Tuesday, 24 November, 2020    |    २०७७ मंसीर ९ गते , मंगलवार

११ बाम दलको बैठकबाट अन्तरक्रिया र सशक्त आन्दोलनको तयारी गर्ने निर्णय


२०७७ आश्विन ९ गते , शुक्रवार प्रकाशित

 राष्ट्रियता, जनतन्त्र र जनजीबिकाका सम्वन्धमा लामो सयदेखि कोभिड–१९ महामारी बीच र त्यसभन्दा पहिला पनि देश र जनताको हित बिपारीत सरकारका कृयाकलापका बिरुद्ध सशक्त आवाज उठाउदै  र आन्दोलन गर्दै आएको ११ दलको सम्पन्न संयुक्त बैठकले थप आन्दोलनको तयारी गर्ने  महत्वपूर्ण निर्णय  लिएको छ । यसका लागि अरु बिचार मिल्ने बाम घटकहरुलाई पनि समावेश गर्दै जाने समेत निर्णय लिएको  छ ।  ११ दलको तर्फबाट सीपी गजुरेलले जारी गरको् प्रेस बिज्ञप्तिको पूर्ण पाठ यस प्रकार छ :

उपस्थिति   





  निर्णयहरु  


१. कोभिड– १९को सम्वन्धमा

 -यहि विद्यमान संविधानको समेत धज्जी उडाउँदै यो विश्वव्यापी महामारीको उपचारबाट पन्छिने र विरामीले आफ्नो उपचारको जिम्मेवारी आफैंले लिन’पर्ने जःता सरकारले गरेको गैर जिम्मेवारीपूर्ण र आततायी निर्णय अविलम्ब फिर्ता गरी निःशुल्क उपचारको व्यवस्था गर्न,  

-पी.सी.आर. परीक्षण अहिलेको भन्दा तीन गुणा बढाउन,  

-कोरोना भाइरसको आशंका देखाई अन्य विरामीको उपचार नगर्ने अस्पताल माथि कडा कारवाही गर्दै सबै किसिमका विरामीहरुको उपचार गर्न,  -कोभिड–१९ को खर्चको विवरण तरुन्त सार्वजनिक गर्न,     


-कारागारमा रहेका राजनीतिक तथा अन्य बन्दीहरुको कोरोना भाइरस लगायत सबै रोगको उपचारको अविलम्ब व्यवस्था गर्न,  


-उपचार सामग्री र औषधी खरिदमा भएको भ्रष्टाचारको छानविन गरी भ्रष्टाचारी माथि कारवाही गर्न सरकार सँग जोडदार माग गर्ने निर्णय गरिएको छ .  

-भोक्भोकै परेका विपन्न वर्गका जनता प्रति सरकारले कुनै जिम्मेवारी नलिइराखेको अवस्थामा खानपिन लगायत अन्य सहयोग गर्ने सबै स्वयम्सेवी संस्थाहरु र जनसेवी व्यक्तिहरुलाई बैठकले धन्यवाद ज्ञापन गरेको छ ।  


२ अन्य विषयहरु  

-दलितहरुमाथि भैरहेका हत्या, हिंसा र उत्पीडनमा संलग्नहरुमाथि कडा कारवाही गरी यसको अन्तकालागि ठोस कदम चाल्न,  

-सम्पूर्ण बेरोजगारलाई बेरोजगार भत्ता दिनुका साथै बेरोजगार ज्यालादारी मजदुर र विपन्न वर्गका जनतालाई कम्तिमा आगामी ६ महिनाको रासनको एकमुष्ठ व्यवस्था गर्न,  

-दीर्घकालिन रोजगारीको योजना बनाई त्यसलाई छिट्टै लागु गर्न,  

-धान बालीका लागि अविलम्ब रासायनिक मल उपलव्ध गराई, त्यसमा भएको ढिलाईका कारण उत्पादनमा आउन सक्ने १५ प्रतिशत ह्रासको क्षतिपूर्ति दिने व्यवस्था गर्न,  

-बाढी, पहिरो र डुबानमा परेका पीडितहरुको अविलम्ब बसोवास, खाद्यान्न, उपचार र क्षतिपूर्तिको व्यवस्था गरी उनीहरुलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न,  

-प्रहरीद्वारा हिरासतमा राखिएकाहरुमाथि बर्बर यातना दिइएका र मृत्यवरण गर्नपरेका घटनाहरु सार्वजनिक भएका छन्, दोषीहरुमाथि कडा कारवाही गर्न र यसलाई पूर्णरुपमा नियन्त्रण गर्न,  

-भ्रष्टाचारी, तस्कर, कमिशनखोरहरुमाथि कडा कारवाही गरी यसलाई तरुन्त नियन्त्रण गर्न,  आकासिएको महँगीलाई तुरुन्त नियन्त्रण गर्न,जोडदार माग गर्ने ठेगान भएको छ ।  


३. एम.सी.सीका सम्वन्धमा

विगतमा हामीले समेत एम.सी.सीलाई संसदबाट पारित हुनबाट रोक्ने काममा महत्वपूर्ण भूमिका खेलेका थियौं । सत्ताधारी नेकपा भित्र “एकता” कायम गर्ने सन्दर्भमा एम.सी.सी सम्वन्धमा जुन आन्तरिक सहमति कायम भएको छ, त्यसमाथि र अमेरिकी राजदूतले सार्वजनिक गरेको विषयमा समेत ध्यान दिँदा संसदको आगामी सत्रबाट यसलाई अनुमोदन गरिने खतरा बढेको छ । यसको संशोधन र परिमार्जन होइन खारेजीका लागि विविध प्रकारका संघर्षका कार्यक्रमलाई अघि बढाउने तयारीमा सकृयताका साथ लाग्ने निर्णय भएको छ ।


४. लिम्पियाधुरा–कालापानी–लिपुलेक सहितको नक्शा जारि गराउन सक्नु हामी सबैको सफलता हो । परन्तु यो भूभागलाई हासिल गर्न र कालापानीबाट भारतीय सेना फिर्ता गराउन ओली सरकारले कुनै भूमिका नखेल्न’, उक्त विवादित क्षेत्रमा भारत सरकारले बस्ती बसाल्दा सन्चो मानेर बस्नु र शिक्षा मन्त्रालयबाट यो नक्शा सहित नेपालको विवरण छापिएको पुस्तकलाई प्रतिवन्ध लगाउनुले ओली सरकारले यस विषयमा भारत सरकार सँग आत्मसमर्पर्ण  गरिसकेको देखिन्छ । अतः हाम्रो गुमेको भूभाग हासिल गर्न विविध प्रकारका संघर्षका कार्यक्रमलाई अघि बढाउने तयारीमा लाग्ने निर्णय भएको छ । त्यो संघर्षलाई साथ दिनका लागि सम्पूर्ण जनसमुदायलाई हार्दिक अपील गर्दछौँ ।

  राष्ट्रियता, जनतन्त्र, जनजीविका आदि जनसरोकारका विषयहरुमा सरकार गम्भीर नभई उदासीन र गैरजिम्मेवार देखिएको छ । सरकारको उक्त रवैयाको हामीले विरोध गर्दछौँ । उपर्युक्त विषयमा सरकारको त्यसप्रकारको रबैया कायम भइरहेमा भविष्यमा संघर्षका उच्च कार्यक्रम अगाडि बढाउनुपर्ने आवश्यकतामाथि हामीले जोड दिन्छौँ ।

५ .अहिलेसम्म ११ दलको कार्यगत एकता कायम रहँदै आएकोमा अबदेखि वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी(बोल्शेभिक) र राष्ट्रवादी केन्द्र, नेपाल समेत थप भई १४ दलको कार्यगत एकता निर्माण गरिएको छ । आगामी दिनमा यस कार्यगत एकतामा अन्य संगठनलाई पनि सामेल गराउने प्रयत्न जारी रहने छ ।
६. देशका जल्दा बल्दा समस्यालाई केन्द्रीत गरी आपसी सल्लाहबाट एउटा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको छ ।

  हार्दिक अभिवादन सहित !

  ११ दलीय कार्यगत एकताका तर्फबाट

.....................
.सी.पी. गजुरेल  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif