Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

गणेशमानजीलाई आज स्मरण गर्दा !


२०७७ आश्विन २ गते , शुक्रवार प्रकाशित

 गणेशमान सिंहको आज २३औं स्मृति दिवस । उनी २०५४ सालमा दिबंगत ८४ बर्षको उमेर दिबंगत भएका थिए । राणा शासन र शाह शासनको बिरुद्ध आजीबन लडेका लौह पुरुष गणेशमा स्पष्ट बादी, हक्की स्वभावका र आफ्नो गल्ती सच्याउने प्रकृतिका मानिस थिए । उनले पञ्चायती ब्यवस्था बिरुद्ध संयुक्त जन आन्दोलन मात्रै तत्कालीन बिकल्प र निकास हो भन्ने कमरेड पुष्पलालको कार्यनीतिक कुरा स्वीकारेका थिए ।तर बीपी कोइरालाले त्यस नीतिलाई स्वीकार्न आलेटाले गर्ने बरु राजासँगै मिलेर राजनीति खेल्ने बाटो लिएकोमा गणेशमानजी बीपी हुँदै पनि असन्तुष्ट थिए । बिपीको निधन पछि गणेमान नेपाली कागेसका सर्बोच्च नेता भए । उनीन नै काग्रेसको सर्बोच्च नेता भएको  बेला २०४६ सालमा गणेशमानजीकै चाक्सी बारीमा नेपाली काग्रेस र सयुक्त बाममोर्चाको संयुक्त अह्वानमा सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्था बिरुद्ध संयुक्त जन आन्दोनलको उद्घोष भयो ।

  त्यो आन्दोलनले करीब ३० बर्षदेखि चल्दै आएको पञ्चायती ब्यवस्थालाई धुलधुसरित तुल्यायो । चाहेको भए गणेशमानजी निर्बिबादरुपमा तत्कालीन अन्तरिम सरकारको प्रधानमन्त्री भएर देश हाक्ने थिए । तर आफ्नो, उमेर र स्वास्थ्यको समेत कारणले सुझबुझ पुर्याएर कुनै पदलोलुपता नदेखाई उनले कृष्णप्रसाद भटराईलाई अन्तरिम प्रधानमन्त्रीका लागि अघि सारे । यो उनको त्याग नेपालको आजको बिकृत राजनीतिक सन्दर्भमा दुर्लभ र प्रेरणादीय त्याग थियो । 

  गणेमानजीको प्रसंग आउँदा उहाँका दुइटा कुरा म सधैं सम्झने गर्दछु । कमरेड पुष्पलालको निधन त ०३५ सालमै भइसकेको थियो । बीपीको पनि ०३९ सालमा निधन भयो । एक किसिमले राजनीतिक सतह सुनसान जस्तो भएको थियो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका केही सकृय यूवा कार्यकर्ताले काग्रेस कम्युनिष्ट सबै पञ्चायत इतर नेताहरुलाई एकठाउमा खडा गरेर बेल्न लगाउने बातावरण बनाए । पर्टीहरु प्रतिबन्धित नै थिए । खुल्ला राजनीतिक गतिबिधि गर्न पाइने कुरा थिएन । त्यसैले एउटा गैर राजनीतिक प्रकृतिको तर राष्ट्रिय समस्या – ‘नेपालको जल मार्ग समस्या र सम्भावना’ बिषयमा अन्तरक्रिया गर्ने तयारी गरे । कार्यक्रममा टंकप्रसाद आचार्य, डा. डिल्लीरमण रेग्मी, गणेशमान कृष्णप्रसाद भटराई गिरीजा प्रसाद कोइराला, तुलसीलाल अमात्य, मनमोहन अधिकारी, सहाना प्रधान लगायतका नेता तथा केही बुद्धिजीवीहरुलाई पनि आमन्त्रित गरिएको थियो । डिल्ली बजारको साँस्कृतिक संघको भवन खचाखच भरिएको थियो । धेरै नेताहरुले ‘जल मार्गको समस्या र सम्भावनालाई छोएर लच्छेदार राजनीतिक भाषण छाँटे । अन्तिम बक्ता गणेमानजी नै हुनुहुन्थ्यो । उहाँले भन्नु भयो — यत्तिका साथीहरुले बोलिसके मैले बोल्ने कुरा नै केही बाँकी रहेन । तर ‘तर जसम्म राजनीतिक मार्ग ठिक हुँदै, जल मार्ग, स्थल मार्ग, बायु मार्गको केही अर्थ हुदैन । उहाँले सबैको लच्छेदार भाषण ठूलो खण्डन मात्रै गर्नु भएन समस्यालाई चिरेर राखिदिनु भयो सभामा उपस्थित सबैलाई एउटा दिशाबोध जस्तै गराएर निरासिएको राजनीतिमा उत्साह र ऊर्जाको सञ्चाार गराइदिनु भयो । 

    त्यसको ९ बर्ष पछि २०४८ सालमा १३औ पुष्पलाल स्मृति दिवसमा उहाँलाई बिशेष बक्ताकोरुपमा नेकपाले निम्त्याएको थियो । उहाँले त्यहाँ पुष्पलालका बारेका के भन्नु भयो भने 'मैले त कम्युनिष्टहरु अन्तर्राष्टबादी हुन्छन् त्यसैले रुसले,चीनले ठूलो सहयोग गरेका होलान पुष्पलाल राम्रैसँग आरामदायी अबस्थामा होलान् भनेर सोच्दथे., तर उनी त एउटा अध्यारो कोठामा सानो टुकी बालेर बसेको मैले मेरै आँखाले देखें । टीठ पनि लाग्यो, तर पुष्पलाल कस्तै दुःखमा पनि न डगमगाउने दृढ निश्चयी ब्यक्तित्व थिए । उनको राजनीतिक यात्राले शहीद दाजु गंगालाल, जो मेरा साथी पनि थिए, को पूर्ण सम्मान गरेको थियो । म पुष्पलाललाई सम्मान गर्दछु, उनी साच्चैका बामपथी थिए कुनै देखावटी कुरा थिएन उनमा' !

    यस्ता छबिका गणेशमाजीलाई काग्रेस छोड्न पनि बाध्य बनाइयो । उनको पछिल्लो ८० बर्षको जन्मोत्सबमा उनलाई बधाई दिन हामी केही साथीहरु चाक्सीबारीमा गएका थियौ । त्यतिबेला उहाँलाई हामीले भन्यौ कि नेपाली काग्रेस तपाईको पनि खुनपसिनाको कमाई हो । तपाईले काग्रेस छोड्ने होइन, काग्रेस बिगार्नेलाई तपाईले छोडाउनु पर्दछ दाई, हामी त तपाईलाई त्यही शुभकामना दिन आएका हौं भन्दा उहाँले भन्नु भयो – 'तपाई बामपन्थी यूवाहरुको सदाशयले मलाई हौसला दिएको छ '। त्यतिबेला उहाँ निक्कै गम्भीर देखिनु हुन्थ्यो ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif