Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

प्रहरी निरीक्षकलाई प्रेस क्लब ऑफ कृष्णनगरद्वारा सम्मान सहित बिदाई


२०७७ आश्विन १० गते , शनिवार प्रकाशित


शहबाज खाँन 


कृष्णनगर कपिलवस्त ।यस जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेललाई प्रेस क्लब अ‘ाफ कृष्णनगरले सम्मान सहित आज बिदाई गरेको छ  । करीब १६ महीनादेखि इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको पदमा कार्यरत रही  क्षेत्रमा शान्ति सुरक्षासंगै कोरोना भाइरस (का‘भिड –१९) महामारीको  नियंत्रणमा देखाएको सक्रियता सराहनीय रहेको प्रेस क्लब अ‘ाफ कृष्णनगरका अध्यक्ष अंकुश कुमार श्रीवास्तव ले बताए ।  साथै  कपिलवस्तु जिल्लाको कृष्णनगर बसाई पश्चात ‘मुस्ताँग’ जिल्लालाई आफ्नो कर्मथलो बनाएका प्रहरी निरीक्षक पौडेललाई आफ्नो व्यक्तिगत तथा प्रेस क्लब अ‘ाफ कृष्णनगरको तपÞर्mबाट शुभकामना दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । बिदाई कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पौडेलले आफू यस कृष्णनगर क्षेत्रमा करीब १६ महिनादेखि यहाँका जनताहरूको सेवा गर्न पाएकोमा खुशी व्यक्त गर्दै र आफूलाई सम्मान सहित बिदाई गरेकोमा यस प्रेस क्लब अ‘ाफ  कृष्णनगर लाई विशेष धन्यबाद गरेका थिए ।

    ईलाका प्रहरी कार्यालय कृष्णनगर कार्यालय प्रमुखको रूपमा कार्यरत रहदा यही असोज ७ गते ३७ के. जी. लागु औषध चरेस सहित २ जनालाई पक्राउ गर्न सफल र आफ्नो मताहत क्षेत्रमा शान्ति, सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण, अवैध चोरी तस्करी नियन्त्रण र विश्वमा महामारी रुपमा फैलिएको (कोभिड –१९) रोकथाम तथा नियन्त्रण जस्ता प्रहरी काम कार्वाही निष्पक्ष, व्यवसायिक, ईमानदारी, अनुसासित र जिम्मेवारी पूर्णरूपले उच्च मनोबलकासाथ कार्य सम्पादन गरेको  उच्च मूल्यांकन साथ जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तु ले प्रशंसा पत्र सहित नगद पुरस्कार समेत प्रदान गरेको थियो ।  उक्त बिदाई कार्यक्रममा प्रेस क्लब अ‘ाफ कृष्णनगरका प्रतिमा विश्वकर्मा, प्रिंस मिश्र, रमा शंकर तिवारी, कमलेश चन्द्र गुप्ता, अजय मिश्र लगायतको उपस्थित रहेको थियो ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif