Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

स्वर्ग नर्क सबै यसै जीवनमा -लिंगायत


२०७७ आश्विन २२ गते , विहीवार प्रकाशित


जब कुनै लिंगायतको मृत्यु हुन्छ त्यतिबेला उसको शब यात्र बाजा गाजाकासाथ निकालिने गरिन्छ । मृतकका नातेदार तथा मित्रहरुले त्यो शब यात्रामा गीत गाउदै हिड्छन् । आमरुमा त्यतिबेला शिबको प्रार्थना गर्ने गरिन्छ । त्यसका लौकिक जीवनका लागि कृतज्ञता ब्यक्त गरिन्छ र अब मृतकको आत्मा त्यसै शिवमा बिलिन हुने अबसरको रुपमा मृत्युलाई लिइन्छ । जसले शिवबाट अलग भएर लौकिक जीवन बिताएको थियो भन्ने मान्यता रहेको  छ। त्यसैले लिंगायतहरुले मृत्युमा शोक मनाउँदैनन् । उनीहरु यो संसारलाई शिवको आध्यात्मिक शक्तिबाट पैदा भएको र मृत्युपछि पुनः शिव मै बिलिन हुने बिश्वास मान्दछन् । उनीहरु केवल इष्ट लिंगको पूजा गर्दछन् र एउटै इश्वरमा बिश्वास गर्दछन् । त्यसैले उनीहरु एकेश्वरबादी हुन् । 


हिन्दूहरुका बिभिन्न शाखाहरुले कर्मको फलको धारणामा बिश्वास गर्दछन् । यसको अर्थ पूर्व जन्ममा गरिएका गलत कार्यले अहिलेको जीवनमा दुःखकष्ट हुन्छ भन्ने मान्यता हो । अनि यस जन्ममा जसले राम्रो काम गर्दछ त्यसको फल अर्को जन्ममा मिल्छ भन्ने मान्यता पनि । लिंगायत समुदायले कर्मफलको यस धारणामा बिश्वास गर्दैनन् । पटक पटक जन्म लिने पटक पटक मर्ने कुरामा उनीहरुको बिश्वास छैन । उनीहरुले आफुलाई हिन्दू पनि मान्दैनन् । तर हिन्दूहरुले भने तिनलाई हिन्दू, बौद्ध, या सिख सम्प्रदाय जस्तै अर्को एक शाखा बिस्तार भएको भन्दछन् । तर हिन्दूले जस्तो लिंगायतले स्वर्ग र नर्क भन्ने अलौकिक कुरामा बिश्वास गर्दैनन् । उनीहरुको मत के छ भने यस जीवनमा मानिसले जे असल या खराब कर्म गर्दछन् त्यसको फल पनि यही भोग्दछन् । कुनै अर्को संसारमा यी असल या खराब कर्मको हिसाव किताव राख्ने कोही हुदैन । यो लिंगायत भारतको कर्नाटक राज्यमा निकै ठूलो संख्यामा रहेको छ ।


यस प्रकार लिंगायतले शब यात्राको समय खुशी मनाउने कारण के हुन्छ भने यस संसारमा ती मृतक ब्यक्तिले राम्रो नराम्रो जे गर्नु थियो त्यो गरे । अब उनको पालो सकियो र बिदा लियो भन्ने मान्यता राख्दछन् । उनीहरुले कुनै प्रकारको पनि तन्त्र मन्त्रमा समेत कुनै बिश्वास राख्दैनन् । कुनै चमत्कारमा पनि उनीहरुको बिश्वास हुदैन । त्यसकारण उनीहरु के पनि मान्दैनन् भने कुनै गलत कर्मका कारण मृत्यु पछि कसैले सजाय पनि पाउँदैन न राम्रा काम गरेकोमा मृत्युपछि पाप नै पखालिन्छ । बिवाह आदिको बेलामा उनीहरुको जन्म कुण्डली या चिनो पनि हेरिदैन । भारतमा ओशो रजनीश त लिंगायत थिएनन् । उनको एउटा बेग्लै आध्यात्मिक सम्प्रदाय थियो । तर उनको निधनमा पनि उनका अनुयायीहरुले खुशी मनाएका थिए र आश्रमबासीहरुले ताली र मृदंगको तालमा झुमी झुमी नाचेका थिए ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif