Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

कपिलवस्तु सुनचाँदी व्यवसायी संघका सचिव राघबेन्द्र वर्मा सम्पर्कबिहीन


२०७७ आश्विन १२ गते , सोमवार प्रकाशित


 
अजय पाठक 

   कपिलवस्तु । यस कपिलबस्तु जिल्ला सुनचाँदी व्यवसायी संघका सचिव राघबेन्द्र बर्मा सम्पर्कबिहीन भएका छन ।      सुनचाँदी व्यवसायी संघका सचीव राघबेन्द्र वर्मा (सन्दीप वर्मा) शनिबार साझ ६ः३०बजेको समयमा वाकिङको लागि घरबाट निस्किएका थिए ।      तर तीन दिन बित्नलाग्दा पनि हाल सम्म  उनी घर नफर्किएको कपिलवस्तु सुन चाँदी व्यावसायी संघले जनाएको छ । उनी कहाँ गए के भयो भन्ने विषयमा खोजतलास गर्नका लागि संघले रेडियो तथा दुरसंचार, अन्लाईन लगायतमा उक्त विषयमा समाचार प्रकाश प्रशारण गरि सहयोग गर्न अपिल गरेको छ ।      उनी अहिले जहाँ भए पनि सकुशल घर फर्किनको लागी संघका सम्पूर्ण सदस्यहरुले कामना गरेको उक्त संघका अध्यक्ष देवी प्रसाद वर्माले जानकारी दिएका छन् ।      त्यसैगरी संघका सल्लाहकार बनारसी वर्माको भदौ २२ गते आकस्मिक निधन भएकोप्रति पनि संघले शोक तथा संबेदना प्रकट गर्दै उनको परिवार सहानुभूति प्रदान गरेको छ ।
 
सौजन्य : शहबाज खाँन 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif