Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

एकिकरणमार्फत गुणस्तरीय संस्था बनाउन अध्यक्ष कँडेलको आग्रह


२०७७ आश्विन २५ गते , आईतवार प्रकाशित

काठमाडौं बचत तथा ऋण सहकारी संघले विषम परिस्थितिका वावजुद प्रविधिका माध्यमबाट १८ औं स्थापना दिवस तथा १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले  सहकारी अभियानलाई उत्पादन र व्यवसायमा जोड्नुपर्ने बेला आएको बताए । बहुउद्देश्यीय र कृषि सहकारीले शेयरपूँजी र कोषको रकमबाट ३० प्रतिशत र बचत ऋण सहकारीले कुल पूँजीको १० प्रतिशत ननाघ्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गरी मुलुकलाई आत्मनिर्भर बनाउने काममा लाग्नुपर्ने जनाए । 

कोभिड–१९ को प्रभावका कारण लाखौं युवा जनशक्ति विदेशबाट फर्किने क्रम रहेको र स्वदेशमा पनि धेरै मानिस बेरोजगार रहेको परिप्रेक्ष्यमा सहकारीहरुका लागि उत्पादन र रोजगारी सिर्जनामा जोड्ने राम्रो अवसर भएको समेत उनले जनाए । काठमाण्डौमा मात्रै ३ हजार बढी बचत तथा ऋण सहकारी रहेकाले एकिकरणमार्फत सहकारीको संख्या घटाई गुणस्तरीय सेवा दिन तर्फ अग्रसर हुनुपर्ने बेला आएको उनको भनाई थियो । सहकारीमा एक संस्था एक सदस्यको कुरा कार्यान्वयनमा ल्याउन विभागले परिपत्र गरेको भएपनि कोभिडका कारण संस्थाहरुले सामान्य गतिविधि समेत गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै एक वर्ष उक्त नीति कार्यान्वयनको समय थप गर्न महासंघले पहल गरेको र यस बीचमा कुनै कारवाही नगर्न आव्हान गरिएको समेत उनले बताए । 

कोभिडका कारण सहकारीहरुमा तरलता अभाव हुने आँकलन गरिएको भएता पनि हालसम्म सबै संस्थाले तरलता व्यवस्थापन गर्न सकेको बताउँदै भविष्यमा अभाव सिर्जना भएमा कास्कुन, नेफ्स्कुन र सहकारी बैंकहरुले सघाउनु पर्ने उनको भनाई थियो । 

त्यसैगरी राष्ट्रिय सहकारी बैंकका अध्यक्ष सहकारीको सामुहिक समस्याहरुलाई एकिकृत रुपमा अगाडि बढाइएको र त्यसको समाधानका लागि अभियानका नेतृत्वहरु लागि परेको जनाए । 

कार्यक्रममा नेफ्स्कुनका अध्यक्ष परितोष पौडेल, बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङ लगायतले शुभकामना मन्तब्य दिएका थिए । 

कास्कुनका अध्यक्ष दिपक पनेरुको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०७६।७७को वार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन र आर्थिक प्रतिवेदनलाई पारित गरेको छ । 




संघले यस वर्ष सतुंगलको वेस्ट्रन  ऋतम्भरा बचत तथा ऋण सहकारीलाई उत्कृष्ट ब्यवसाय साकोस सम्मान,  अधिक शेयर खरिद साकोस सम्मानबाट सत्कार बचत तथा ऋण सहकारी, उत्कृष्ट साकोस सम्मान चन्द्रागिरि बचत तथा ऋण सहकारी र अधिक बचत कारोबार साकोस सम्मान कोलमतेश्वर बचत तथा ऋण सहकारी लाई प्रदान गरेको छ । 

कास्कून वर्ष ब्यक्ती अभियान्ता सम्मानबाट पूर्व लेखा समिति सदस्य हरिशरण थापा सम्मानित भए भने उत्कृष्ट कर्मचारी पुरस्कार  कास्कूनका ब्यवस्थापक अरुण तिवारीले प्राप्त गरे । 

संघमा ७ सय सदस्य, २ करोड ४३ लाख ९४ हजार शेयर पूंजी, ७२ करोड ८७ लाख बचत, २ करोड २४ लाख कोष तथा ९४ करोड कूल कारोबार रहेको छ ।

संघले मुख्य कार्यालयसहित गोंगबु र चाबहिल सेवा केन्द्रमार्फत सदस्य संस्थाहरुलाई सेवा प्रदान गर्दै आएको छ । सदस्य संस्थाहरुबीच अन्तरलगानी कार्यक्रम गर्नुका साथै शिक्षा, तालिमका साथै प्राविधिक सहयोग प्रदान गरी संस्थाहरुलाई सबल बनाउन संघ क्रियाशील रहेको सीइओ कृष्ण आचार्यले बताए । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif