Wednesday, 25 November, 2020    |    २०७७ मंसीर १० गते , बुधवार

अमेरिका : ट्रम्प दम्पत्तिलाई कोरोना संक्रमण र चुनाबी आशंका


२०७७ आश्विन १८ गते , आईतवार प्रकाशित


—लोकनारायण सुबेदी यतिबेला अमेरिकाका प्रथम नागरिक राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसले आक्रमण गरेर त्यो देशको कोरोना भाइरस रोगको एक नम्बर रोगी बन्न पुगेका छन् । अमेरिकामा राष्ट्रपति पदको निमित्त निर्बाचन आउनु ठीक एक महिना अघि राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्प कोभिड–१० को आक्रमणमा परेका छन् र एकान्तबास(आइसोलेशन)मा बस्न पुगेका छन् । अमेरिकामा ठूलो बाद–बिबाद र कटुताका बीच हुन गइरहेको यो अहिलेको राष्ट्रपति निर्बानमा यो कोरोना भाइरस आक्रमण त्यहाँ सबैभन्दा ठूलो घटाना मानिदैछ । जसले गर्दा चुनाव परिणाम के हुने हो भन्ने अनिश्चितत अझ बढ्न गएको छ ।

    यस सम्वन्धमा भाइरस संक्रमणबाट आक्रान्त राष्ट्रपति ट्रम्पले एक ट्रवीट मार्फत आफु र उनकी पत्नी मेलानिया संक्रमित भएको सूचना अमेरिकी जनतालाई दिएका छन् ।त्यसको केही घण्टैमा त्यो ट्वीटको लाखा लाख रि–ट्वीट गरिएको र चारैतिरबाट ट्रम्प दम्पत्तीको स्वास्थ्य लाभका शुभकामनारु ओइरिन थालेका छन् । ट्रम्पले लेखकाछन्, ‘म र मेरी पत्नी दुबैले एकसाथ यस संक्रमणको सामना गर्नेछौं र बिजयी बन्नेछौं’ । त्यस ट्वीटमा एउटा मार्मिक सन्देश पनि थियो । अमेरिकी समाजको परम्पराबादी तप्कामा परिबारलाई बहुत महत्व दिने गरिन्छ । ट्रम्पले आफ्नो बिमारीको सामना गर्नका लागि परिबारको पबित्र धारणको उल्लेख गरेका छन्, जसको सकारात्मक असर पर्ने बिश्लेषण एकथरी अमेरिकीहरु गरिरहेका छन् । 

यद्यपि अहिलेसम्म यो ट्रम्प दम्पत्तिमाथिको भाइरस आक्रण सामान्य हो, मध्यम किसिमको हो या गम्भीर हो यकिन भएको छैन । यो संक्रमण सामान्य हो भने उनी केही दिनमै चुनावी मैदानमा दौडने छन् । यदि संक्रमण गम्भीर स्थितिको ठहरियोभ ने उनको चुनाव अभियान प्रभाबित हुन सक्तछ । भन्नका लागि त ट्रम्प रिपब्लिकन पार्टीका आधिकारिक उम्मेद्वार हुन् तर बास्तवमा ट्रम्पलाई त्यहाँ ‘वान म्यान आर्मी’ जस्तै मानिन्छन् । आफ्ना सबै सबलता र दुर्बलताकासाथ ट्रम्प जनतासँग सोझै प्रश्नोत्तर गर्दछन् । अमेरिकाका मूख्य धाराका सञ्चार माध्यमहरु शुरुदेखि नै उनका बिरुद्ध खडा भएका छन् । तर त्यसको सामना ट्रम्प आफ्नो ट्वीट एकाउण्ट मार्फत दृढताकासाथ गर्ने गर्दछन् । यसै माध्यमबाट आफु एकान्तबास बसेको बोलमा पनि उनी अमेरिकी जनतासँग सम्वाद गरिरहेका छन् । आफ्नो यस्तै नबीनतम् सन्दमा उनले आफुलाई कुशलक्षेमको शुभकामना दिने सबै मानिसहरुकाप्रति आभार ब्यक्त गरेका छन् । उनले आफु छिट्टै नै स्वस्थ भएर निस्कने बताएका छन् ।

    अमेरिकाको चुनावले अब अगाडि के कस्तो रुप लिने हो यो कुरा त निश्चित छैन । अहिले राष्ट्रपतिका उम्मेद्वार बीच दुइटा महत्वपूर्ण तर्क बितर्क हुनुपर्ने छ । १५ अक्टोबरका लागि निर्धारित छ । धेरै सम्भावना छ कि यो चुनाव अभियान स्थगित हुन सक्छ । ७४ बर्ष उमेरका ट्रम्प उनले भने जस्तै चाँडै एकान्तबास(आइसोलेशन)बाट निस्किए भने पनि यो प्रश्न त खाडा भइरहने छ कि उनी पहिला जस्तै स्वस्थ र ऊर्जाबान रहिरहने हुन या होइन । अरु कुनै पूँजीवादी लोकतान्त्रिक देशमा यस्तो घटनाक्रम भएको भए चुनाव आयोगले चुनावलाई टाल्नया परसार्न सक्तथे । तर अमेरिकामा यस्तो चुनाव सार्ने अधिकार केवल अमेरिकी काँग्रस(संसद)ंलाई मात्र छ । त्यसमा लागि पनि कानुन बनाउनु पर्ने बाध्यता छ । अहिले अमेरिकी संसदको तल्लो सदनमा बिपक्षी डेमोक्रेटि पार्टीको बहुमत छ । त्यसैले यो चुनाव टाल्ने या पर सार्ने सम्भावना नगण्य छ । बिपक्षी डेमोक्रेटिक पार्टीको पूर्ण बिश्वास छ कि त्यस पार्टीका उम्मेद्वार जो बाइडनले ट्रम्पलाई सजिलैसँग पराजित गर्दिने छन् । अहिलेसम्मको जनमत सर्बेक्षणले पनि बाइडेनकै पक्षमा सहज बढ्त देखाइरहेको छ । यस्तो स्थितिमा स्वभाबतः डेमोक्रेटिक पार्टीले चाहन्छ कि चुनाव यस्तै माहोलमा होस् ।


    उता ट्रम्पले भने आफुमाथि देशको भाइरस संक्रमणको महामारी र त्यसबाट निजात पाउने कुरालाई आफ्नो प्रचार प्रयासको प्रमुख मुद्दा र चर्चाको बिषय बनाइरहेका छन् । यस भन्दा अघि तर्क मिडन्तमा  बाइडनले ७० लाख मानिसहरु संक्रमित हुने र २ लाखभन्दा बढी मानिसको मृत्युलाई लिएर ट्रम्पको कोरोना नीतिमाथि गम्भीर प्रश्न उठाएका थिए । बास्तवमा महामारीको मुकाबिला गर्नमा ट्रम्पले  अनेकौं गल्तीहरु गरेका छन् र असमझदारीहरु देखाएका छन् । महामारी बिरुद्धको अभियानमा उनले बरिष्ठ चिकित्सा प्रमुख डा. एन्थोनी फाउचीको सेवाहरु हासिल गरे । तर पनि उनले मानिसहरुलाई आश्वस्त गर्न सकेनन् ।सबभन्दा पहिला त उनको के हठ थियो भने अमेरिका कुनै लकडाउनका निमित्त बनेको होइन । त्यसपछि उनले हाइड्रोक्लोरोक्विनालाई कोरोनाको रामबाण औषधी बताए, त्यसलाई लिएर उनमाथि जग हसाई चल्यो । त्यसले गर्दा उनी आफैलाई भाइरस संक्रमण हुँदा मतदाताहरुले सहानुभूतिको मत उनलाई दिऊन् ।

    अमेरिकाको यो चुनाव पछि त्यसको नतिजालाई लिएर पनि अमेरिकामा मात्रै होइन बिश्वका बिभिन्न देशहरुमा पनि बिभिन्न आशंकाहरु । नतिजालाई परस्पर बिरोधी उम्मेद्वारहरुले सहजरुपमा स्वीकार्ने हुन् कि होइनन्, सत्ता हस्तान्तरण सहज तरीकाले होला कि नहोला जस्ता कुरामा पनि सन्देहहरु गरिदैछ । यस्तो स्थितिको गम्भीरताको अनुमान यस कारण लगाइदै गरेको छ कि यतिबेला अमेरिकी सेनाको भूमिकाको पनि चर्चा हुन थोको छ । बास्तवमा यस्तो चर्चा अमेरिकामा पहिलो पटक हुन थालेको हो । अमेरिकामा  सेना सक्रियाताको स्थिति शायद न आउला भनेर बिश्लेषण गर्नेहरु पनि धेरै छन् । तर पनि के एउटा सम्भावनाका बारेमा कानुनी जनमत र अनुमान प्रबल देखिन्छ भने यस पाली चुनावी नतिजालाई लिएर  कानुनी लडाई भने निश्चितरुपमा हुने छ ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif