Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

पर्यटकीय गतिविधी थप खुला गर्न पर्यटन क्षेत्रमा राहतको प्रभावकारी कार्यान्वयन हुनु पर्ने


२०७७ आश्विन ४ गते , आईतवार प्रकाशित

 
संँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले कोभिड –महामारी रोक्न चालिएका कदम तथा यात्रा प्रतिबन्धहरुले नेपालको पर्यटन   क्षेत्रमा ६ अर्बभन्दा बढिको घाटा व्यहोर्न परेकाले यसको पुनर्उत्थान चूनौतिपूर्ण रहेको उनलेबताएका छन् । नेपाल उद्योग परिसंघले आज आईतबार आयोजना गरेको पर्यटन क्षेत्रलाई सुचारु गर्ने सम्बन्धी भर्चुअल अन्तरक्रियामा मन्त्री भट्टराईले कार्यक्रममा सावधानीपूर्वक पर्यटकीय गतिविधी खुल्ला गर्न सबैपक्षको सहकार्य आवश्यक भएको बताए  ।.

मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय उडान नियमित गर्दै लैजाने र बोर्डिङ्ग पास लिएको ७२ घण्टा भित्रकोपी.सि.आर. टेःट नेगेटिभ लिएर आउदा पर्यटकलाई नेपाल आउन रोक नभएको पनि प्रष्ट पारे ।.


अब पर्यटन सेवा सुचारु हुँदा अनअराइभल भिसा दिने कुरामा सकारात्मक रहेको पनि मन्त्री भट्टराईलेउल्लेख गरे . । उनले पर्यटन क्षेत्रको पुनस्र्थापनाका प्याकेज कार्यान्वायनमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकमा मन्त्रालयको तर्फबाट निरन्तर फलोअप गरिरहेको पनि जानकारी दिए ।.

भर्चुअल अन्तरक्रिया कार्यक्रममा परिसंघका अध्यक्ष सतिश कुमार मोरले कोभिडसँग डराएरभन्दापनि सावधानी अपनाएर अघि बढ्नु पर्ने अवस्था आएकाले पर्यटन व्यवसाय तथा नागरिक उड्डयन सेवा सुचारु गर्नुको विकल्प नभएको बताए । . यसका लागि भएको सरकारीनिर्णयको पनि अध्यक्ष मोरले स्वागत गरे ।  . 


पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग तथा सेवा सुचारुगर्दा निजी क्षेत्रसँगको छलफल तथा समन्वयमा जारी गरिने स्वास्थ्य प्रोटोकलको पालना गराउन परिसंघ प्रतिबद्ध रहेको पनि अध्यक्ष मोरले उल्लेख गरे । 

पर्यटन पुनर्उत्थानका कामहरु सुस्त भएको डिमाण्ड शुल्क मिनाहा गर्ने लगायत बजेट तथा मौद्रिकनीतिमा आएका राहतकोकार्यान्वयनमा ढिलाइ भइरहेको तफ पर्नि  अध्यक्ष मोरले ध्यानाकर्षण गराएका थिए ।राहत कार्यान्वयनमा ढिलाइ हुँदा भइरहेको क्षतिको जिम्वेवारी लिन पनि सरकार तयारहुनु पर्नेमा अध्यक्ष मोरले जोड दिए ।.

परिसंघका राष्ट्रिय परिषद्सदःय सुधिर मित्तलले पर्यटन क्षेत्रका विज्ञ तथा संघसंस्थाका अध्यक्षहरुलेअन्तर्राष्ट्रिय तथा आन्तरिक उडान नियमित गरिनु  पर्ने र उडानहरुलाई अकस्मात रद्ध गर्ने निर्णय लिन नहुने औंल्याए ।

. हवाइ इन्धनको शुल्क कम गरेर तथा पर्यटकीयपूर्वाधारको सूधार गरेर उड्डयन सेवालाई राहत दिन पनि मित्तलले आग्रह गरे । 
. होटल एसोसिएसनका पूर्वअध्यक्ष परिषद्का संयोजक योगेन्द्र शाक्यले सुरक्षित पर्यटनकालागि सबैपक्षमा बिश्वास दिलाउन सहकार्य गरिनु पर्ने कुरामा जोड दिए ।  .

ट्रेकिङ्ग एजेन्सिज एसोसिएसनका अध्यक्ष खुमबहादुर सुवेदीले अनलाइन तथा अनअराइभल भिसाप्रदान गरिनु पर्ने तथा पर्यटकसँग नेपाल भित्रिसकेपछि पिसिआर टेष्ट अनिर्वाय गर्ने सो अवधिकालागि क्वारेन्टाइनको समय तीन दिनमा सीमित गर्ने तथा पिसिआर रिपोर्ट नेगेटिभ भएमा जुनसुकै गन्तव्यमा जान पाउनु पर्ने बताए ।.

सैगरी पर्वतारोहण संघका अध्यक्ष शान्तविर लामाले यात्रा बीमा अनिवार्य गर्ने तथा नेपाल सरकारलेजारी गर्ने प्रोटोकलमा होटल, ट्राभल एजेन्सी, ट्रेकिंङ्ग एजेन्सी, यातायात कम्पनी र सबै कर्मचारीहरूलेपालना गराउन प्रतिवद्धता पनि व्यक्त गरे । .

परिसंघको पर्यटन समितिका संयोजक पम्फा धमलाले कुनै पर्यटक, यात्रु वा पर्यटन क्षेत्रका सम्बद्ध कर्मचारीलाई कोभिड संक्रमण भेटिएमाउपचार र कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने तर यसकै आधारमा उडान रद्द गर्ने वा होटल सिल गर्ने अवस्थामाजानु हुँदैन भन्नेमा जोड दिइन् । .

होटल मेरियटका प्रवन्ध निर्देशक गौरव अग्रवालले ठूलाहोटलहरुका लागि पूनर्कर्जाको रकम बढाउनु पर्नेमा ध्यानाकर्षण गराए । .

वेबिनारको समापन गर्दै परिसंघका उपाध्यक्ष अनुज अग्रवालले पर्यटन क्षेत्रले पर्यटन उद्योग मात्रनभई समग्र अर्थतन्त्रमा प्रभाव पार्ने परिसंघको मान्यता रहेकोले छलफल आयोजना गरेको अथ्र्याए । 

 पर्यटन क्षेत्रलाई सुचारु गर्न र पुनर्उत्थान गर्न सरकारले दिने राहत समयमै प्राप्त नभएमाअर्थतन्त्र र पर्यटन उद्योग थप समस्यामा जाने पनि उपाध्यक्ष अग्रवालले औंल्याए ।. 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif