Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

चीनले माग्यो नेपालसँग आवश्यक स्वास्थ्य सामाग्रीको सूची


२०७७ भाद्र ३१ गते , बुधवार प्रकाशित



काठमाडौं । चीनले नेपालमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणमा सघाउन आवश्यक पर्ने स्वास्थ्य सामग्रीको सूची माग गरेको छ ।
हिजो चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेसँग मंगलबार भएको भेटमा चिनियाँ विदेश मन्त्रालय अन्तर्गत एसियाली विभाग हेर्ने उपमन्त्री लुओ चौहुईले नेपालको महामारीमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । 


यसअघि चीनले नेपाल, पाकिस्तान र अफगानिस्तानसँगको भिडियो कन्फरेन्समा १ करोड अमेरिकी डलरबराबरको सहयोगको प्रतिबद्धता जनाएको थियो । भेटका क्रममा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि दुई देशबीच भएको सहयोगबारे समीक्षा गरिएको जनाइएको छ । त्यस क्रममा चीनले सहयोगलाई तीव्रता दिने प्रतिबद्धता दोहो¥याएको छ । पाण्डेसँगको भेटका क्रममा उपमन्त्री लुओले चिनियाँ राष्ट्रपति शी जिनफिङको गत वर्षको नेपाल भ्रमणका दौरानमा भएका सम्झौताहरू कार्यान्वयनका लागि अग्रसर हुनुपर्ने धारणा राखे ।


 शीको नेपाल भ्रमण तथा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका दौरानमा दूरगामी महत्वका सम्झौताहरू भएका थिए । ‘दुवै देशका नेताहरूबीच भएका उच्चस्तरीय सहमतिलाई कार्यरूप दिने विषयमा समेत कुराकानी भयो,’ लम्सालले भने । त्यस क्रममा राजदूत पाण्डेले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाहरू कार्यान्वयन तथा थप अध्ययन तथा द्विपक्षीय संयन्त्रका बैठकलाई तीव्रता दिनुपर्ने धारणा राखेका थिए । त्यस्तै, कोभिड महामारीका कारण सुस्त भइरहेको केरुङ र तातोपानी नाकालाई सहज रूपमा सञ्चालन गर्नेबारे समेत चिनियाँ पक्षले चासो राखेको थियो ।


भेटका क्रममा राजदूत पाण्डेले आफ्नोतर्फबाट नेपाल–चीन दौत्यसम्बन्ध स्थापनाको ६५ औं वर्षगाँठ, कोभिड–१९ महामारी नियन्त्रणमा चीनको सहयोग, बीआरआई परियोजना तथा सीमा नाका, अध्ययनका लागि चीन आउनुपर्ने विद्यार्थी ल्याउनेलगायत विषयमा कुराकानी गरेका थिए । पाण्डेसँगको भेटका क्रममा उपमन्त्री लुओले चीनको परराष्ट्र नीतिबारे समेत कुराकानी गरेका छन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif