Wednesday, 25 November, 2020    |    २०७७ मंसीर १० गते , बुधवार

इण्टरनेटका अत्याधुनिक भर्च्यूल बिधि र यसको इफेक्ट


२०७७ आश्विन २० गते , मंगलवार प्रकाशित

  जब कुनै प्रबिधि हाम्रा अगाडि आउँदछ त्यसले सबैभन्दा पहिला आफ्नो शक्ति देखाउँदछ । अनि त्यसपछि शुरु हुन्छ चुनौतिहरुको शिलशिला र ती चुनौतिहरुसँग कसरी सामना गर्ने भन्ने कुरा आउँदछ । त्यसैमा त्यो प्रबिधिको सफलता या असफलता पनि निर्भर गर्दछ । इण्टरनेटले पनि आफ्नो उमेरको एउटा चक्र पूरा ग¥यो । यसको खुबी र उपयोगितको चर्चा पनि धेरै नै भइसकेको छ र अझै पनि भइरहेको छ । तर अब यसको अर्को आयामको चर्चा गर्ने समय आएको छ ।
    आजको हाम्रो पहिचानको एउटा मानक ‘भर्चुअल वल्र्ड’ मा हाम्रो उपस्थिति पनि हो र यहीबाट आरम्भ हुन्छ फेसबुक र ट्वीटर जस्ता समाजिक सञ्जाल(सोशिय नेटर्किङ्ग) सँग जोडिने शिलशिला । यस क्रममा भारत फेसबुक सबैभन्दा धेरै प्रयोग गर्ने देश बनेको छ । त्यसैले यो प्रबिधि अहिले भारतमै सबैभन्दा ठूलो चुनौति पनि बन्दै गइरहेको छ । तथ्यांकका आधारमा कुरा गर्ने हो भने स्मार्ट फोन तथा इण्टरनेटले मानिसहरुलाई ब्यसनकारी बनाइरहेको छ । भनिन्छ कि मानब सभ्यता शायद पहिलो पल्ट यस्तो एउटा नशाको सामना गरिरहेको छ जसको भौतिक प्रयोगले देख्दैन कि यसको असर कहाँ परिरहेको छ। डिजीटल सामग्रीको  सेवन जो न खान सकिन्छ न पिउन सकिन्छ न सुघ्न नै सकिन्छ तर पनि मानिसमा यसको लत बसिसकेको छ  । चीनको शंघाई मेण्टल हेल्थ सेण्टरको एउटा अध्यइन अनुसार इण्टरनेटको लतले मदिरा र कोकिनबाट हुने गरेको स्नाबयिक परिवर्तन ल्याउन सक्त । मोबाइल एम (एप्लिकेशन) बिश्लेषक कम्पनी फ्लरीका अनुसार ‘हामी मोबाइल लतको दिशामा बढिरहेका छौं’ ।  

  स्मार्ट फोनले हाम्रो जीवनलाई सहज बनाउँदछ, तर स्थिति त्यत्ति बेला खतरापूर्ण बन्न जान्छ जब मोबाइलका बिभिन्न एम्प्सहरुको प्रयोग यस स्तरसम्म बढ्न जान्छ कि हामीले पटक पटक आफ्नो मोबाइलको बिभिन्न एप्लिकेशनहरु खोल्न थाल्दछौं । कुनै बेला कामकै लागि र कुनै बेला त्यत्तिकै । फ्लरीको अनुन्धान अनुसार सामान्यरुपले मानिसले कुनै एएको प्रयोग गर्नका लागि उसले दिनमा अधिकतम दस पटक खोल्दछ । तर यो संख्या साठी भन्दा माथि पुग्न गयो भने त्यसबेला त्यो प्रयोग गर्ने मानिस मोबाइल एडिक्टको श्रेणीमा आउँदछ । सात   बर्ष जति पहिलाको अध्ययनलाई मात्रै हेर्दा पनि यसबाट झण्डै ७.९ करोड मानिस आक्रान्त बनेका थिए । त्यसपछि २०१४ मा यो तथ्यांक बढेर १७.९ करोड भएको दर्शाइएको थियो  जसमा धेरैजसो संख्या भने महिलाहरुको रहेको थियो । उनीहरुका लागि योसमय काट्न साधन पनि भएको पाइन्छ । ‘वी आर सोशल को डिजीटल सोशल एण्ड मोबाइल २०१५ को प्रतिबेदनका अनुसार भारतमा इण्टरनेट प्रयोगकर्ताहरुको तथ्यांकले धेरै कुरा बताउँदछ । यसका अनुसार एकजना भारतीय सरदर पाँच घण्टा चार मिनेट दैनिक कम्प्यूटर वा टेबलेटमा इण्टरनेटको प्रयोग गरिरहेको हुन्छ । इण्टरनेटमा एक घण्टा ६ मिनेट, सोशल मिडिमा २ घण्टा १३ मिनेका अतिरिक्त तिनको मोबाइल इण्टर नेटको उपयोग सरदर दैनिक अबधि दुइ घण्टा २४ मिनेटको हुन्छ । यसको परिणति हुन्ध बिभिन्न किसिमका नयाँ नयाँ मानसिक समस्याहरु जस्तो ‘फोमो’ अर्थात फियर अफ मिसिङ्ग आउट, सोशल मिडियामा एक्लो हुन जाने डर । त्यसरी नै ‘फेड’ फेसबुक एडिक्शन डिसअर्डर । यसमा एउटा मानिसले लगातार आफ्ना तस्वीरहरु पोष्ट गर्दछ र साथीहरुको पोष्टको प्रतिक्षा गरिरहन्छछ । अर्को एउटा रोगमा रोगीले पाँच घण्टाभन्दा बढी समय सेल्फी लिनमा नै नष्ट गर्दछ ।      त्यतिबेला भारतमा मात्र ९७७८ करोड मोबाइल र १४ करोड स्मार्ट फोन कनेक्शनहरु रहको बताइएको थियो जसमध्येमा २४६३ करोड इण्टरनेटमा सक्रिय छन् ११७८ करोड सोशल मिडियाको उपयोग गर्ने गर्दछन् । अर्को समस्या के पनि रहँदै आएको छ भने पहिला प्रबिधि आउने र त्यसको प्रयोगका मानक र बिधिहरु भने पछिबाट गढिने गरिन्छ । ‘भर्चुअल’ संसारमा हराइरहनेहरुका लागि सबै कुरा लाइक्स र कम्मेण्टबाट नै निर्धारित हुने गर्न थालेको । वास्तबिक जिन्दगीको ठोस समस्याबाट तिनीहरु भाग्न चाहन्छन् र यस चक्करमा उनीहरु इण्टरनेटमा बढी समय बिताउन थाल्दछन् जसमा च्याटिङ्ग र अन लाईन गेम खेल्नु पनि सामेल छ । अनि जब उनीहरुलाई इण्टरनेट प्राप्त हुदैन या मिल्दैन उनीहरुलाई बेचेनी हुन्छ र स्वभावमा आक्रामकता आउने गर्दछ । अनि ती ‘डिजीटल डिपेण्डेसी सिण्ड्रोम’(डी.डी.सीे) को फन्दामा पर्नजानछन् । यसबाट निस्कनका लागि एउटै तरीका के हो भने चीनबाट शिक्षा लिदै यस्ता ‘डिजिटल डिटक्स’ अर्थात् नशामुक्ति केन्द्रहरु खोलिनु पर्दछ र यस बिषयमा बढीभन्दाबढी जागरुपता फैलाउनु पर्दछ । ज्यादा प्रयोग गर्नाका कारणले डिजिटल डिभाइससँगको हाम्रो मानबीय नाताजस्तो बन्न गएको छ । तर यस्तो प्रबिधिसँग बढी निर्भरताले हामीलाई मानसिकरुपले पंगु बनाइदिन सक्तछ  । त्यसैल इण्टरनेटको उपयोग आवश्यक परेको बेलामा मात्रै गरिनु उचित हुन्छ । यसमा एडिक्ट हुने दिशबाट मुक्त हुन नकेमा यो एउटा जटिल समस्या बन्न जाछ भन्ने बिज्ञहरु औंल्याउँदछन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif