Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

अनियन्त्रित बजार ब्यवस्था र बढ्दो बिषमताको अबस्था


२०७७ आश्विन २ गते , शुक्रवार प्रकाशित


लोकनारायण सुबेदी

  बिश्वमा सर्बत्र कोरोना महामारीको ताण्डब मच्चिन थालेपछि पूँजीवादी बिश्व ब्यवस्थाका बारेमा पहिलाभन्दा गम्भीर प्रश्नहरु उठेका छन् र यसको बिकल्पको बारेमा बिमर्श पनि भिन्न किसमले चल्न थालेको छ । तर पहिलादेखि नै बिशाल बिषमताको जड रहेको र थोरै मानिसको हातमा अकूत सम्पत्ति थुप्रिने र अत्याधिक बहुमत मानिसहरुले निरन्तर गहिरिदो असमानता, अपहेलना र अबसाद भोग्नु पर्ने नियति झेल्दै आएको कुरा प्रष्टैछ । आज यो आलेखमा भने पूँजीवादी भूमण्डलीकरणमा उठिरहेको प्रश्नबारे चर्चा गर्न खोजिएको छ र यसको  बिकल्प बिना अबको संसार चल्ने नसक्ने निष्कर्श स्वयं पूजीवादी अध्येताहरुले नै निकालिरहेको चर्चा गरिएको छ ।

  डा. पाल क्रुगम्यानले आफ्नो नयाँ पुस्तक ‘दि फेलर अफ लेसिजफेयर क्यापिटालिज्म एण्ड डिज्योल्युशन अफ द वेस्ट’ प्रकाशमा ल्याएको धेरै समय भएको छैन । यो पुस्तक अग्रेजीमा छापिनुभन्दा पहिला जर्मनीमा यसको अनुबाद आएको थियो भने चीनीया लगायत अन्य भाषामा पनि यसलाई प्रकाशित गर्ने कुरा चलेको र गरिएको थियो । अहिले भने यहा डा. रबर्टस्का बारेमा केही कुरा गर्दैछौं । उनको शिक्षा भर्जिनिया बिश्वबिद्यालय, बर्कले स्थित क्यालिफोर्निया र अक्सफोर्ड बिश्वबिद्यालयमा भएको थियो । रेगन प्रशासनमा ट्रेजरी डिपार्टमेण्टमा ठूलो पदमा उनी आसीन भएका थिए । उनी प्रसिद्ध अमेरिकी पत्रिका ‘वालस्ट्रिट जर्नल’का सह–सम्पादक पनि रहेका थिए र उनका लेखहरु धेरै पत्रपत्रिकाहरुमा प्रकाशित हुदै आए । उनी स्टाफोर्ड बिश्वबिद्यालय र जर्ज टाउन बिश्वबिद्यालयसँग पनि सम्बन्धित रहेका हुन् । आज पनि उनका लेखहरु नियमितरुपमा प्रमुखतापूर्वक छापिने गर्दै आएका छन् । उनले के दाबी गरेका छन् भने ‘‘हामी यस्तो ठाउँमा खडा छौं जहाँ इतिहासले एउटा नयाँ मोड लिइरहेको छ र एउटा नयाँ बिश्वब्यवस्थातर्फ हामी गइरेका छौं ।’’ स्पष्ट छ कि आज अमेरिका तथा यूरोपेली संघका देशहरुमा अधिकाधिक मानिसहरु गरीबीमा डुब्दै गएका छन् । कल्याणकारी राज्यको अबसान भइरहेको छ । गरीबीमा डुबिरहेका ती मानिसहरुलाई भूमण्डलीकृत अर्थब्यस्थामा कुनै भबिष्य देखापरिरहेको छैन । बिभिन्न देशहरु बढ्दो ऋण भार र बेरोजगारीमा बृद्धिबाट संत्रस्त छन् र त्यहाँ राजनीतिक अब्यवस्थाप्रति नै असन्तुष्टी पैदा भइरहेको छ । बिभिन्न अर्थशास्त्रीहरु निहीत स्वार्थ भएका समूहहरु र संकुचित दृष्टिलेग्रस्त राजनेताहरुको गुलामी गरिरहेका छन् । भनिरहनै पर्दैन कि तिनले जनतान्त्रिक ब्यबस्थालाई आफ्नो स्वार्थ साधनको लागि उपयोग गरिरहेका छन् । निष्ठपूर्वक बैज्ञानिक खोज अनुसन्धानमा लागेका अर्थशास्त्रीहरु अत्यन्तै कम छन् । 

  डा. रबर्टस्का अनुसार पूँजीवादको त्यो जगमा राज्यको भूमिका न्यूनतम हुने गर्दछ, त्यहाँ तीन किसिमले समस्या आउने गर्दछ । पहिलो, जब हामी यो कुरा मानेर चल्दछौ कि बजारले आफ्नो ब्यवस्था स्वयम गर्दछ र राज्यको हस्तक्षेप अत्यन्तै कम हुुनु पर्दछ । त्यहाँ हामी के बिर्सन्छौं भने बजार एउटा सामाजिक संस्थान हो र त्यहाँ कार्यरत मानिसहरुले नै बजारलाई बिनियमित गर्ने आवश्यकता पर्दछ । स्पष्टरुपमा बजारलाई समाजबाट अलग्गै गरेर हेर्न सकिदैन, न त बजारलाई समाजमाथि हाबी मानेर नै हिड्न सकिन्छ । दोश्रो, बर्तमान भूमण्डलीकृत अर्थब्यवस्था अन्तरगत बिदेश ब्यापारलाई सर्बोपरी मान्न सकिदैन । यो भन्नु कि येनकेन प्रकारेण निर्यातलाई बढावा दिइनु पर्दछ र मात्रै देश बिशेषको कल्याण हुन सक्तछ यसको परिणामस्वरुप कल्याणकारी राज्यलाई धक्का लाग्दछ र समाजमा दरिद्रता बढ्दछ भन्ने कुरा पनि हामी बिर्सन्छौं । यद्यपि त्यो देश जतिसुकै बिकसित  नै किन नहोस् । तेश्रो, रबर्टस् बिभिन्न अर्थशास्त्रीहरुका यस अज्ञानताबाट चकित छन् कि प्राकृतिक पूँजीको स्थानमा मानब–निर्मित पूँजी राख्न सकिन्छ । रबर्टस्को के मान्यता रहेको पाइन्छ भने अमेरिकी बित्तीय बजारलाई अनियन्त्रित छोड्नाले नै बर्तमान भूमण्डलीय बित्तीय आर्थिक संकट आएको हो । फेडरल रिजर्भका त्यतिबेलाका अध्यक्ष एलन ग्रीसपेन, चिन्तक श्रीमती एनरेंडको शिष्य पनि रहेका हुन् जो हरेक प्रकारको सरकारी हस्तक्षेपको बिरुद्ध रहेकी थिइन् । उनका शिष्य ग्रीसपेनको के मान्यता छ भने बजारले आफ्नो नियन्त्रण स्वयं गर्दछ । त्यसैले सरकारले कुनै हस्तक्षेप गर्नु हुदैन । उनकै दबावको कारण अर्थब्यवस्थासँग जोडिएका कानुनहरु परिवर्तन गरिए । स्मरण रहोस् कि १९३० को दशकमा बैंकिङ्ग पूँजी र लगानी पूँजीलाई एक अर्काबाट   अलग गरियो । यससँग सम्वन्धि कानुनहरुलाई ‘ग्लास स्टिमल एक्ट’ संज्ञा दिइयो । तर क्लिण्टनको कार्यकालमा यस कानुनलाई निरस्त गरियो र बाणिज्य तथा लगानी बैंकिङ्ग पूँजीका बीचको अन्तरलाई समाप्त पारियो । जोखिमपूर्ण र सट्टेबाजीमा लिप्त लगानी पूँजीलाई अनियन्त्रित छाडियो । बिशेषज्ञहरुको सल्लाह र चेतावनीलाई नजरअन्दाज गरियो । रबर्टस्को मान्यता के रहेको छ भने बित्तीय बजारलाई जुवाको खालमा परिणत गरियो जहाँ रातारात धन जम्मा गर्न मानिसहरु आए र गए ।

  बित्तीय क्षेत्रलाई बिनिमय मुक्त गरिनाका कारणले केही मानिसहरुको हातमा  धेरै शक्ति केन्द्रित हुन पुग्यो । रबर्टस् के मान्दछन् भने अमेरिका र यूरोपमा आर्थिक र बित्तीय गडबडी र बेमलका कारण नै त्यहाँ ब्याप्त अब्यवस्था अन्यत्र पनि फैलियो । अन्य देशहरु बिशेषगरी बिकासशील देशहरुमा त्यहाँका सरकारहरुमाथि दबाव दिइयो कि तिनले अर्थब्यवस्थमा सरकारी हस्तक्षेपलाई समाप्त गरुन् । यस प्रकार पश्चिमी देशहरुबाट बित्तीय संकट त्यहाँ पनि पुग्यो ।जहाँसम्म स्वतन्त्र ब्यापारको प्रश्न छ हरेकले डेभिड रिकार्डोको स्वतन्त्र ब्यापारको सिद्धाको हवाला दिएर यो स्वतन्त्र ब्यापारलाई सही ठहराउने कोशिश गरिन्छ । भन्नै पर्दछ कि रिकार्डोको सिद्धान्त कतिपय मान्यताहरुबाट बाँधिएको छ । बर्तमान भूमण्डलीय अर्थब्यवस्थामा उनको सिद्धान्तको कुनै बैधता रहन गएको छैन । बिकसित देशहरुका कम्पनीहरु आफ्नो घरेलु बजारलाई ध्यानमा राखेर ती देशहरुका कारखाना लगाउन थालेका छन्, जहाँ मजदुरीको दर कम हुन्छ जसबाट उनीहरुलाई धेरै मुनाफा प्राप्त हुन सकोस् । यससँग रिकार्डोको सिद्धान्तको कुनै लिनुदिनु छैन । यहाँ मूख्य उदेश्य ती बिकासशील देशहरुमा कल कारखाना खडा गर्नुछ जहाँ मजदुरीको दर न्यूनतम होस् । पश्चिमा बिकसित देशहरु अपेक्षाकृत धेरै कम मानिसहरु सरकारलाई कर तिरिरहेका छन् । साथै सामाजिक सुरक्षामा पनि उनीहरुको योगदान घटेको छ ।अर्कोतिर, त्यहाँ बेरोजगारी बढेको छ जसबाट सामाजिक सुरक्षाका हकदारहरुको संख्यामा बृद्धि भएको छ । अनि स्वभाविक छ कि देश बाहिर लगानी गर्नाले आफ्नो आन्तरिक समाजमाथि बोझ बढ्छ । जमानाबाट भनिदै आएको छ कि अमेरिकी मध्यम बर्ग आफ्नो लगन, प्रतिभा र परिश्रमबाट माथि उठ्न सक्तछ । यूरोपेली देशहरु जस्तो वहाँ माथि उठ्नका लागि सामाजिक बिभाजन ब्यबधानकोरुपमा खडा हुदैन । यसलाई ‘अमेरिकी सपना’को नामले पुकारिने गरेको हो । तर आज स्थिति बद्लिएको छ ।‘झोपडीबाट महलतिर जाने बाटो बन्द’ भएको छ । धेरैभन्दा धेरै मानिसले मध्यम बर्गको हैसियत गुमाउदै गएका छन् ।त्यहाँबाट बस्तुहरुको उत्पादन यस्ता देशहरुमा हस्तान्तरित गरिएको छ जहाँ मजदुरीको दर धेरै नै कम छ । कसैले पनि पिट्सबर्गलाई हेर्न सक्तछ जहाँ पुराना कारखानहरुको खण्डहर मात्र पाइनेछ । यसरी बर्षौ पहिला जो आरामदायक मध्यम बर्गीय हैसियतमा थिए ती आज निम्न स्तरमा झरेका छन् । अमेरिका जस्तो उपभोक्ता सञ्चालित अर्थब्यवस्थामा उपभोक्ताहरुको आयमा गिरावटका कारण आर्थिक सम्बृद्धिको दर निरन्तर घट्दै गइरहेको छ । 

  एक्काइसौं शताब्दीको आरम्भदेखि नै वास्तविक आयमा कमीका कारण सम्बृद्धि दर निरन्तर घट्दैगइरहेको छ । ब्याजको दरमा कमी ल्याएर उपभोक्ताको माग बढाइदैछ । यद्यपि उनीहरुमाथि ऋणको बोझ बढ्दै नै गइरहेको छ । यही एउटा ठूलो कारण हो कि २००८देखि मन्दीको जुन कालखण्ड आरम्भ भयो त्यो अहिलेसम्म समाप्त भएको छैन । यस स्थितिमा रबर्टस्को के मान्यता रहेको छ भने अमेरिकी अर्थब्यवस्था धराशायी हुनुका साथसाथै मानिसले आफ्नो स्वतन्त्रता पनि गुमाउदै गएका छन् ।अमेरिकामा ‘मिलिटरी–औद्योगिक कम्प्लेक्स’ तथा ‘बित्तीय अल्पतन्त्र’को सत्तामा कब्जा भएको छ । यसको परिणामस्वरुप श्रोत(आय), सम्पदा र सत्तामा केही थोरै मुठ्ठीभर मानिस जो समाजको शीर्षमा बसेका छन तिनको कब्जा भएको छ । अमेरिकका अति धनबान मानिसहरुले नै त्यहाँका दुबै दलहरु ‘डेमोक्रेटिक र रिपब्लिकन’ सञ्चालन गरिरहेका छन् । तिनले नै ती दलहरुको नीति निर्धारण गर्दछन् । त्यहाँ  पूँजीवादको ठाउँमा अब धन कुवेरहरुको दबदबा बन्न गएको छ । अमेरिकी बित्तीय दैनिक पत्र ‘द वाल स्ट्रिट जर्नल’का पत्रकार रबर्ट फ्रेंकले २००७ मा ‘रिचिस्तान’ नामको एउटा पुस्तक नै लेखे । जसमा उनले के बताएका छन् भने अमेरिकामा नै एक नयाँ देशको उदय भएको छ जुन पूर्णरुपले ती करोडपतिहरुको निवास हो जसले ‘नया सुनौलो युग’को क्रममा जुन १९८० मा शुरु भएको थियो, आफ्नो अधिकांश सम्पत्ति बटुले । यस प्रकार भनिरहनु पर्दैन कि अमेरिका दुइ भागमा बिभाजित छ । एक भागमा थोरै अति धनाढ््य रहेका छन् भने शेष भागमा अरु सबै बाँकी । १९९१ मा सोभियत संघ धराशायी बनेको र तेज गतिमा इण्टरनेटको उदय पछि पश्चिमा संसारमा ठूलो परिवर्तन आएको छ । रबर्ट्सका अनुसार भारत र चीनले आफ्नो अर्थब्यवस्थाको ढोका खोलिदिए जसबाट पश्चिमा पूँजी र प्रौद्योगिकी त्यहाँ गयो अनि त्यहाँको सस्तो मजदुरी उपयोग ग¥यो । वाल स्ट्रिट तथा वाल मार्ट जस्ता खुद्रा बिक्रेताहरुले त्यहाँ आफ्नो आधार बनाए । ठूला बहुराष्ट्रिय निगमहरुले त्यहाँ उत्पादन गरे र त्यहाँ उत्पादित माल ल्याएर अमेरिका र अन्य यूरापेली देशहरुमा बेच्न थाले । 
  यसले गर्दा एकातिर जहाँ शेयर होल्डर र बहुराष्ट्रिय निगमहरुका उच्च पदस्थ अधिकारीहरुको चाँदी कटाई शुरु हुन गयो भने अर्कोतिर हजारौ अमेरिकी र यूरोपेली मजदूरहरु बेरोजगार हुन पुगे ।बिभिन्न सफ्टवेयर इञ्जिनीयरिङ्ग र सूचना प्रबिधिसँग जोडिएका कार्यहरु अन्यत्र पनि पठाउन थालियो । साथै कार्य अनुमति पत्र(वर्किङ्ग भिसा)मा सस्ता कामदारहरुलाई बाहिरबाट ल्याएर अमेरिका तथा पश्चिमी यूरोपका देशहरुमा काममा लगाउन थालियो ।  त्यहाँका मजदुरहरु भने सडकछाप हुन थाले ।यस प्रकार अमेरिकामा बेरोजगारी बढेको छ र धेरै मानिसहरुको आय घटेको छ । अहिले अमेरिकामा सफाइ मजदुर, हजामत मजदुर, चौकीदार जस्ता साना तिना कार्यका लागि मात्र नै कामदारहरुको माग छ । बाहिरबाट बस्तु तथा सेवाहरुको आयातको मूल्य डलर छाप गरिदिएको छ । किनभने अहिले पनि डलर नै बिश्वका आरक्षित मुद्रा हो । रबर्टस् भन्दछन् कि सरकारी हस्तक्षेपरहीत पूँजीवाद बिफल सिद्ध भएको छ । बजारले आफुलाई स्वयम नियन्त्रित र बिनियमित गर्दछ भन्ने दाबी सही साबित भएन । बित्तीय संस्थानहरुको प्रभूत्व तथा रोजगारलाई अन्यत्र पठाइनाले बजार पूँजीवाद कमजोर हुन गएको छ । यदि बजारले आफ्नो बिफलतामाथि नियन्त्रण गर्न सकेन भने यस्तो स्थितिमा संसाँधनहरुको कुशलतापूर्वक बाँडफाँड पनि बिफल रहने छ । यदि मुनाफा समाज कल्याणको मानदण्ड हुन सक्तैन भने पूँजीवादलाई समाज कल्याणसँग जोड्न सकिदैन । अमेरिका तथा यूरोपमा आवश्यकताभन्दा बढी आर्थिक स्वतन्त्रताका कारण अन्य देशहरु पनि आर्थिक एवं बित्तीय घोटालहरुको भुँवरीमा पर्न गएका छन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif