Wednesday, 25 November, 2020    |    २०७७ मंसीर १० गते , बुधवार

३७ केजी चरेस सहित दुई जना महिला इलाका प्रहरी कार्यालय कृष्णनगरको नियन्त्रणमा


२०७७ आश्विन ७ गते , बुधवार प्रकाशित



अजय मिश्रा 


कपिलवस्तु प्रहरीले ३७ केजी चरेस सहित कपिलवस्तुको कृष्णनगरमा दुई जना महिलालाई नियन्त्रणमा लिएको छ ।


बुधबार दिउसो कृष्णनगर नगरपालिकाको वडा २ स्थित कृष्णनगर बस पार्क  नजिक स्तिथ शान्ति पुनर्स्थापना गृहको चेक पोस्ट अगाडी   शंकास्पद रुपमा भारत तर्फ जादै गरेका अवस्थामा सो परिमाणको चरेस सहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।



प्रहरीको टोलीले शंका लागी निगरानी गर्दैगर्दा कृष्णनगरको भारतीय सीमा क्षेत्रमा पुग्न थालेका मकवानपुर जिल्ला मनोहरी गाँउपालिका ९ कि ४० बर्षीय शान्ति तामाङ्ग र साबिक जिल्ला दाङ त्रि. न. न. पा. ७ घर भई हाल कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ९ बनियाभार बस्ने ३५ बर्षीय बसन्ती घर्तीलाई प्रहरीले चरेस सहित नियन्त्रणमा लिएको हो ।



नियन्त्रणमा लिएका महिलाले भारत तर्फ लैजादै गरेको हातले गुडाउने लगेज र ग्यास सिलिण्डरमा चेकजाँच गर्दा तल पिधमा प्वाल पारी लुकाएको सो परिमाणको चरेस बरामद भएको हो । चरेस सहित नियन्त्रणमा लिईएका महिलालाई ईलाका प्रहरी कार्यालय कृष्णनगरमा राखी अन्य थप अनुसन्धान अघि बढाईएको र लागु औषध नियन्त्रण ऐन (२०३३) अन्तर्गत मुद्दा चलाईने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रताप पौडेलले बताएका छन् ।

सौजन्य  : शहबाज खाँन
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif