन् भने बढीभन्दा बढी पानी पिउनु पर्दछ । जति बढी पानी पियो त्यत्ति नै राम्रो हुन्छ । कतिसम्म भनिन्छ भने शरीरले अतिरिक्त बढी भएको पानी स्वय नै बाहिर फाल्दछ, त्यसैले बढी पानी पिउनाले केही नोक्सानी छैन । बरु अझ राम्रो यस अर्थमा छ कि शरीरबाट बाहिर निस्कने पानीले आफ्नो साथमा शरीरका फोहोर महिलाहरुलाई पनि लिएर बाहिर  निस्कन्छ ।
  सर्सरी सुन्दा लाग्छ, यो यस्तो सल्लाह हो जसबाट प्रायः मानिसलाई कुनै नोक्सानी हुने देखिदैन । अनि प्रायःजसो उनीहरुले यस्ता सल्लाह मान्ने गरेको पनि  पाइन्छ । तर बैज्ञानिकहरु के मान्दछन् भने न यस्ता सल्लाहाहरुमा कुनै तुक छ न त यस्ता कुरा पछाडिको कुनै सोचमा सत्यता  नै छ । के कुरा पहिलादेखिनै मानिदै आएको छ भने आवश्यकताभन्दा कम पानी पिउदा यदि शरीरमा ‘डिहाइड्रेशन’ हुन जान्छ भने  आवश्यकताभन्दा बढी पानी पिउदा ‘हाइपोहाइडे«शन’ हुन सक्तछ, जुन अझ बढी नोक्सानदाय मानिन्छ ।  यद्यपि नभए पनि बढी पानीले शरीरमा सोडियिम(लवण)को अनुपात कम हुनजान्छ जुन खतरनाक हुन सक्छ । त्यसले गर्दा मृगौलाको काम अत्यन्तै बढी बोझिलो हुन्छ । यसरी  नजानीसँग जथाभावी पानी पिउदा जीवनदायिनी पानी आफ्नो अधिकताका कारण ज्यानमारा समेत साबित हुन सक्तछ ।

  केही बर्ष पहिला अष्ट्रेलियाका बैज्ञानिकहरुको एउटा समूहले यस बिषयमा एउटा अनुसन्धान नै ग¥यो कि जब हामी आवश्यकताभन्दा बढी पानी पिउदछौं त्यतिबेला के हुन सक्तछ ? यसका लागि बैज्ञानिकहरुले केही मानिसहरुमाथि प्रयोग नै गरे । उनीहरुले मानिसहरुको दुइ समूह बनाए । एउटा समूहलाई लामो समयसम्म ब्यायाम(एक्शरसाइज) गराइयो जसले गर्दा कसरतबाट पसिना निस्किएपछि उनीहरुलाई खुब तिर्खा लागोस् । अर्को समूलाई यस्तो परिवेशमा राखियो जहाँ उनीहरुको पसिना निस्कन पाउदैनथ्यो र कुनै श्रम गरेर उनीहरुलाई पानीको प्यास नलागोस् । त्यसपछि दुबै समूहका मानिसहरुलाई एकै साथ पानी पिलाइयो । एकसाथ पानी पिउँदाखेरि उनीहरुको सबैको ‘फङ्गसनल एमआरआई’ टेस्ट पनि गरियो । यस एमआरआईबाट के थाहा हुन आयो भने जुन मानिसहरुले ब्यायाम गरेका थिए तिनको मस्तिष्कले पानीलाई मजाले सहजपूर्वक स्वीकार ग¥यो, जबकि ब्यायाम नगरेको समूहका मानिसहरुलाई वास्तवमा कुनै तिर्खा नै लागिरहेको थिएन । यो दोश्रो समूहका मानिसहरुको मस्तिष्कका कोशिकाहरुमा तनाब देखियो, किनभने तिनले अनावश्यकरुपमा पानी पिउन स्वीकार गर्न सकिरहेका थिएनन् । 
  बैज्ञानिकहरुको के भनाइ छ भने जस्तो प्रकारले खाना त्यत्ति नै खानु पर्दछ जत्तिको भोक लागेको छ, त्यसरी नै पानी पनि त्यत्ति नै पिउनु पर्दछ जत्तिको प्यास या तिर्खा लागेको हुन्छ । हामीलाई जब भोक लाग्छ त्यसको सोझो अर्थ के हुन्छ भने हाम्रो शरीरलाई ऊर्जाको आवश्यकता छ । त्यसरी नै जब हामीलाई तिर्खा लाग्दछ, यसको अर्थ हो कि हाम्रो शरीरलाई पानीको आवश्यकता छ । जसरी आवश्यकताभन्दा बढी भोजन गर्नाले हामीलाई नोक्सान पुग्दछ त्यसरी नै आवश्यकताभन्दा बढी पानी पिउनाले पनि त्यो नोक्सानदायी नै हुन्छ । 
  यदि हामीले बढी नुनिलो खाना खायौ भने हामीलाई तिर्खा पनि बढी नै लाग्छ । किनकि त्यसबेला शरीर या रगतबाट सोडियमको मात्रा कम गर्नका लागि बढी पानी चाहिन्छ । हाम्रो र बाकी सबै जीव जन्तुहरुके शरीर यस्तो किसिमले बिकसित भएको छ कि त्यसले आफ्नो पोषणको आवश्यकता स्वय नै जान्दछ । हाम्रो शरीर स्वयंलाई थाहा  छ कि उसलाई कतिबेला कत्ति मात्रामा पानी चाहिन्छ । यसका लागि हामीलाई सामाजिक सञ्जालका ‘क्वाक’ डाक्टरहरुको आवश्कयता पर्र्दैन । उसै पनि सामाजिक सञ्जाल अर्थात् सोशियल मिडियाहरु हाम्रो सामाजिकताका लागि आवश्यक हुन्, हाम्रो शारिरीक स्वास्थ्यका लागि होइनन् ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif