Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

सार्बजनकि सेवा र ब्यबसाय पुनः एकमहिना बन्द गर्न सिफारिस


२०७७ आश्विन ८ गते , विहीवार प्रकाशित



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो फेरि सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको छ ।


हिजो बिहान बसेको स्वास्थ्य मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमका बैठकले कोरोना संक्रमण दर तीव्र गतिमा बढेको निचोडसहित फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरे प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले बताएका हुन्।


‘कोरोना संक्रमण दर तीव्र सबै सेवा र व्यवसाय एक महिना नखोल्ने गरी मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सिफारिस गरेको छ’, गौतमले भने, ‘अवस्था जटिल बन्दै गएकाले यस्तो सिफारिस गरिएको हो।’उनले स्पष्टीकरण दिएका छन ।

गौतमका अनुसार यदि सक्रिय संक्रमितको संख्या २५ हजार पुगेको खण्डमा लकडाउन गर्नुपर्ने सिफारिस मन्त्रालयले सरकारलाई गरेको छ।


‘अहिले १७ हजार सक्रिय संक्रमित छन्। कुनै दिन २५ हजार सक्रिय संक्रमित भएमा फेरि बन्दा बन्दी गर्ने गरी सिफारिस भएको छ’ ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif