Wednesday, 25 November, 2020    |    २०७७ मंसीर १० गते , बुधवार

“सहकारीलाई छाडियो भने अर्थतन्त्र मूल सुकेको खोला जस्तो हुन्छ”


२०७७ आश्विन १९ गते , सोमवार प्रकाशित

मुलुकमा बलियो अर्थतन्त्र निर्माणका लागि सहकारी आधारस्तम्भ भएको पाँच तारा साकोसका अध्यक्ष भोला नाथ पाठकको धारणा छ । सहकारी बिना मुलुकको अर्थतन्त्र मुहान सुकेको खोला जस्तै हुने भएकाले सहकारीको प्रवद्र्धनमा सबैको भूमिका आवश्यक रहेको उनी जनाउँछन् ।  विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाले सहकारीको महत्वलाई थप उजागर गरेको पाठक बताउँछन् । कोरोना मात्र नभई कुनै पनि महामारीमा प्रत्यक्ष रुपमा सदस्यसँग सहभागि हुने संस्था भनेको सहकारी भएको उनको बुझाई छ । 

“सहकारीको व्याजदर साधारणसभाले दिएको म्याण्डेट अनुसार निर्धारण हुन्छ”, उनले भने, “सहकारी त्यस्तो संस्था हो, सदस्यले जे भन्छन्, त्यहि हुन्छ, अहिले ब्याजदर परिमार्जन गर्ने कुरा समय सान्दर्भिक भएन ।” सहकारीको प्रवद्र्धन गर्दा मात्रै निजी क्षेत्र फस्टाउने हुँदा निजी क्षेत्रले सहकारीलाई प्रतिस्पर्धीको रुपमा नभई पूरकको रुपमा हेर्नुपर्ने उनको धारणा छ । सहकारीहरुलाई उद्यमशील क्षेत्रमा लगाउने हो भने एक संस्था एक उद्यमको अवधारणा राज्यले ल्याउनुपर्ने सुझाव उनको छ । पाँच तारा साकोसको समग्र अवस्था, साधारणसभाको विधि र तयारी एवं सहकारी क्षेत्रका विविध पक्षमा अध्यक्ष पाठकसँग नेपालपत्रन्यूजले गरेको कुराकानी: 
 

विषम परिस्थितिकाबीच पाँचतारा साकोसले १३औं साधारणसभाको तयारी बढाएको छ । यस्तो अवस्थामा सभालाई कसरी सम्पन्न गर्दै हुनुहुन्छ ?

कोभिड १९ ले संसार आक्रान्त पारेका बेला सहकारी संस्थाहरुको वार्षिक साधारण सभा कसरी गर्ने भन्ने थियो । हामीहरु शुरु देखि नै यो विषयमा छलफलमा जुटेका थियौं र सञ्चालक समिति, उपसमितिबीच चिन्तन मनन गर्दै आएका थियौं । जति छलफल गरे पनि भौतिक दुरी कायम गरेर जाने कुरा नै मुख्य रह्यो । सरकारको निर्देशनहरु पनि पालना गर्नै प¥यो । निर्देशनहरु पालना गर्दै गर्दा कुन विधि र प्रविधिबाट सम्पन्न गर्न सकिएला भनेर हामीले सोचिराखेका थियौं । त्यसैबीच सहकारी विभागले पनि साधारणससभा सञ्चालनसम्बन्धी मार्गनिर्देश जारी ग¥यो । सोही अनुसार हामी अगाडि बढेका छौं । अहिले अग्रिम सूचना गरेर प्रत्येक सदस्यलाई प्रतिवेदन उपलब्ध गराउने, उपस्थितिको अभिलेख राख्ने र २१ दिनभित्र प्रतिवेदनमाथि सल्लाह, सुझाव र प्रतिक्रिया भए उपलब्ध गराउन हामीले भनेका छौं । सदस्यहरुलाई सो विषयमा वेबसाइट, फेसबुक र सूचनापाटीमार्फत जानकारी दिनुका साथै राष्ट्रिय दैनिक पत्रिकामा पनि साधारणसभाको बारेमा जानकारी गराएका छौं । सदस्यहरु कार्यालय आउने, हस्ताक्षर गर्ने र प्रतिवेदन लिएर जाने क्रम जारी छ । 

आगामी शनिवार संस्थाको सभाहलमा सञ्चालक समिति, उपसमिति र कर्मचारीहरु उपस्थिति गराउने साथै टिभी टुडे बाट प्रत्यक्ष प्रशारणको लागि तयारी गरेका छौं । प्रमुख अतिथि एवं सदस्यहरुको सल्लाह सुझावलाई समेटेर प्रतिवेदनलाई अन्तिम रुप दिने हाम्रो लक्ष्य रहेको छ । सोही अनुसार साधारण सभा सम्पन्न गर्छौं । 

सदस्यहरुले आफ्नो सल्लाह सुझाव कसरी दिन सक्छन् । यसको प्रक्रिया के छ ? 

महत्वपूर्ण कुरा यहि हो । सदस्यहरुले वेबसाइटमार्फत पनि प्रतिक्रिया दिन सकिन्छ भने प्रतिवेदनमा पनि प्रतिक्रियाको लागि एक पेव खाली राखिदिएका छौं । सबैको प्रतिक्रिया आउँछ भन्ने पनि छैन । जसलाई प्रतिवेदन माथि प्रतिक्रिया दिन मन लागेको छ उसले भाइबर, मेल, वेबसाइट र कार्यालयमा नै उपस्थिति भएर सुझाव दिन सक्ने व्यवस्था हामीले मिलाएका छौं । 
सहकारी ऐनले ५१ प्रतिशत उपस्थिति पु¥याउनु पर्ने व्यवस्था गरेको छ नि ?

यसका लागि प्रत्येक सदस्यलाई प्रतिवेदन पु¥याउने र साधारणको बारेमा जानकारी जानकारी गराउने कुरामा संस्थाले सक्रियता देखाउनु पर्ला नि ? 

हामीले प्रतिवेदन अध्ययनका लागि प्रशस्त समय दिएका छौं । कार्यालयमा आउन नसक्ने सदस्यहरुलाई कर्मचारी मार्फत घरघरमा नै प्रतिवेदन पु¥याउने र हस्ताक्षर गराउने काम गरिराखेका छौं । असुरक्षाको महशुस गर्नेहरुले घरमा नै प्रतिवेदन पाउनुहुन्छ र अध्ययन गरेर सुझाव दिन सक्नुहुन्छ । 

कोभिड १९ पछिको पहिलो साधारणसभा गर्दै हुुनुहुन्छ । साधारणसभाको मुख्य एजेण्डा के के छन् ?

साधारणसभाको मुख्य एजेण्डाहरुमा कोभिड १९ को कार्यविधि, विगतका कार्यविधिको परिमार्जन र महामारीका कारण विनियमहरुमा संशोधन, लगायत रहेका छन् । यी सबै कुरालाई हामी विशेष रुपमा छलफल गर्छौं र संस्था सञ्चालनको कार्यविधिमा पनि हाम्रो छलफल हुन्छ । सञ्चालकको वार्षिक प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, लेखासमितिको प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन प्रस्तुत गर्ने कुरा हाम्रो नियमित कार्यविधि नै हो । सदस्यसँग भौतिक रुपमा साक्षात्कार हुन पाएको भए कोरोना लगायत भविष्यमा आउन सक्ने विपत्तिका बारेमा पनि हामी छलफल गर्ने तयारीमा थिर्यौं । हामीले यस्तै विपत्तिलाई अनुमान गरेर भुकम्पपछि प्राकृतिक विपत्ति कोष खडा गरेका थियौं । त्यसै विपत्ति कोषबाट २३÷२४ जनालाई महामारीको बेलामा सहयोग गर्न सक्यौं । यी विषयमा विस्तृत छलफल गर्ने र सदस्यहरुको फिडब्याकलाई नै आधार मानेर अगाडिको कार्यविधि तयार गर्छौं । 

कोभिड १९ को बीचमा संस्थाको समग्र कारोबार कस्तो रह्यो ? 

कोभिड १९ शुरु भएदेखि हामी त्यति आक्रान्त हुनु परेन । हामीले शुरुबाटै संस्था राम्रोसँग सञ्चालनको प्रयास गरेका थियौं । सदस्यहरुलाई पनि कन्भिन्स ग¥यौं । सबै सेवासुविधा सदस्यहरुलाई उपलब्ध गरायौं । सदस्यको मन जित्यौं र संस्थालाई विषम परिस्थितिमा राम्रोसँग सञ्चालन गर्न सक्यौं । हामीले गत वर्ष जुनजुन कार्य सम्पन्न गर्छौं भनेर योजना बनाएका थियौं तीमध्ये केहि कुरामा हामी लक्ष्यमा पुग्न सकेनौं । यद्यपि संस्थाले महामारीको बीचमा पनि तरलता अभाव भने भोग्नु परेन । हामीसँग पर्याप्त तरलता भयो । ७ करोडको हाराहारीमा लगानी वृद्धि भयो । १४३ जना सदस्य थपिए  । कोरोना नभएको भए अझ राम्रो हुन्थ्यो तर पनि जति खराब स्थिति हुन्छ भनेर हामीले सोचेका थियौं त्यति खराब स्थितिमा संस्था गएन । हामीले आफ्ना सदस्यहरुसँग महामारी शुरु भएसँगै छलफल अगाडि बढायौं, केहि उठ्न बाँकी ऋणलाई व्यवस्थापन ग¥यौ, धितो प्रवाहमा समस्या भएको ऋणहरुलाई पनि समयमा व्यवस्थापन ग¥यौं । यी कुराहरुले गर्दा परिस्थिति असहज भएपनि संस्था सञ्चालनमा सहज भयो ।

सहकारी विभागले साउनसम्मको व्याजलाई आम्दानीमा गणना गर्न पाउने व्यवस्था गरे पनि हामीले असारसम्मको ब्याजलाई मात्र आम्दानी मान्यौं । आगामी वर्ष पनि सदस्यलाई ऐनले तोकेको लाभांश दिनुुपर्छ भनेर साउनको आम्दानीलाई असार मसान्तमा गणना गरेनौं । हामीले गत आवको मध्यतिर उद्यम विकास खाता सञ्चालनमा ल्याएका थियौं । सहकारीहरुले बचतऋणको मात्र काम गरिरहेको, उद्यम विकासका कुरा नगरेको आरोप लागिरहेको छ । सहकारीलाई उत्पादनशील क्षेत्रमा लैजानुपर्छ भनेर राज्यले भन्ने गरे पनि उद्यम गर्न २५ वटा संस्था मिलेर विशिष्टिकृत संघमार्फत जानुपर्ने प्रावधान राखेको हुँदा सहकारीले चाहेर पनि उत्पादनशील क्षेत्रमा जान सक्ने अवस्था छैन । पाँचताराले कार्यविधि बनाएर उत्पादनशील क्षेत्रमा जानुपर्छ भनेर दैनिक रुपमा सदस्यबाट २०, ३०, ५० रुपैयाका दरले जम्मा गर्ने र ५ वर्षपछि सहकारी, पब्लिक र संस्थागत रुपमा लगानी गरेर उत्पादनको काम गर्ने योजना बनायौं । कोभिड १९ का कारण त्यो योजना केहि प्रभावित भएको छ । ५ सय सदस्य यसमा सहभागि गराउने लक्ष्य रहेकोमा २५० जना सदस्य मात्रै सहभागि गर्न सक्यौं । 

आगामी वर्ष हामी एटिएम सेवा शुरु गर्दैछौं । पैसा जतिखेर पनि आवश्यक पर्दो रहेछ । संस्थाहरु कुनै पनि महामारीको बेला बन्द गर्नुपर्दो रहेछ । यस्तो अवस्थामा सदस्यलाई पैसा चाहिन्छ । अप्ठ्यारो अवस्थामा पनि बैंकका ग्राहकले पैसा चलाउन पाएको र सहकारीका सदस्यले  पाएनन् भन्ने गुनासो आयो । तर पाँच ताराले भने बैंकले भन्दा बढि सुविधा दिइएको सदस्यहरुले नै भन्नुभयो । साधारण सभामा एटिएमका बारेमा छलफल गर्छौं र आगामी वर्ष एटिएम सेवा सञ्चालनमा ल्याउँछौं । हरेक बैंकबाट र भारतमा समेत पैसा निकाल्न मिल्ने गरी एससिटी कार्डको शुरुवात गर्छौं । 

हामीले विपन्न कर्जाको कन्सेप्ट पहिला देखि नै ल्याएका छौं । कम्तीमा ३ जना सदस्यलाई उक्त कर्जा दिन विगतका साधारणसभाहरुदेखि नै हामीले यो कुरा उठाउँदै आएका छौं । विभागले ब्याजदरको सिमा तोक्नु अगावै ११ प्रतिशत व्याजदरमा विपन्न कर्जा दिने घोषणा हामीले गरेका थियौं । हामीले साधारणसभा र वेबसाइटमार्फत सदस्यलाई जानकारी गराउँदा पनि उनीहरुले यसतर्फ चासो दिएनन् । कृषिमा १४ प्रतिशतमा नै कर्जा दिने भनेका छौं । काठमाण्डौमा कृषि कर्जाको उपादेयता के हुन्छ र ? कृषि कर्जा दिनुभन्दा पहिले मन्त्रालय र विभागले लगानीको बातावरण बनाइदिनुप¥यो । सदस्यलाई कृषिमा लाग्न जागरुक गराईदिनुप¥यो । संस्थाहरु जतिमा पनि लगानी गर्न तयार छन् । विभागले यति र उति प्रतिशतमा लगानी गर भनेर समय खर्चिनु आवश्यक छैन । राज्यले मानिसलाई व्यवसायिक बनाइदिनुप¥यो । मानिसमा कृषि कार्य गर्न प्राविधिक ज्ञान छैन । एउटा कागती रोपेर खाने ढंग हामी नेपालीमा छैन । इजरायल गएर सिकेर आउनुपर्ने अवस्था छ ।  बीउविजन समयमा उपलब्ध हुँदैन । काठमाण्डौमा कस्तो कृषि गर्न सकिन्छ, सहकारीहरुको लागि राज्यले बातावरण बनाएर १५–२० प्रतिशत लगानी कृषिमा गर्न सकिन्थ्यो । एउटा समयसीमा तोकेर त्यसभित्र व्याजदर यति प्रतिशतमा ल्याउने भन्दा यो राम्रो हुन्थ्यो । विभागले जबर्जस्ती निर्देशन दिने भन्दा पनि प्रवद्र्धनात्मक हिसाबले लैजान सकेको भए यो प्रभावकारी हुन्थ्यो । ब्याजदरमा विभागले जबर्जस्ती लाद्न खोज्यो भन्ने पनि हुँदैन थियो । पाँचताराले कृषिमा सस्तो कर्जा लगानी गर्ने योजना बनाएको भएपनि लगानी लागि सम्भावना नै छैन । घरजग्गा खरिद गर्ने कुरामा सस्तोमा ऋण प्रवाह गरेर विभागको उद्देश्य पूरा हुँदैन । कर्जा अनुसारको व्याजदरको कुरा गरेको भए राम्रो हुन्थ्यो । गाउँ र शहरको कर्जाको दर पनि फरक हुन सक्ने नियमावलीमा उल्लेख छ । सोही अनुसार लागु गरेको भए पनि हुन्थ्यो । हामी सस्तोमा पनि ऋण प्रवाह गर्ने हो । तर व्यवसायिक र अनुत्पादक क्षेत्रको कर्जामा त भिन्नता भइ नै हाल्छ । 

कोरोना महामारीले समाजमा सहकारीको महत्व बढाएको हो ?

पहिलो लकडाउनमा पेप्सीकोला क्षेत्रमा धेरै बैंक बन्द भए । तर सहकारीले घर–घरमा पुगेर सदस्यलाई पैसा दिए । सहकारी सदस्यको नजिक भए । त्यो मात्र होइन, हामीले सदस्यलाई सहयोग पनि ग¥यौं । त्यस्तो खालको सेवा बचतकर्तालाई बैंकले दिएनन् । हामीले सदस्यलाई त्यहि बचतबाट सहयोग पनि ग¥र्यौं । समस्या पर्दा हेर्छौं पनि, व्यवसाय गर्न ऋण पनि दिन्छौं । बिना धितो साना ऋणहरु प्रवाह ग¥यौं । सो कुरा बैंकबाट सम्भव हुँदैन । समस्या पर्दा ५ रुपैया पनि बैंकबाट ग्राहकले पाउँदैन । यसले गर्दा सहकारीको महत्व समाजमा धेरै नै बढेको छ । कोरोना मात्रै होइन कुनै पनि महामारीमा प्रत्यक्ष रुपमा सदस्यसँग सहभागि हुने संस्था भनेको सहकारी नै हो । भोलिका दिनमा पनि सदस्यलाई सहकारीले बाहेक यति धेरै सुविधा कुनै पनि निकायले दिन सक्दैन । 

समुदाय र सदस्यको सेवामा समर्पित रहेपनि राज्यबाट आउने ऐन नियममा विरोधाभास जस्तो देखिन्छ नि, 

यो कुरामा अभियानले पनि बुझाउन नसकेको हो । महामारीका बेला कर्जाको ब्याजदर, एक संस्था एक सदस्यको कुरामा अल्झिनु पर्ने बेला होइन । यी पनि महत्वपूर्ण कुरा हुन तर तत्कालिन रुपमा कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण, प्रवद्र्धन कोष, कर्जा सुरक्षण कोष जस्ता कुरालाई प्रयोगमा ल्याउन सकिएको छैन । सहकारीको व्याजदर साधारणसभाले दिएको म्याण्डेट अनुसार निर्धारण हुन्छ । सहकारी त्यस्तो संस्था हो, सदस्यले जे भन्छन्, त्यहि हुन्छ । अहिले ब्याजदर परिमार्जन गर्ने कुराका लागि समय उचित भएन । धेरै ब्याज दिनु पनि हुँदैन र लिनु पनि हुँदैन । शहरी क्षेत्रमा सहकारीले सदस्यहरुलाई धेरै सुविधा दिएका छन् । रेमिटान्स बाहेक नेपालीको आम्दानीको श्रोत नै छैन । त्यहि पैसालाई बचत गरेर र त्यसबाट आएको व्याज खाएर बस्ने वृद्धवृद्धा हुनुहुन्छ । त्यसलाई पनि प्रभाव पार्ला भन्ने कुरालाई ख्याल नगरिए जस्तो मलाई लाग्छ । लगानीको राम्रो क्षेत्र छैन । शेयर बजार डामाडोल छ । हाइड्रो कम्पनीहरुले लाभांश वितरण गर्न सकिराखेका छैनन् । कृषिको औद्योगिकरण भएको छैन । यस्तो अवस्थामा बचतबाट आम्दानी गरेर जिविकोपार्जन गर्ने पनि धेरै हुनुहुन्छ । बचतकै कारण लगानीको क्षेत्र बढेको पनि छ । बचत र लगानी दुवै एक अर्काका परिपुरक भएको हुनाले विभागले अलि समय पर्खेर ब्याजदर निर्धारण गरेको भए हुन्थ्यो । गत वर्ष १६ प्रतिशत ब्याजदर त निर्धारण भएकै थियो । अर्कोतर्फ समय तोकिदिएर यति वर्ष भित्र यो ब्याजदरमा लगानी गर्नुपर्छ भनेको भए उपयुक्त हुन्थ्यो । यसले सहकारीमा राम्रो प्रभाव पथ्र्यो । बैंकको व्याज हेरेर सहकारीमा व्याजदर तोक्ने होइन । सहकारीले ससानो रकम बचत गराएर बैंकमा निक्षेपको रुपमा पठाएका छन् । शहरका सहकारीलाई मात्रै हेरेर भएन । विकट गाउँघरमा रहेका पैसालाई बैंकसम्म पु¥याउने काम सहकारीले गरेका छन् । सबै ठाउँमा अहिले पनि बैंक पुगेका छैनन् । बचत परिचालन गरेर गाउँगाउँसम्म पु¥याउने त सहकारी नै हुन् । मुद्रास्फितिलाई समायोजन गर्ने काम सहकारीको बचत र लगानीबाटै भएको छ । 

कोरोनाले एकातिर सहकारीको महत्वलाई बढाएको छ भने अर्कोतर्फ बजारकेन्द्रित संस्थाहरुलाई समस्यामा पनि पारेको छ भनिन्छ नि ? 

हिजोका दिनमा पेशागत रुपमा शिक्षक, प्राध्यापक, अडिटर, कालिगढ, किसान जस्ता पेशाव्यवसायमा आवद्ध भएकाहरुले सहकारी खोलेका छन् । व्यवसायिक हिसाबले खुलेका सहकारीको आफ्नै खालको बाध्यता छ । सरकारले पैसा दिँदैन । न्यूरोडमा भएका सहकारीमा एउटाले आफूसँग भएको धेरै पैसा जम्मा गर्छ र अर्कोले ऋणको रुपमा लैजान्छ । व्यापारिक क्षेत्र भएकोले व्याजदर लिँदा दिँदा दुवै महँगो पर्छ । तर नियमभन्दा बाहिर गएर लगानी गर्नु संस्थाको हितमा हुँदैन भन्ने कुरा कोरोनाले सिकायो । सहकारीमा धितोमा नै ऋण प्रवाह गर्न पर्छ भन्ने कुरामा जोड दिन थालिएको छ । यसले क्रमशः सहकारीको मर्म मर्दै गएको आभाष दिन्छ । सहकारीले बिना धितो पनि लगानी गर्छ भन्ने बुझाइ जनमानसमा थियो । अहिले धितो बिना लगानी नै नगर, सुरक्षित ऋण लगानी गरिनस् भने कारवाही गर्छु भन्दै जाने हो भने सामान्य व्यक्तिले सहकारीबाट सेवा लिन सक्दैनन् । विपन्न वर्गलाई ऋण प्रवाह गर्ने कुरा विस्तारै हराउँदै जान्छ । आगामी दिनमा सहकारीलाई यसरी नै परिभाषित गर्दै गइयो र बैंक तथा वित्तीय संस्थासँग तुलना गर्दै गयौं भने अन्ततः सहकारीको मर्म मेटिन्छ । गरिब र विपन्नको लागि भन्दा पनि हुने खाने र मध्यम वर्गमा सहकारी जान्छ । यसले सहकारीकर्मीमा पनि नैराश्यता पैदा हुन्छ । विपन्नलाई ऋण दिँदा कारवाहीमा परिन्छ । लगानी गर्दा केहि ऋण डुब्न सक्छ । थाइल्याण्डमा  विपन्न वर्गलाई लगानी गरेको ऋण उठेन भने राज्यले त्यसको जिम्मा लिइदिन्छ । हामीकहाँ त विपन्नमा गरेको लगानीको जिम्मा राज्यले लिँदैन । सहकारीको नाफाबाट डुबन्ते ऋणको व्यवस्थापन गर्नुपरिराखेको छ । हामीले त यति ठूलो जिम्मेवारी लिएर राज्यलाई सहयोग नै गरिराखेका छौं । तर विपन्नलाई लगानी गर्दा सहकारीलाई टाउको बोझ हुने र धितोमा लगानी बढाएर सहकारीहरु झन् नाफामुखी हुने अवस्था आउन सक्छ । नाफा कम होस् भनेर अहिले व्याजदर घटाउने काम भइराखेको छ । तर त्यसको परिणाम उल्टो आइराखेको छ । 
अहिलेको परिस्थितिमा सहकारी ऐन नियम हेर्दा संस्था सञ्चालनमा गाह्रो अवस्था बनेको हो ? 

सहकारीमार्फत सदस्यले राम्रो सेवा पाएका छन् । सहकारीले गर्दा बोझिलो भयौं र डुब्ने अवस्थामा पुग्यौं भनेर कुनै सदस्यले भनेको छैन । तर राज्यका लागि सहकारी बोझिलो भएको जस्तो भान हुन्छ । सहकारी, सरकार र निजी क्षेत्र समायोजन गरेर जानु पर्ने अझ पनि टड्कारो आवश्यकता छ । त्यसका लागि एक पटक रि थिन्क गर्नुपर्छ भन्ने लाग्छ । 

कोभिडबाट थलिएको अर्थतन्त्रलाई माथि उठाउन सहकारीको भूमिका के रहन सक्छ ?

यसैको परिकल्पना स्वरुप पाँचताराले उद्यमशील खाता सञ्चालनमा ल्याएको हो । सहकारीमा ठूलो बचत संकलन भएको छ । समाजको प्रवुद्ध वर्ग सदस्य बनेका छन् । समुदायमा आधारित भएकाले समूहको आवश्यकता पहिचान हुन्छ । त्यसकारण समुदायको आवश्यकता सहकारीलाई भन्दा बढि अरुलाई थाहा हुँदैन । सहकारीलाई निजी क्षेत्रले प्रतिद्वन्दीको रुपमा सम्झन्छ । उद्योग सञ्चालनका लागि चाहिने कच्चा पदार्थ गाउँघरका सहकारीमार्फत उत्पादन भएको छ । ठूला दुग्ध फर्महरु सञ्चालन भइराखेका छन् । यो सबै सहकारीकै सहकार्यमा सम्भव भएको हो । ठूला उद्योगको लागि सहकारी आधार हो । सहकारीको प्रवद्र्धन गर्दा मात्रै निजी क्षेत्र फस्टाउँछ । ससाना पूँजी भएकाहरुको पनि आर्थिक अवस्थामा सुधार आउँछ । सहकारीलाई छाडियो भने मूल सुकेको खोला जस्तो हुन्छ । राज्यको आम्दानीको श्रोत सुक्छ र मुलुकको अर्थतन्त्रमा पनि प्रतिकुल असर पर्छ । 

सरकार, सहकारी र निजी क्षेत्रबीच सहकार्य गरेर मात्रै कोरोनाले थलिएको अर्थतन्त्र माथि उठाउन सकिन्छ । सहकारीमार्फत गाउँमा उत्पादन भएको वस्तुले होटल तथा रेष्टुराँको मागलाई धानेका् छ । सहकारी कै बेसमा शहरमा व्यापार, व्यवसाय चलेका छन् । यसतर्फ विचार पु¥याउन आवश्यक छ ।
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif